default_image

4 years ago

February 9, 2022

सन्दीप आइपिएलमा बिक्ने पाँच आधार

228 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा प्रमुख स्पिनर सन्दीप लामिछाने यसै साता ओमानमा अन्तर्राष्ट्रिय टि२० खेलमा व्यस्त हुनेछन् । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन फेब्रुअरी १२ र १३ मा बेंगलोरमा चल्नेछ । त्यससमय नेपाली समर्थक र शुभ चिन्तकको ध्यान ओमान र भारतको बेंगलोर दुवैमा हुनेछ ।

आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को लागि नेपाली टोली मंगलबार ओमान प्रस्थान गर्नेछ । विश्वकप छनोट अघि चार देश सम्मिलित टि२० आई सिरिजमा नेपालले फेब्रुअरी ११ मा ओमान, फेब्रुअरी १२ मा युएई र फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्नेछ । बलिया तीन टोलीसँग टि२० आई खेलपछि नेपालको विश्वकप छनोट तयारी पूरा हुनेछ । ओमानसँगको खेलको प्रदर्शनले सन्दीपलाई अक्सनमा थप फाइदा पुग्नसक्छ ।

सन् २०१८ मा तत्कालिन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) ले न्यूनतम मूल्य २० लाख भारु अक्सनमा किनेपछि सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए । २०२० सम्म दिल्लीमा रहेका सन्दीपले ९ खेल खेल्दै १३ विकेट लिएका थिए । २०२१ मा भने दिल्लीले सन्दीपलाई फुकुवा गरेको थियो । तर अक्सनमा सन्दीपलाई कुनै पनि टोलीले रुचि देखाएनन् ।

मेगा अक्सनमा सन्दीपले ४० लाख भारु अर्थात ६४ लाख नेपाली रुपैयाँ न्यूनतम मूल्य राखेका छन् । यस पटक सन्दीपले अइपिएलमा न्यूनतम मूल्य हुँदै करोड सम्म यात्रा गर्न सक्ने सम्भावना पनि रहन्छ । सन्दीप आइपिएल २०२२ को मेगा अक्सनमा बिक्ने पाँच आधार यस प्रकार छन् ।

५. आइपिएलमा दुई टोली थपिनु

यस सिजनदेखि आइपिएलमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । लखनऊ सुपर जायन्ट र अहमदाबाद टाइटन्स थपिएका दुई नयाँ टोली हुन् । दुई नयाँ टोली थपिएसँगै सन्दीप लगायत अन्य विदेशी खेलाडीको सम्भावना पनि बढेको छ । हरेक फ्रेन्चाइज टोलीले ८ विदेशी खेलाडी राख्न पाउँछन् । दुई टोली थपिदा १६ थप विदेशी खेलाडीले मौका पाउनेछन् ।

दिल्लीमा रविचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेल हुँदा सन्दीप छायाँमा पर्नु परेको थियो । चार प्रमुख स्पिनर रहेपछि दिल्लीले फुकुवा गरेको थियो । सन्दीपलाई आइपिएलको अनुभव छ । त्यसैले फ्रेन्चाइज टोली सिधैं नयाँ भन्दापनि सन्दीपलाई अनुबन्ध गर्न रुचाउँछन् । सन्दीप टोलीलाई आवश्यक परेको जुनसुकै समयका लागि पनि तयार छन् । दुई नयाँ टोली थपिदा विदेशी खेलाडीको माग र आवश्यकता बढ्दा सन्दीपको सम्भावना छ ।

४. न्यूनतम मूल्य

सन्दीपले अक्सनमा कम्तिमा न्यूनतम मूल्यमा पाउने सम्भावना उच्च छ । मेगा अक्सनमा फ्रेन्चाइज टोलीले सिमित स्टार खेलाडीलाई किन्न करोडौं खर्चिने गर्दछन् । एक टोलीले अक्सनमा ९० करोड भारु मात्र खर्चिन पाउँछन् । त्यहिँ ९० करोडबाट एउटा पूरा टोली किन्नुपर्छ । सबै महँगा स्टार खेलाडी किन्न सम्भव हुँदैन । किनभने आफ्नो खर्च गर्न पाउने रकममा ध्यान दिनुपर्छ ।

करोड मात्र नभएर राम्रो प्रदर्शन गर्न सक्ने लाखका खेलाडी पनि किन्नुपर्छ । फ्रेन्चाइज टोली करोडको मूल्यमा म्याच विनर ब्याटर र तीव्र गतिका बलरलाई बढी प्राथमिकतामा राख्छन् । कम मूल्य पाउने र घरेलु खेलाडी टिम सन्तुलनको राम्रो आधार हुन् । जुन खेलाडीले स्टार सरह नतिजा दिनसक्छन् । नयाँ खेलाडी लिँदा नर्भस हुन सक्छन् । सन्दीप थोरै मूल्यमा उपलब्ध र अन्य स्टार स्पिनरले जस्तो नतिजा दिनसक्ने हुँदा सन्दीप फ्रेन्चाइज टोलीको नजरमा पर्ने सम्भावना छ ।

