9 years ago
November 26, 2016
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको पहिलो खेलमा शनिबार नेपाल ९ विकेटले पराजित भएको छ । ४८ रनको झिनो लक्ष्य पछ्याएको पाकिस्तानले १० ओभरमा १ विकेट गुमाउँदै जित हासिल गरेको थियो ।

पाकिस्तानका लागि रनआउट हुनुअघि ओपनर आयशा जाफरले २६ रन बनाइकी थिइन् । अर्की ओपनर जाभिरिया वाडुडले अविजित १६ र नैन अविदीले अविजित ३ रन बनाइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.१ ओभर ४७ रन मात्र बनाउन सक्यो । नेपाली टोलीका लागि सबैभन्दा बढी कप्तान रुविना क्षेत्रीले ११ रन बनाइन् । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर ज्योति पाण्डे र इन्दु बर्माले समान ८ रन बनाए । करुणा भण्डारीले १ चौकासहित ६ रन बनाइन् । अर्की ओपनर काजल श्रेष्ठले १, नीरा राजोपाध्यायले २, सरिता मगरले १ रन बनाइन् । सिता मगर,नेरी थापा,सरस्वती कुमारी र सवनम कुमारी खाता पनि खोल्न सकेनन् ।
पाकिस्तानका लागि अमन अमिन, साना मिर र सादिया युसुफले समान २, इस्माभिया इक्वाल र विस्मा मारुफले समान १ विकेट लिए । नेपालले अर्को खेल सोमबार श्रीलंकासँग खेल्नेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]