default_image

4 years ago

November 18, 2021

राष्ट्रिय क्रिकेट टोलीका सम्भावित पाँच मुख्य प्रशिक्षक

314 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोली वर्तमान समयमा मुख्य प्रशिक्षक विहीन छ । असोजमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि विहीन बनेको पदमा नेपाल क्रिकेट संघ (क्यान) नियुक्त गर्ने तयारीमा छ । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ६० प्रशिक्षकले आवेदन दिएका छन् । क्यानले उत्कृष्ट १५ जनाको अन्तरवार्ता लिँदै एक उत्कृष्ट प्रशिक्षक नियुक्त गर्नेछ ।

ह्वाटमोरले ब्याटिङमा ठूलो परिवर्तनको सम्भावना देखाएपनि धेरै समय टिक्न सकेनन् । गत माघमा नेपाल आएका ह्वाटमोर पारिवारिक कारण देखाउँदै नेपाल छाड्दै भारतको बरोडा क्रिकेट सम्हाल्न पुगेका छन् । ओपनिङ सुधार र आक्रामक क्रिकेटको सुरुवात ह्वाटमोरले छाडेका प्रभाव हुन् । पछिल्लो समय क्रिकेट टोलीले दीर्घकालिन प्रशिक्षक पाउन सकेको छैन । उच्च स्तरियमात्र होईन दीर्घकालिन प्रशिक्षक त्यतिनै आवश्यक बनि सकेको छ । विशेषगरि कमजोर ब्याटिङ सुधारको लागि उच्च स्तरिय प्रशिक्षक ल्याउन क्यान चुक्न हुँदैन ।

अबको मुख्य प्रशिक्षकबाट नेपालले २०२२ को टि२० विश्वकप र २०२३ मा ओडिआई मान्यतालाई निरन्तरता दिने हुनेछ । त्यस्तै विश्व क्रिकेट जगतमा फड्को मार्दै एसोसियटकै उत्कृष्ट टोलीको स्तरमा पुग्नुपर्ने हुन्छ । पछिल्लो समय खेलाडीको गैर जिम्मेवार पनि चिन्ताको विषय बन्न लागेको छ । खेलाडीलाई अनुशासनमा राख्न सक्ने, सबैलाई समान व्यवाहार गर्ने, मिलसानर, टेस्ट अनुभव र विश्वस्तरिय प्रशिक्षकको आवश्यक देखिन्छ ।

क्यानले मुख्य प्रशिक्षक नियुक्तको लागि १५ जनाको नाम सर्टलिष्ट गर्दै आइसिसीलाई पठाएको छ । सर्ट लिष्ट आइसिसीबाट स्वीकृति नआउँदा नियुक्ति प्रक्रिया अघि बढ्न ढिलाई हुन पुगेको छ । क्यानमा आवेदन परेको मध्य नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको सम्भावना उच्च भएका ५ जना यस प्रकार छन् ।

५. ततेन्दा ताइबु (जिम्बावे)

जिम्बावेका पूर्व कप्तान तथा विकेटकिपर ब्याट्सम्यान ततेन्दा ताइबु नेपाली क्रिकेटका सम्भावित प्रशिक्षक हुन् । गतवर्ष टटेन्डा क्यानको शीर्ष तीनका रोजाईमा प्रशिक्षक थिए । ३८ वर्षिय ताइबुले २८ टेष्टमा एक शतक र १२ अर्ध शतक सहित कुल १५ सय ४६ रन बनाएका छन् । १ सय ५० ओडिआई खेलमा २ शतक र २२ अर्ध शतक सहित ३ हजार ३ सय ९३ रन बनाएका छन् । १७ टि२० आई, १ सय २१ प्रथम श्रेणी र २ सय ३१ लिष्ट ए खेलेका छन् ।

उनले २००१ देखि २०१२ सम्म जिम्बावेबाट खेलेका थिए । उनको नाममा अफगानिस्तानका स्पिनर राशिद खान अघि विश्वका सर्वाधिक कान्छा टेष्ट कप्तानको कीर्तिमान थियो । उनले मात्र २९ वर्षको समयमा क्रिकेटबाट सबैलाई आश्चर्य रुपमा सन्न्यास लिँदै चर्चमा काम गर्ने निर्णय लिएका थिए । चर्चमा लामो समय विताएपछि क्रिकेटमा फर्किएका थिए ।

पछिल्लो समय उनी घरेलु क्रिकेट खेल्दै आएका छन् । २००८ मा कोलकता नाइट राइडर्सबाट आइपिएल खेलेका थिए । ब्याटिङमा उनी स्तरिय खेलाडी हुन् । जिम्बावेका एक सफल खेलाडी ताइबु नेपाल आउन रुचि देखाइरहेका छन् । कमजोर ब्याटिङ समस्या अन्त्य गर्न क्यान पनि ताइबुलाई लिन सक्ने देखिन्छ । उनी अन्य प्रशिक्षकको तुलनामा केहि कम पारिश्रमिकमा पनि आउन सक्ने सम्भावना छ ।

