default_image

9 years ago

November 28, 2016

नेपालको दोस्रो हार, श्रीलंका ८ विकेटले विजयी

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको दोस्रो खेलमा सोमबार नेपाल ८ विकेटले पराजित भएको छ । २४ रनको झिनो लक्ष्य पछ्याएको श्रीलंकाले ४.३ ओभरमा २ विकेट गुमाउँदै जित हासिल गरेको थियो ।

img_3352

श्रीलंकाले टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १६.२ ओभरमा २३ रन मात्र बनाउन सक्यो । नेपालका लागि सबैभन्दा बढी ओपनर ज्योती पाण्डेले १६रन बनाईन । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । श्रीलंकाका लागि कुमारी र रानाविराले समान ३ विकेट लिईन ।

२४ रनको झिनो लक्ष्य लिएर ब्याटिङ गर्न आएको श्रीलंकाले २ विकेट गुमाउदै निर्धारित लक्ष्य पुरा गरेको थियो । ४.३ ओभरमा लक्ष्य पुरा गरेको श्रीलंकाका लागि हसिनी परेराले १७, मेन्डिसले ७, अटापट्टुले १ र मानोडराले १ रन बनाईन । नेपालका लागि करुणा भण्डारी र रुबिना छेत्रीले १-१ विकेट लिएका थिए ।

 

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.