4 years ago
December 5, 2021
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले डिसेम्बर अन्तिममा युएईमा हुने यू-१९ एसिया कपको लागि नेपालको प्रारम्भिक टोली घोषणा गरेको छ । आइतबार सम्पन्न वाईवाई यू१९ राष्ट्रिय प्रतियोगिता प्रदर्शनको आधारमा क्यानले २० सदस्यीय टोली घोषणा गरेको छ ।

घोषणा गरिएको टोलीमा विवेक कुमार यादव, तिलकराज भण्डारी, शेर मल्ल र गुलशन झा बाहेक अन्य सबै नयाँ खेलाडी छन् । नेपालबाट खेलिसकेका तीव्र गतिका बलर गुलशन झा टोलीमा छन् । घोषणा टोलीमा च्याम्पियन लुम्बिनी प्रदेश र उपविजेता सुदूरपश्चिम प्रदेशका खेलाडीको बाहुल्यता छ । यू१९ प्रतियोगिताका शतकधारी अर्जुन साउद, सन्तोष कार्की र सोनु अन्सारी टोलीमा छन् । तर स्टार अलराउन्डर नारायण जोशी र दुर्गेश गुप्ता भने टोलीमै छैनन् ।
विहीबारदेखि प्रशिक्षण सुरु हुने क्यानले जनाएको छ । तर क्यानले प्रशिक्षक भने घोषणा गरेको छैन । प्रशिक्षकको रुपमा लुम्बिनी प्रदेशका वसन्त शाहीको सम्भावना उच्च छ । दोस्रो रोजाईमा कलाम अली पनि छन् ।
यू१९ एसिया कप डिसेम्बर तेस्रो सातादेखि युएईमा हुने भनिएको छ । तर क्यान र एसिसीले औपचारिक रुपमा भने हालसम्म सार्वजनिक गरेका छैनन् । क्यानले पनि एसिया कपलाई भने टोली भने घोषणा गरेको छैन । यू१९ एसिया कपको लागि पाकिस्तान र अफगानिस्तानले आफ्नो टोली घोषणा गरि सकेका छन् ।
नेपालको यू१९ टोली : देव खनाल, मोहम्मद हसन, बशिर अहमद, सन्तोष कार्की, विवेक यादव, विवेक रानामगर, तिलकराज भण्डारी, सोनु अन्सारी, दीपेश कंडेल, अर्जुन कुमाल, कमल परियार, अनुज चनारा, प्रकाश जैशी, वसन्त कार्की, अर्जुन साउद, शेर मल्ल, राहुल भण्डारी, गुलशन झा, विपिन शाही र आदिल अन्सारी
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]