default_image

2 years ago

December 23, 2021

क्यानको सचिवमा उठ्न कर्माचार्यको राजीनामा

काठमाडौं (हाम्रो खेलकु) – नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदमा उठ्न राष्ट्रिय क्रिकेट टोलीको छनोट समितिका संयोजक उत्तम कर्माचार्यले पदबाट राजीनामा दिएका छन् । नेपाली क्रिकेट टोलीका पहिलो कप्तान समेत रहेका उनले क्यानको आगमी वार्षिक साधरण सभालाई मध्यनजर गर्दै राजीनामा दिएको हाम्रो खेलकुदलाई जानकारी दिए । क्यानले उनलाई गतवर्ष मंसिरमा छनोट समितिको संयोजक तोकेको […]

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकु) – नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदमा उठ्न राष्ट्रिय क्रिकेट टोलीको छनोट समितिका संयोजक उत्तम कर्माचार्यले पदबाट राजीनामा दिएका छन् ।

नेपाली क्रिकेट टोलीका पहिलो कप्तान समेत रहेका उनले क्यानको आगमी वार्षिक साधरण सभालाई मध्यनजर गर्दै राजीनामा दिएको हाम्रो खेलकुदलाई जानकारी दिए ।

क्यानले उनलाई गतवर्ष मंसिरमा छनोट समितिको संयोजक तोकेको थियो । गत असोजमा सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका थिए । सचिवसँगै उपाध्यक्ष राजुबाबु श्रेष्ठले पदबाट राजीनामा दिएका थिए ।

क्यानले कार्यवाहक सचिवको जिम्मेवारी प्रशान्त विक्रम मल्ललाई दिएको थियो । क्यानको मंसिर १४ र १५ गते धनगढीमा हुने वार्षिक साधरण सभामा सचिव पदमा उत्तम र प्रशान्त चुनावमा उठ्ने छन् ।

समितिलाई पूर्णता भने दिइएको छैन । क्रिकेट समिति र छनोट समितिका अन्य सदस्यहरु संघको आगमी बैठकबाट थप गरिने जनाएको छ । क्यान निलम्बनसँगै राष्ट्रिय क्रिकेट टोलीको छनोट कप्तान, प्रशिक्षक र आइसीसीका प्रतिनिधित्वले गर्दै आएका थिए ।

सन् १९९६ मा मलेसियामा भएको प्रथम एसिसी ट्रफि इलेट कप नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलबाट औपचारिक सुरुवात गर्दा नेपाली क्रिकेट टोलीको कप्तानी गरेका थिए।

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.