4 years ago
November 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमै नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ । योसँगै शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने लक्ष्य राखेको नेपाललाई ठूलो झड्का लागेको छ ।

जितको लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको हङकङले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । हङकङको जितमा ओपनर मारिको हिलले ४२ बलमा ४ चौका सहित ४४ रनको अविजित उत्कृष्ट विजयी इनिङ खेल्दै अघिल्लो चरण सहज बनाएकी छिन् ।
तीव्र गतिकी बलर कविता कुँवरले तेस्रो ओभरको दोस्रो बलमा ओपनर यास्मीन दासवानीलाई काजल श्रेष्ठबाट दुई रनमा क्याच गराएकी थिइन् । त्यसपछि ब्याटिङमा आएका नताशा मिल्सले १३ बलमा ३ चौका सहित १६ र कप्तानी केरी चानले २२ बलमा २ चौका सहित १७ रन जोडेपछि हङकङले खेलमा पडक जमाएको थियो । नेपालको कविता कुँवर, सीता रानामगर र सबनम राईले १-१ विकेट लिए ।
त्यसअघि आइसिसी एकेडेमी ग्राउन्ड नम्बर टु मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो । नेपालका लागि सीता रानामगर ५८ बलमा ४ चौकासहित सर्वाधिक ४० रनमा अविजित रहेकी थिइन् । ईन्दु बर्मा ३६ बलमा ३ चौका सहित ३१ रनमा रन आउट भइन् ।

तेस्रो विकेटका लागि इन्दु र सीताले ८१ रनको साझेदारी गरेका थिए । नेपालले पहिलो ओभरको दोस्रो बलमै ओपनर कविता कुँवरलाई शून्यमा गुमाएको थियो । बेट्टी चानले मरिको हिलबाट कवितालाई क्याच गराएकी थिइन् । दोस्रो विकेटका लागि काजल श्रेष्ठ र सीताले ४५ बलमा २१ रनको साझेदारी गरेका थिए । काजल कप्तान केरी चानको आठौं ओभरको पाँचौं बलमा ४ रनमा हिलबाट क्याच हुन पुगेकी थिइन् ।
नेपाललाई शीर्ष स्थानमा रहँदै २०२२ को ग्लोबल छनोटमा पुग्न बाँकी चारै खेलमा जित निकालेर मात्र हुँदैन । हङकङले बाँकी खेलमा कम्तिमा एक अव हार्नुपर्ने हुन्छ । नेपालले दोस्रो खेलमा मंगलबार भुटानसँग खेल्नेछ ।
नेपालको खेल तालिका र समय :
मसिंर ७ (मंगलबार) – भुटानसँग, ३ : १५ दिउँसो
मंसिर ९ (बिहीबार) – कुवेत, ११ : १५ मध्यान्ह
मंसिर १० (शुक्रबार) – मलेसिया, ११ : १५ मध्यान्ह
मंसिर १२ – (आइतबार) युएई, ११ : १५ मध्यान्ह
नेपाली महिला टोलीः
रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, रोमा थापा र संगिता राई ।
थप जानकारीको लागि : टि२० विश्वकप यात्राको सुरुवात गर्दै नेपाल
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]