default_image

4 years ago

February 12, 2022

ऐर र रबाडामाथि पैसाको वर्षा, वार्नर र कमिन्स आधा सस्तो मूल्यमा बिके

241 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा भारतीय युवा ब्याटर श्रेयस ऐर र दक्षिण अफ्रिका तीव्र गतिका बलर कागिसो रबाडामाथि पैसाको वर्षा भएको छ । ऐरलाई कोलकता नाइट राइडर्सले १२ करोड २५ लाख भारुपमा अक्सनबाट किनेको छ ।

बेंगलोरमा जारी अक्सनमा ऐरलाई किन्न दिल्ली क्यापिटल्स, लखनऊ सुपर जायन्ट, कोलकता नाइट राइडर्सबीच अक्सनमा कडा प्रतिस्पधा भएको थियो । अन्तिममा कोलकताले अनुबन्ध गरेको हो ।

ऐरको कप्तानीमा दिल्ली क्यापिटल्स २०२० मा पहिलो पटक फाइनलमा पुगेको थियो । २०१८ मा गौतम गम्भीरले कप्तानी छाडेपछि दिल्लीले ऐरलाई कप्तानी दिएको थियो । २०१५ देखि दिल्लीबाट अइपिएल खेल्दै आएका ऐरले ८७ खेलमा १६ अर्धशतक सहित २ हजार ३ सय ७५ रन बनाएका छन् । ऐरले न्यूनतम मूल्य २ करोड राखेका थिए । उनले दिल्लीमा ७ करोड भारु मूल्य पाएका थिए ।

वार्नरलाई दिल्ली क्यापिटल्सले ६ करोड २५ लाख भारुमा अनुबन्ध गरेको छ । २००९ देखिनै आइपिएल खेल्दै आएका वार्नरले २०१५ देखि २०२१ सम्म सनराइजर्स हैदराबादको नेतृत्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । वार्नरको कप्तानीमा २०१६ मा हैदराबादले उपाधि जितेको थियो । आइपिएलमा तीन ओरेन्ज क्याप जित्ने वार्नर एक्लो खेलाडी हुन् ।

वार्नरले २०१५, २०१७ र २०१९ मा सर्वाधिक रनका साथ ओरेन्ज क्याप जितेका थिए । हदराबादमा वार्नरले १२ करोड ५० लाख भारु पारिश्रमिक पाउँदै आएका थिए । तर वार्नर आधार सस्तो मूल्यमा विकेका छन् । त्यस्तै त्यस्तै दक्षिण अफ्रिका पूर्व तीव्र गतिका बलर कागिसो रबाडालाई पन्जाब किंग्सले ९ करोड २५ लाखमा किनेको छ ।

रबाडा लगातार १ सय ५० प्रतिघण्टा किलोमिटरको रफ्तारमा बलिङ गर्नसक्ने खुबी भएका खेलाडी हुन् । रबाडा डेथ ओभरका विश्वकै घातक बलरमा पर्दछन् । २०२० मा दिल्लीलाई पहिलो पटक फाइनलमा पुर्याउन रबाडाले १७ खेलमा ३० विकेट लिँदै पर्पल क्याप जितेका थिए । रबाडाले २०१९ मा १२ खेलमा २५ विकेट लिँदै सानदार प्रदर्शन गरे । दिल्लीले २०१८ मा ४ करोड २० लाखमा अनुबन्ध गरेको थियो ।
शिखर धवनलाई पन्जाब किंग्सले ८ करोड २५ लाखमा किनेको छ ।

धवन राम्रो लयमा छन् । पछिल्ला दुई संस्करणमा दिल्लीले लगातार फाइनल यात्रा तय गर्दा धवनको योगदान महत्वपूर्ण थियो । गत सिजनमा लगातार दुई शतक प्रहार गरेका थिए । न्युजिल्यान्डका टे«ेन्ट बोल्टलाई राजस्थान रोयल्सले ८ करोड भारुमा अनुबन्ध गरेको छ । कोलकताले प्याट कमिन्सलाई ७ करोड २५ लाखमा किनेको छ । जुन यसअघिको सिजन भन्दा आधा कम मूल्य हो । २०२० को अक्सनमा कमिन्सलाई कोलकताले कीर्तिमानी मूल्य १५ करोड ५० लाख भारुमा अनुबन्ध गरेको थियो ।

राजस्थानले रविचन्द्रन आश्विनलाई ५ करोडमा अनुबन्ध गरेको छ । गुजरात टाइटन्सले मोहम्मद शामीलाई ६ करोड २५ लाख भारुमा किनेको छ । रोयल च्यालेन्जर्स बेंगलोरले फाफ डु प्लेसिसलाई ७ करोड भारुमा किनेछ । गत वर्ष चेन्नईलाई उपाधि दिलाउन फाफ डु प्लेसिसले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.