default_image

4 years ago

January 31, 2022

आइपिएल नखेल्नेबारे स्टार्कको जवाफ

330 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वको सर्वाधिक लोकप्रिय र मूल्य पाउने फ्रेन्चाइज लिग हो । व्यावसायिक क्रिकेटमा आइपिएल खेल्ने विश्वका सबै खेलाडीको चाहना हुन्छ । अझ एसोसिएट खेलाडीको लागि आइपिएल एउटा सपना नै हो ।

तर अष्ट्रेलिया तथा विश्वका चर्चित तीव्र गतिका बलर मिचेल स्टार्कले भने पछिल्लो समय आइपिएल अक्सनमै नाम दर्ता गराएका छैनन् । फेब्रुअरी दोस्रो साता हुने आइपिएल मेगा अक्सन २०२२ मा पनि उनले आफ्नो नाम दर्ता गराएका छैनन् । आइपिएलमा विदेशी तीव्र गतिका बलरमाथि पैसाको वर्षा नै हुने गर्दछ । भारतमा तीव्र गतिका बलरको विकल्प कम रहेकाले पनि अक्सनमा विदेशी बलरमाथि टोलीहरु मोटो रकम खर्चने गर्छन ।

आइपिएल लिलामीमा सर्वाधिक मूल्य तीव्र गतिका बलरमाथि नै लागेको छ । २०२० को आइपिएल अक्सनमा अष्ट्रेलिया अर्का तीव्र गतिका बल प्याट कमिन्सलाई कोलकता नाइट राइडर्सले १५ करोड ५० लाख भारुमा अनुबन्ध गरेको थियो । २०२१ मा राजस्थान रोयल्सले दक्षिण अफ्रिका तीव्र गतिका बलर क्रिस मोरिसलाई आइपिएल इतिहासकै सर्वाधिक महँगो मूल्य १६ करोड २५ लाख भारुमा अनुबन्ध गरेको थियो ।

मिचेल स्टार्क पनि अक्सनमा महँगो मूल्यमा विक्न सक्ने सम्भावना बोकेका खेलाडी हुन् । तीव्र गति र सटिक योर्कर स्टार्कको खुबी हो । स्टार्कले लगातार १ सय ५० प्रतिघण्टा किलोमिटरको गतीमा बलिङ गर्न सक्ने खुबी भएका खेलाडी हुन् । योर्करका लागि माहिर छन् । स्टार्कले आफ्नो करिअरकै उत्कृष्ट गति १६०.४ प्रतिघण्टा किलोमिटर छ ।

फ्रेन्चाइज टोली पनि स्टार्क अनुबन्ध गर्न चाहन्छन् । तर स्टार्कले पछिल्लो चार सिजनमा लगातार आफ्नो नाम अक्सनमै दर्ता गराएनन् । स्टार्कले आइपिएलमा आफ्नो नाम नदिनु बारे जवाफ पनि दिएका छन् ।

‘म आइपिएल लिलामीमा प्रवेश गर्नबाट एक बटन टाढा थिए । तर म व्यक्तिगत रुपमा २२ हप्ता भन्दा बढी बबलमा बिताउन चाहन्न । आइपिएल खेलेपछि शरीरलाई ताजा बनाउन केहि समय चाहिन्छ । मैले हाललाई अष्ट्रेलियालाई प्राथमिकतामा राखेको छु’, स्टार्कले इएसपिएन क्रिकइन्फोलाई भनेका छन् ।

त्यसैमा उनले थपे, ‘एक समय आउने छ, जब म आइपिएलमा फर्कन्छु । तर म धेरै भन्दा धेरै अष्ट्रेलियाबाट खेल्न चाहन्छु । दुई भन्दा बढी फर्म्याट खेल्दा विश्राम पनि चाहिन्छ । म बायो बबलबाट ८ हप्ता बाहिर रहेको समय परिवार र एलिसालाई दिन चाहन्छु’, उनले भनेका छन् । अष्ट्रेलिया महिला क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर एलिसा हेली स्टार्ककी श्रीमती हुन् ।

स्टार्कले अन्तिम पटक २०१८ मा अक्सनमा नाम दिएका थिए । उनलाई कोलकता नाइट राइडर्सले ९ करोड ४० लाख भारुमा अनुबन्ध गरेको थियो । त्यो समय स्टार्कलाई किन्न कोलकता र पन्जाबबीच कडा प्रतिस्पर्धा भएको थियो । तर स्टार्कले चोटका कारण आफ्नो नाम फिर्ता लिएका थिए । त्यसपछि स्टार्कले अक्सनमा आफ्नो नाम दिएका छैनन् । सन् २०१९ मा एकदिवसिय विश्वकपलाई देखाउँदै नाम फिर्ता लिएका थिए । पछिल्ला दुई सिजनमा स्टार्कले परिवारलाई समय दिन र शारीरिक फिट राख्न आइपिएल नखेलेको बुझिन्छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.