default_image

9 years ago

November 27, 2016

एसिया कपमा पहिलो जितको खोजीमा नेपाल र श्रीलंका

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टी क्रिकेटमा सोमबार नेपालले श्रीलंकाको सामना गर्नेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

img_3352

पहिलो दिन शनिबार नेपाललाई ९ विकेटले हराएको पाकिस्तानले आइतबार श्रीलंकालाई पनि ८ विकेटले हराएको थियो । तर, नेपाली टोलीको भन्दा श्रीलंको ब्याटिङ उत्कृष्ट रह्यो । पाकिस्तानविरुद्ध नेपाल टोली ४७ रनमा अलआउट भएको थियो । त्यहि पाकिस्तानविरुद्ध श्रीलंकाले भने २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय १२ रन बनाएको थियो ।
प्रतियोगितामा पाकिस्तान जस्तै भारतले पनि सुरुआती दुई खेल जितिसकेको छ । बंगलादेशलाई पहिलो खेलमा ६४ रनले हराएको भारतले आइतबार आयोजक थाइल्यान्डलाई ९ विकेटले नै हराएको थियो । सोमबारनै थाइल्यान्ड र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.