4 years ago
February 8, 2022
भुपेन्द्र जिसी, काठमाडौं
घरेलु टोली ओमान आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को बलियो टोली हो । स्तरमात्र होईन घरेलु मैदान र वातावरणले झन् ओमानको सम्भावना थप बलियो बनेको छ । ओमान घरेलु मैदानको भरपूर्ण फाइदा उठाउँदै अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न चाहन्छ । फेब्रुअरी १८ देखि ग्लोबल छनोट ए मा आयरल्यान्ड, नेपाल, ओमान, युएई, जमर्नी, बहराईन, क्यानडा र फिलिपिन्स छन् ।

यस अन्तर्गत नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी मा छन् । समूह ए मा आयरल्यान्ड, बहराइन, जमर्नी र युएई छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । आयरल्यान्ड, ओमान, नेपाल र युएई प्रमुख दाबेदार हुन् । क्यानडा सबैलाई सरप्राइज दिँदै विश्वकपमा पुग्ने सोचमा छ ।
ओमान र नेपालबीच उद्धघाटन खेल फेब्रुअरी १८ मा हुनेछ । यस खेलको नतिजाले सेमिफाइनल समिकरणमा ठूलो प्रभाव पार्नसक्छ । ओमान र नेपालबीचको विजेता समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेल्ने सम्भावना बलियो हुन्छ । कुनै अप्रत्याशित नतिजा नआएमा समूह ए मा आयरल्यान्ड शीर्ष र युएई दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेल्ने सम्भावना छ । समूह बी को विजेताले टेस्ट टोली आयरल्यान्डको सामना गर्नुपर्ने छैन । जुन मनोवैज्ञानिक रुपमा थप फाइदा पुग्नसक्छ ।
पाकिस्तान र भारतीय मुलका खेलाडीको बाहुल्यता रहेको ओमानले एसोसिएट क्रिकेटमा उच्च प्रदर्शन गर्दै आएको छ । नेपालसँग खेलमा ओमान लगातार हाबी हुँदै आएको छ । ओमानसँग नतिजाले नेपालको विश्वकप भविष्य निर्धारण गर्नसक्छ । तर नेपालले ओमानलाई हराउन उसको कमजोरीको भने फाइदा उठाउनु पर्छ । नेपालले ओमानको यी चार कमजोरीको फाइदा उठाउन सके सहज जितका साथ विश्वकप यात्रामा सानदार सुरुवात गर्नसक्छ ।
४. बिलालमा आश्रित तीव्र गतिको आक्रामण

बायाँ हाते तीव्र गतिका बलर बिलाल खान ओमानका प्रमुख तीव्र गतिका बलर हुन् । ओमानको तीव्र गतिको बलिङ युनिट बिलालमा धेरै आश्रित छ । बिलाल, कलिमुल्लाह, मोहम्मद नदीम र फय्जाज बट ओमानको तीव्र गतिको बलर हुन् । ओमानबाट टि२० आईमा बिलाल ३८ खेलमा ५६ विकेटका साथ शीर्ष स्थानमा छन् ।
नदिम २८ खेलमा २४ विकेटका साथ चौथो स्थानमा छन् । उनी अलराउन्डरको रुपमा खेल्ने गर्दछन् । बटले १६ खेलमा १४, कलिमुल्लाहले १० खेलमा ७ विकेट लिएका छन् । अक्टोबरमा घरेलु मैदानमा भएको टि२० विश्वकपमा ओमान स्कटल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । उक्त खेलमा विलाल विकेटविहीन थिए ।
२०२० फेब्रुअरीमा ओमान कतारसँग ३४ रनले पराजित भएको थियो । कतारले पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । विलाल खानले १ विकेट मात्र लिएका थिए । जुन खेलमा बिलालले राम्रो सुरुवात दिलाएका छन् त्यसमा अन्य तीव्र गतिका बलरले पनि राम्रो गरेका छन् ।
बिलाल बाहेक अन्य तीव्र गतिका बलरमा खास गति छैन । म्याचलाई पूरै बदल्न सक्ने खुबी बिलाल बाहेक अन्य तीव्र गतिका बलरमा कमै देखिन्छ । बिलालमाथि नै आक्रामक क्रिकेट खेल्न सके नेपाल झन् हाबी हुनसक्छ । अन्यथा बिलालबाट सचेत हुँदै आक्रामक क्रिकेट खेल्न सक्नुपर्छ ।
३. ब्याटिङ शीर्ष चार ब्याटरमा निर्भर