४. पुबुदु दसानायके (श्रीलंका)

श्रीलंका क्रिकेट टोलीका पूर्व खेलाडी पुबुदु दसानायके नेपाललाई पहिलो पटक टि२० विश्वकप खेलाउने प्रशिक्षक हुन् । पुबुदुलाई नेपाली क्रिकेटका सर्वाधिक सफल प्रशिक्षक समेत भन्ने गरिन्छ । सन् २०११ देखि २०१५ सम्म पुबुदुको प्रशिक्षकमा नेपालले क्रान्तिकारी परिवर्तन गरेको थियो । सन् २०१४ मा नेपालले पहिलो पटक टि२० विश्वकप खेलेको थियो ।

नेपाली क्रिकेटलाई नजिकबाट नियालिरहेका पुबुदुलाई ल्याउँदा नयाँ फड्को मार्न सक्ने क्यानले आशा राखेको छ । पुबुदुको प्रशिक्षकमा नेपालले डिभिजन ४ देखि ३ सम्म उपाधि जितेको थियो । नयाँ प्रशिक्षक ल्याउँदा खेलाडी बुझ्नै लामो समय लाग्ने समस्याबाट बच्न पुबुदु त्यसको विकल्पमा छन् । खेलाडी र पुबुदुबीच राम्रो सम्बन्ध छ । उनी दीर्घकालिन काम गर्न इच्छुक रहँदै आएका छन् ।

गत असोजमा भएको एभरेष्ट प्रिमियर लिगमा पुबुदुले भैरहवा ग्ल्याडियटर्सको प्रशिक्षणको रुपमा लिएका छन् । नेपाली क्रिकेटलाई धेरै नजिकबाट हेर्दै आएका पुबुदुलाई ल्याउँदै नेपाल तीव्र रुपमा तयारी अगाडि बढाउन सक्छ । पुबुदु नेपाली क्रिकेटसँग राम्रोसँग घुलमिल हुँदा क्यान उनलाई ल्यान इच्छुक रहेको बुझिएको छ ।

३. चेतन शर्मा (भारत)

भारतीय पूर्व क्रिकेटर चेतन शर्मा नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ईच्छा व्यक्त गर्दै आएका छन् । ५५ वर्षीय चेतन गतवर्ष आवेदन दिएपनि छनोट भएका थिएनन् । पूर्व मध्यगतिका बलर चेतन शर्मा यस पटक भने सम्भावित दाबेदारको दौडमा छन् । चेतनले भारतबाट २३ टेस्ट र ६५ ओडिआई खेलेका छन् ।

उनी एकदिवसिय विश्वकप इतिहासमा ह्याट्रिक लिने पहिलो खेलाडी हुन् । सन् १९८७ को एकदिवसिय विश्वकपमा न्युजिल्यान्डविरुद्ध ह्याट्रिक लिएका थिए । उनले ओडिआई भारतबाट ६७ विकेट लिनुको साथै ४ सय ५६ रन बनाएका छन् । १९८९ मा कानपुरमा इंग्ल्यान्डविरुद्ध १ सय १ रनको शतकीय इनिङ खेलेका थिए ।

चेतन वर्तमान समयमा बिसिसिआईका खेलाडी छनोट समितिका प्रमुख हुन् । उनको बिसिसिआईमा प्रमुख छनोटकर्ताको अवधी डिसेम्बरमा सकिदै छ । बिसिसिआईसँग राम्रो सम्बन्धको कारण नेपालले धेरै लाभ लिनसक्ने हुँदा उनलाई नियुक्त गर्न सक्छ ।

२. क्रिस हेरिस (न्युजिल्यान्ड)

न्युल्यिान्डका पूर्व अलराउन्डर क्रिस हेरिस नेपाली क्रिकेट टोलीको प्रशिक्षक बन्न आवेदन दिएका सबैभन्दा ठूला नामका खेलाडी हुन् । उनी न्युजिल्यान्डबाट २ सय ५० ओडिआई खेल खेल्ने पहिलो खेलाडी हुन् । नेपाली क्रिकेटको प्रशिक्षक बन्न आवेदन दिएकोमा अन्तर्राष्ट्रिय क्रिकेटमा खेलाडीको रुपमा सबैभन्दा राम्रो अनुभव बोकेका प्रशिक्षक हुन् । उनले न्युजिल्यान्डबाट २३ टेस्ट, २ सय ५० ओडिआई, १ सय ३१ प्रथम श्रेणी र ४ सय ४८ लिष्ट ए खेल खेलेका छन् ।