३. सन्दीपको ब्याटिङ सुधार

टि२० क्रिकेट धेरै आधुनिक भएको छ । टि२० फ्रेन्चाइज लिगमा टोली अलराउन्डरलाई प्राथमिकता राख्न थालेका छन् । सन्दीप गतवर्ष नबिक्नुको प्रमुख कारण पनि कमजोर ब्याटिङ र फिल्डिङ थियो । आइपिएलमा नबिकेपछि सन्दीपले ब्याटिङमा केहि सुधार गरेका छन् । काठमाडौं मेयर्स कपमा फागुनमा बागमती प्रदेशविरुद्ध २० बलमा ६ छक्कासहित ४२ रनको इनिङ खेलेका थिए ।

पुलिससँग सन्दीपले १७ बलमा ३ चौका र २ छक्कासहित २६ रन जोडेका थिए । असोजमा इपिएलमा काठमाडौं किंग्स इलेभेनबाट सन्दीपले पोखरा राइनोजविरुद्ध ११ बलमा २ चौका र ३ छक्कासहित ३१ रन जोडेका छन् । ब्याटिङ सुधारले सन्दीपको सम्भावना बढाएको छ ।

२. नेपाली समर्थकको क्रेज

फ्रेन्चाइज लिग वास्तवमा व्यावपार र मनोरञ्जन हो । फ्रेन्चाइज टोलीका मालिक उत्कृष्ट प्रदर्शनसँगै आफ्नो व्यापार विस्तार गर्न चाहन्छन् । २०१८ मा सन्दीपलाई किनेपछि दिल्लीको सामाजिक सञ्जालमा लोकप्रियता ह्वात्तै बढेको थियो । नेपाली क्रिकेटमा समर्थकको क्रेज लोभलाग्दो छ । नेपाल एसोसिएटकै सर्वाधिक समर्थक भएको देश हो ।

फ्रेन्चाइज टोली सन्दीपलाई अनुबन्ध गर्दै नेपालको क्रेज आर्कषित गर्न चाहन्छन् । सन्दीपलाई अनुबन्ध गर्दा नेपालको मात्र होईन एसोसिएट अन्य देशका समर्थक पनि आर्कषण हुनेछन् । एकै खेलाडीलाई १६ करोड खर्चिने फ्रेन्चाइजलाई ४० लाख खर्चिनु खासै ठूलो कुरो होईन । फ्रेन्चाइज टोली नेपाली समर्थक आर्कषण गर्नको लागि भएपनि न्युनतम मूल्यमा सन्दीपलाई किन्ने सम्भावना छ । समर्थक आर्कषणसँगै नेपालमा फ्रेन्चाइज टोली व्यापारको दायरा फराकिलो र राम्रो विज्ञापन गर्नसक्छन् ।

१. मेगा अक्सनमा नयाँ टिम निर्माण

मेगा अक्सनबाट नयाँ टिम निर्माण गर्नुपर्ने हुन्छ । गत वर्ष सबैको आफ्नो टिम थियो । आफूलाई आवश्यक पर्ने खेलाडी मात्र अक्सनबाट लिएका थिए । जसमा निकै कम खेलाडीले मात्र मौका पाउँछन् । किनभने सबै टोलीले प्रमुख खेलाडी टोलीमै राखेका हुन्छन् । आफ्नो कमजोरी सुधार गर्न सक्ने खेलाडीमात्र किन्छन् । तर यस पटक टोली शून्यबाट निर्माण गर्नुपर्ने हुन्छ । टोलीहरु दीर्घकालीन योजनाका साथ अघि बढ्नेछन् ।

अहिले एक टोलीमा बढीमा चार खेलाडी छन् । सबै टोलीले अक्सन मार्फत नयाँ टिम निर्माण गर्नुपर्ने हुन्छ । एक वर्ष मात्र नभएर तीन संस्करण खेल्ने टोली निर्माण गर्नुपर्छ । युवा खेलाडी पहिलो रोजाई हुन सक्छन् । सन्दीप गतवर्ष नबिक्नुमा फ्रेन्चाइज टोलीलाई विदेशी स्पिनर आवश्यक नहुनु थियो । दिल्लीले पनि अमित मिश्रा, रविचन्द्रन आश्विन र अक्षर पटेल भएपछि फुकुवा गरेको थियो । किनभने हरेक टोलीसँग प्रमुख स्पिनर थिए । तर सबै टोलीले यस पटक स्पिनर अनुबन्ध गर्नेछन् ।

दिल्ली, मुम्बई, पन्जाब, राजस्थान, रोयल च्यालेन्जर्स बेंगलोर र हैदराबादले रिटेन गरेका खेलाडीमा स्पिनरनै छैनन् । सबैलाई स्पिनरको आवश्यक छ । सन्दीपले आइपिएलसँगै बिग ब्याससम्मका फ्रेन्चाइज लिग खेलेको हुँदा पहिलो रोजाईमा पर्न सक्छन् । सन्दीपको प्रदर्शन र क्षमता सबै फ्रेन्चाइज टोलीलाई राम्रोसँग थाहा छ । सन्दीप लामो यात्रा गर्न सक्ने बलर हुन् । नयाँ टिम निर्माणमा सबै फ्रेन्चाइलाई स्पिनर आवश्यक हुँदा सन्दीपको सम्भावना बलियो नै देखिन्छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.