default_image

2 years ago

February 9, 2022

नेपाली क्रिकेट टोली ओमान पुग्यो

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए र चार देश सम्मिलित टि२० आई सिरिज खेल्ने बुधबार विहान ओमान पुगेको छ ।

मंगलबार साँझ ६:३० बजे त्रिभुवन विमानस्थलबाट प्रस्थान गरेको नेपाली क्रिकेट टोली युएई हुँदै बुधबार स्थानीय समय अनुसार विहान ३:३० बजे ओमानको मस्कट शहर पुगेको हो । नेपाली क्रिकेट टोलीको आज पिसिआर परिक्षण हुनेछ । नेपालले विहीबार अभ्यास गर्नेछ ।

नेपालले विश्वकप छनोट अघि चार देश सम्मिलित टि२० आई सिरिज अन्तर्गत पहिलो खेल शुक्रबार घरेलु टोली ओमानसँग खेल्नेछ । विश्वकप छनोटमा एकै समूहमा रहेका यी दुई टोलीबीच टि२० आई सिरिजको नतिजाले स्तरमापन गर्नेछ । दुबैलाई आफ्नो गल्ती सुधार गर्ने राम्रो अवसर हुनेछन् । शुक्रबार नेपाल र ओमानबीच खेल दिउँसो ३ : ४५ मा अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ ।

शनिबार युएई र सोमबार आयरल्यान्डसँग खेल्नेछ । यी तीन खेलसँगै नेपालको विश्वकप छनोट तयारी पूरा हुनेछ । त्यसपछि नेपालले टि२० विश्वकप छनोट खेल्ने अन्तिम १५ सदस्य टोली घोषणा गर्नेछ । अर्थात अहिले भएका १७ खेलाडीबाट दुई खेलाडी छनोट बाहिर हुनेछन् । आइसिसीको प्रतियोगितामा १५ भन्दा बढी खेलाडी राख्न पाइदैन । सिरिज भने क्रिकेट बोर्डले जतिपनि खेलाडी राख्न सक्छ ।

ग्लोबल छनोट ए मा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरि आठ टोली छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह बी मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । उद्धघाटन खेलमा फागुन ६ (१८ फेब्रुअरी) मा नेपाल र ओमानबीचको खेल हुनेछ । प्रतियोगिता फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउने छन् ।

नेपाली टोली :

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सागर ढकाल, लोकेश बम र प्रदीप ऐरी ।

ओमान भ्रमणमा नेपालको खेल तालिका

चारदेशबीचको टि२० आई सिरिज

माघ २८ ( ११ फेब्रुअरी) – नेपालविरुद्ध ओमान

माघ २९ ( १२ फेब्रुअरी ) – नेपालविरुद्ध युएई

फागुन २ ( १४ फेब्रुअरी ) – नेपालविरुद्ध आयरल्यान्ड

टि२० विश्वकप छनोट

फागुन ६ (१८ फेब्रुअरी) – नेपालविरुद्ध ओमान, ओमान एकेडेमी १

फागुन ७ ( १९ फेब्रुअरी ) – नेपालविरुद्ध फिलिपिन्स, ओमान एकेडेमी २

फागुन ९ (२१ फेब्रुअरी ) – नेपालविरुद्ध क्यानडा, ओमान एकेडेमी १

फागुन १० ( २२ फेब्रुअरी ) – पहिलो सेमिफाइनल ( समूह ए को विजेता र समूह बी को उपविजेता, आइसिसी एकेडेमी १

फागुन १० ( २२ फेब्रुअरी ) – दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता), आइसिसी एकेडेमी २

फागुन १२ ( २४ फेब्रुअरी) – फाइनल (सेमिफाइनल ए र सेमिफाइनल बी बीचको विजेता), आइसिसी एकेडेमी १

नेपालले फाइदा उठाउनु पर्ने ओमानका चार कमजोरी

टि२० विश्वकप छनोटमा नेपालका पाँच प्रमुख कमजोरी

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

May 17, 2024

नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ । पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले विजयी भएको हो । नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको घरेलु टोली १८.४ ओभरमा १३० रनमा समेटियो । नेपालको जितमा कुशल […]

Success

Thank you for your time.