सन् १९९० देखि २००० सम्म दशकमा उनी विश्व क्रिकेटकै एक प्रभावशाली अलराउन्डर मानिन्थे । टेस्टमा ५ अर्धशतक सहित ७ सय ७७ रन बनाउनुको साथैं १६ विकेट लिएका छन् । उनले ओडिआईमा १ शतक र १६ अर्धशतक सहित कुल ४ हजार ३ सय ७९ रनका साथै २ सय ३ विकेट लिएका छन् । उनीसँग विश्व स्तरिय खेलको राम्रो अनुभव छ । ओडिआईका विशेष खेलाडी हुँदा नेपाल पनि त्यस्तै चाहन्छ । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा हेरिस अब्बल मानिन्छन् । क्यान पनि एकै प्रशिक्षकबाट तीन पक्ष सुधार गर्न चाहन्छ ।

त्यो अवस्थामा पारिश्रमिकमा सहमति भएको खण्डमा क्रिस हेरिस नेपाली टोलीको प्रशिक्षकको रुपमा देखिने सम्भावना बढी छ । हेरिस जस्ता विश्वस्तरिय अनुभवी पूर्व खेलाडी नेपाली क्रिकेटलाई आवश्यक पनि देखिन्छ ।

१. मोन्टी देशाई (भारत)

नेपालले अब मुख्य प्रशिक्षकमा भारतीय मोन्टी देशाईलाई पाउने उच्च सम्भावना छ । देशाई वर्तमान समय वेस्टइन्डिजको ब्याटिङ प्रशिक्षक हुन् । अर्को महिनादेखि वेस्टइन्डिजमा उनको सम्झौता सकिने छ । त्यसपछि देशाई वेस्टइन्डिज छाडेर नेपाल आउने सोचमा छन् । देशाईसँग १२ वर्षदेखि प्रशिक्षणको अनुभव छ । उनले अफगानिस्तान, नेपाल, युएई, क्यानडा, आइपिएलमा गुजरात लायन्यस, राजस्थान रोयल्स र भारतीय घरेलु क्रिकेटमा आन्द्र प्रदेश हेरि सकेका छन् ।

नेपालको मुख्य समस्या पनि ब्याटिङ रहँदै आएको छ । मोन्टीले ब्याटिङमा परिवर्तन ल्याउन सक्छन् । इतिहास देखिनै कमजोर ब्याटिङ सुधार गर्न नेपालले मोन्टी देशाईलाई प्रशिक्षकको रुपमा नियुक्त गर्नसक्छ । मोन्टीले नेपाली क्रिकेटलाई धेरै नजिकबाट हेर्दै आएका छन् । सन् २०१७ मा नेपाली यू१९ टोलीले भारतलाई हराउँदा मोन्टी नेपालका ब्याटिङ सल्लाहकार थिए ।

सन् २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डमा भएको विश्व ट्वान्टी–२० छनोटमा देशाई नेपाली टोलीसँग रहेका थिए । त्यसअघि सन् २०१४ को विश्वकपमा पनि उनी नेपाली टोलीमा आबद्ध थिए । २०१९ मा एकदिवसिय विश्वकप छनोटमा अफगानिस्तानलाई च्याम्पियन बनाउन मोन्टीको महत्त्वपूर्ण भूमिका थियो । वेस्टइन्डिजमा पनि ब्याटिङमा राम्रो प्रभाव छाडेका छन् ।

मोन्टीले २०१९ मै नेपालको दीर्घकालिन प्रशिक्षक बन्न ईच्छा जनाएका थिए । तर क्यान नहुँदा त्यो सम्भव नभएपछि मोन्टी क्यानडा हुँदै वेस्टइन्डिजसँग जोडिएका थिए । मोन्टीलाई ल्याउँदा भाषामा पनि सहज हुनेछ । उनीसँग विश्व क्रिकेटको राम्रो अनुभव छ । भारतीय घरेलु क्रिकेटमा प्रशिक्षणको राम्रो अवसर पाउनेछन् ।

मोन्टी आफैंले पनि नेपाली टोली हेर्न इच्छा देखाउँदै आएका छन् । मोन्टी नेपाली क्रिकेटलाई आफूपनि केहि सहयोग गर्न चाहेको बताउँदै आएका छन् । टेस्ट र आइपिएलमा ब्याटिङ प्रशिक्षकमा राम्रो छवि बनाएका मोन्टी अव नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षकको रुपमा बलियो सम्भावना रहन्छ ।

यो पनि पढ्नुहोस् : यस्तो चाहेको छ नेपाली क्रिकेटले प्रशिक्षक

नेपाली क्रिकेटमा हराएको ‘रातो बल र सेतो जर्सी’

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.