default_image

2 years ago

December 1, 2021

प्रदेश २ माथि सानदार जितसँगै लुम्बिनी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान देव खनाल र आकाश त्रिपाठीको शतकीय साझेदारी तथा स्पिनर बसिर अहमदको उत्कृष्ट बलिङको सहयोगमा लुम्बिनी प्रदेश यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ । लुम्बिनीले आफ्नो लिगको अन्तिम खेलमा प्रदेश २ लाई ९ विकेटले हराउँदै शीर्षस्थानमा रहँदै फाइनलमा स्थान बनायो । १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २६.५ […]

214 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान देव खनाल र आकाश त्रिपाठीको शतकीय साझेदारी तथा स्पिनर बसिर अहमदको उत्कृष्ट बलिङको सहयोगमा लुम्बिनी प्रदेश यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ । लुम्बिनीले आफ्नो लिगको अन्तिम खेलमा प्रदेश २ लाई ९ विकेटले हराउँदै शीर्षस्थानमा रहँदै फाइनलमा स्थान बनायो ।

१ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २६.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीको जितमा ओपनर तथा कप्तान देव खनाल ८९ बलमा ६ चौका र २ छक्कासहित ६२ रनमा अविजित रहे । ओपनर आकाश त्रिपाठीले ६२ बलमा ९ चौकासहित सर्वाधिक ५७ रन बनाए । विकेटकिपर प्रज्वल थापा ११ बलमा ३ चौका सहित १३ रनमा अविजित रहे । पहिलो विकेटका लागि देव र आकाशले २२.४ ओभरमा १ सय ४१ रनको उत्कृष्ट शतकीय साझेदारीका साथ जित सहज बनाए ।


त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको प्रदेश दुई ३९.५ ओभरमा १ सय ६८ रनमा अल आउट भएको थियो । प्रदेश २ का ओपनर सन्तोष कार्कीले ९२ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८२ रन बनाएपनि अन्य ब्याटर नचल्दा सस्तैमा समेटिएको थियो । गुलशन झाले २३ बलमा ३ चौका र २ छक्कासहित ३२ रनमा आउट भए । आदिल अन्सारी २२ रनमा अविजित रहँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान विवेक यादव १ रनमै आउट भएका थिए । लुम्बिनी प्रदेशका बसिर अहमदले ७.५ ओभरमा ३ मेडनसहित २४ रन खर्चेर ५ विकेट लिए । विशाल विक्रम केसीले ३ र राहुल चौधरीले २ विकेट लिए ।


लुम्बिनी पहिलो खेलमा गण्डकीलाई ९ विकेटले पराजित गरेको थियो । तर दोस्रो खेलमा कर्णाली प्रदेशसँग १ सय ४० रनको फराकिलो अन्तरले पराजित भएको थियो । त्यसपछि लगातार चार जितका साथ लुम्बिनीले फाइनलमा स्थान पक्का गर्यो । सुदूरपश्चिमलाई २ विकेट, बागमतीलाई ३ विकेट र प्रदेश १ लाई ६ विकेटले हराएको थियो । लुम्बिनी ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंक जोड्दै शीर्षस्थानमा छ ।
सुदूरपश्चिम ५ खेलमा ३ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ । प्रदेश १ ले ५ खेलमा ३ मा जित र २ हार सहित तेस्रो स्थानमा छ । यी दुई टोली मध्य एकले फाइनलमा स्थान बनाउने बलियो सम्भावना छ ।

=

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.