4 years ago
February 12, 2022
एजेन्सी – नेपाली क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा अनसोल्ड भएका छन् । बेंगलोरमा पहिलो दिनको सम्पन्न अक्सनमा सन्दीप अन सोल्ड अथार्त कुनैपनि टोलीले उनलाई किकेनन् । सन्दीपले ४० लाख भारु अर्थात ६४ लाख नेपाली रुपैयाँ न्यूनतम मूल्य तोकेका थिए ।

पहिलो दिनको अन्तिम सेटको अन्तिम नम्बरमा परेका सन्दीप अनसोल्ड भएका हुन् । गत वर्ष पनि सन्दीप अनसोल्ड भएका थिए । सन् २०१८ मा तत्कालिन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) ले न्यूनतम मूल्य २० लाख भारु अक्सनमा किनेपछि सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए । २०२० सम्म दिल्लीमा रहेका सन्दीपले ९ खेल खेल्दै १३ विकेट लिएका थिए । २०२१ मा भने दिल्लीले सन्दीपलाई फुकुवा गरेको थियो । तर अक्सनमा सन्दीपलाई कुनै पनि टोलीले रुचि देखाएनन् ।
२०१८ मा दिल्लीले लिगबाट बाहिरिएपछि अन्तिम तीन खेलमा मौका दिँदा सन्दीपले ५ विकेट लिएका थिए । २०१९ मा ६ खेलमा सन्दीपले ९ विकेट लिएका थिए । २०२० मा भने पुरै बेन्चमा बसेर फर्किएका थिए । मेगा अक्सनमा सन्दीपले ४० लाख भारु अर्थात ६४ लाख नेपाली रुपैयाँ न्यूनतम मूल्य राखेका थिए । २०२१ को अक्सनमा भने सन्दीप विकेका थिएनन् ।

सुरश रैना, स्टिभ स्मिथ, आदिल राशिद, सकिब अल हसन, मुजिब उर रहमान, उमेश यादव, मोहम्मद नाबी, डेविड मिलर, इमरान ताहिर एडम जाम्पा र अमित मिश्रा जस्ता खेलाडी विकेका छैनन् । अफगानिस्तानका १७ वर्षिय नुर अहमदलाई गुजरात टाइटन्सले ३० लाख भारुमा अनुबन्ध गरेको छ ।
आइतबार दोस्रो राउन्डमा कुनै टोलीले आवश्यक परे सन्दीपलाई किन्न सक्ने सम्भावना हुन्छ । अन्तिम समयमा कुनै टोलीले लिएको खण्डमा उनले न्यूनतम मूल्य पाउने छन् ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]