9 years ago
November 28, 2016
मोहाली (एजेन्सी)– भारतविरुद्धको तेस्रो टेस्ट जोगाउन इङ्ल्यान्डले संघर्ष गर्नुपर्ने देखिएको छ । सोमबार दोस्रो इनिङको सुरुआत गरेको इङ्ल्यान्डले ४ विकेटको क्षेतिमा ७८ रन बनाउँदा तेस्रो दिनको खेल समाप्त भएको छ । भ्रमणकारी टोली अझै ५६ रनले पछाडी छ ।

पहिलो इनिङमा इङ्ल्यान्ड २ सय ८३ रनमा आउट भएको थियो । भारतले पहिलो इनिङमा ४ सय १७ रन जोडेको छ । दिनको खेल सकिदा ओपनर जोए रुट ३६ र गारेथ बाटी शून्य रनमा अविजित छन् । अर्का ओपनर एवंम् कप्तान १२ रनमा रविचन्द्रन आश्विनको शिकार भए । मोइन अलि (५) र बेन स्टोक्सलाई पनि आश्विनले नै आउट गरे । जोनी ब्रेस्टो उमेश यादवको बलमा विकेट किपर पार्थिव पटेलबाट क्याच आउट भए । त्यसअघि ६ विकेटको क्षेतिमा २ सय ७१ रनबाट तेस्रो दिनको खेलअघि बढाएको भारतका लागि तल्लो क्रमका ब्याट्सम्यानले उच्च प्रदर्शन गरेपछि टोली पहिलो इनिङमा ४ सय १७ रन बनाउन सफल भएको थियो ।
देस्रो दिननै अर्धशतक पुरा गरेका रविचन्द्र आविश्वनले ७२ रन बनाए भने ३१ रनबाट खेलअघि बढाएका रविन्द्र जडेजा शतक बनाउनबाट १० रनले चुके । अर्का उमेश यादवले पनि अर्ध शतक पुरा गरेका थिए । आश्विनले १ सय १३ बलमा ११ चौका प्रहार गरेका थिए । जडेजाले १ सय ७० बल खेल्दै १० चौका र १ छक्का प्रहार गरे । यादवले ५ चौका हानेका थिए । त्यसअघि दबाबकाबीच चेतेश्वर पुजारा र कप्तान विराट कोहलीले पनि अर्धशतक पुरा गरेका थिए ।
दोस्रो दिन निकै दबाबकाबीच भारतले सम्हालिएको प्रदर्शन गरेको थियो । एक सयम टोलीले २ सय ४ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो । इङ्ल्यान्डका स्टोक्सले ५ र अदिल रसिदले ४ विकेट लिएका थिए । पाँच टेस्टको श्रृखंलामा भारत १–० ले अगाडि छ । पहिलो टेस्ट बराबरीमा टुंगिएको थियो भने दोस्रो टेस्टमा भारत २ सय ४५ रनले विजयी भएको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]