ओमानको ब्याटिङ शीर्ष चार ब्याटरमा निर्भर छ । अर्थात ओमानको ब्याटिङमा गहिराई पाइदैन । शीर्ष चार ब्याट नचलेको खेलमा ओमान कमै मात्रमा विजयी भएको छ । ओमानको टि२० आई इतिहासमा २ सयमाथि ७ खेलाडीले रन बनाएका छन् । ती सबै शीर्ष चारका ब्याटर हुन् ।
ओमानबाट टि२० आईमा १३ अर्धशतक प्रहार भएका छन् । जसमा ओपनर जतिन्दर सिंहले ४, अकिब इलियासले ३,जिशान मकसुद र खवर अलीले २–२ अर्धशतक प्रहार भएका छन् । सबै अर्धशतक शीर्ष चारबाटनै आएको छ । ओमानले २०२१ मा कतार र २०१९ मा जर्सीसँग हार्नुको मुख्य कारण पनि शीर्षक्रम नचल्नु हो । पावर प्लेमा शीर्षक्रमका ब्याटरको विकेट लिन सके नेपालको जित सहज हुने देखिन्छ । ओमानको ब्याटिङ शीर्ष चारमा बढी निर्भर रहँदै आएको छ ।
२. कप्तानमा बढी भरोसा

ओमान क्रिकेट टोली कप्तान जिशान मकसुदमा बढी निर्भर छ । ब्याटिङ र बलिङ दुबैमा ओमान मकसुद प्रमुख खेलाडी हुन् । टि२० आईमा ओमानबाट सर्वाधिक रन बनाउनेमा मकसुद ३४ खेलमा ५ सय ९३ रनका साथ तेस्रो स्थानमा छन् ।
विकेट लिनेतर्फ मकसुद २३ विकेटका साथ पाँचौं स्थानमा छन् । मकसुदले चौथो नम्बरमा ब्याटिङ गर्दै परिपक्क प्रदर्शन गर्दै आएका छन् । ओमानका प्रमुख स्पिनर हुन् । मकसुद २०२१ को एसोसिएट क्रिकेटर अफ द इअर समेत चुनिएका थिए । मकसुदको कमजोर प्रदर्शन विना ओमानको जित कठिन देखिन्छ । नेपालले पनि यसको फाइदा उठाउनुपर्छ ।
१. कमजोर मध्यक्रम र तल्लोक्रम ब्याटिङ
ओमानको मुख्य कमजोरीनै मध्यक्रम र तल्लोक्रम ब्याटिङ हो । कमजोर मध्यक्रम ओमानको सबैभन्दा ठूलो टाउको दुखाईको विषय बन्दै आएको छ । ओमान टि२० विश्वकपमा स्कटल्यान्डसँग १ सय २२ रनमा अल आउट भयो । मध्यक्रम र तल्लोक्रमका गरि कुल ७ ब्याटरले ५३ रन मात्र बनाएका थिए ।

जिशान मकसुदले एक्लै ३४ रन र बाँकी ६ खेलाडीले १९ रन जोडेका थिए । बंगलदेशसँग १ सय २७ रनमा अल आउट भएको थियो । शीर्षक्रमका चार ब्याटरले ७९ रन जोड्दा बाँकी ७ ब्याटरले ३६ रन मात्र बनाएका थिए । यी उदाहरण मात्र हुन् ।
शीर्ष चार ब्याटर नचलेका प्राय खेलमा ओमान पराजित भएको छ । ओमान २०२० मा वस्टर्न रिजनमा कतारसँग ३४ रनले पराजित भयो । शीर्ष तीन ब्याटरले कुल ८५ रन बनाउँदा बाँकी ८ खेलाडीले मात्र ५४ रन बनाउन सके । २०१९ को टि२० विश्वकप छनोटमा ओमान जर्सीले प्रस्तुत गरेको १ सय ४२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ९ विकेट गुमाउँदै १ सय २७ रनमा समेटिएको थियो ।
मध्यक्रम र तल्लोक्रम ओमानको सबैभन्दा ठूलो चिन्ताको विषय हो । टि२० क्रिकेटमा मध्यक्रम र तल्लोक्रमका ब्याटरको प्रदर्शन अहम हुन्छ । तर ओमानको टोलीमा भने त्यसो देखिदैन । शीर्षक्रम सस्तैमा आउट हुँदा सस्तैमा समेटिने सम्भावना बढी रहन्छ ।
यो पनि पढ्नुहोस् : टि२० विश्वकप छनोटमा नेपालका पाँच प्रमुख कमजोरी
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]