9 years ago
November 23, 2016
काठमाडौं (हाम्रो खेलकुद)- नोवेम्बर २६बाट सुरु हुने महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली महिला क्रीकेट टिम आज थाईल्याण्डतर्फ प्रस्थान गरेको छ । टिमलाई आज बिहानै राखेपका सदश्य सचिब केशब कुमार बिष्टले बिदाई तथा शुभकामना दिनु भएको थियो ।

संगिता राई पहिलो पटक महिला राष्ट्रिय टोलीमा पर्न सफल भएकी छिन् । त्यस्तै शोभा आलेले टोलीमा पुनरागमन गरेकी छिन् । टोलीका अन्य सदस्यमा सबनम राई, इन्दु बर्मा, ज्योति पाण्डे, सरस्वति चौधरी, रश्मि शर्मा, करुणा भण्डारी ,सरिता मगर, सिता रानामगर, नेरी थापा मगर, निरा राजोपाध्याय र रोशनी बोहरा छन् ।
चोटका कारण बन्द प्रशिक्षणमा पनि नरहेकी निर्मला शाही यसपटक टोलीमा छैनन् । निर्मला त्यो खेलाडी हुन जसले गत महिना हङकङमा भएको महिला विश्वकप एसियाली छनोटमा नेपालका लागि सर्वाधिक रन बनाउने दोस्रो खेलाडी बन्ने क्रममा ९३ रन जोड्नुका साथै ८ विकेट पनि लिएकी थिइन् । विश्वकप छनोटमा दोस्रो भएपछि नेपाल एसिया कपका लागि छनोट भएको थियो । विश्वकप छनोटका लागि डाकिएका खेलाडीनै यसपटकको बन्द प्रशिक्षणमा पनि थिए ।
एसिया कपको पहिलो दिन नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र पाकिस्तानको सामना गर्नेछ । प्रतियोगितामा त्यस्तै अन्य टेस्ट मान्यता प्राप्त सदस्य भारत, बंगलादेश, श्रीलंकासहित थाइल्यान्डको पनि सहभागिता छ ।
क्रिकेटमा मुख्य प्रशिक्षक जगत टमाटा, राष्ट्रिय महिला क्रिकेट टोलीका प्रशिक्षक राजु शाक्य र कप्तान रुबिना क्षेत्री खेलाडीको अन्तिम छनोट गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]