default_image

4 years ago

February 13, 2022

आइपिएल मेगा अक्सनका सर्वाधिक महँगा १० खेलाडी

220 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन पहिलो दिन शनिबार सकिएको छ । बेंगलोरमा पहिलो दिन थुप्रै स्टार खेलाडी महँगो मूल्यमा बिकेका छन् । पहिलो दिन मेगा अक्सनमा सर्वाधिक महँगो मूल्यमा भारतीय विकेटकिपर ईशान किशन बिक्न पुगे । सम्भव त यो सिजनमा उनीनै सर्वाधिक महँगो खेलाडी बन्न सक्छन् ।

बायाँ हाते ब्याटर ईशान किशनमाथि मुम्बई इन्डियन्सले टोलीमा फर्काउन १५ करोड २५ लाख भारुमा खर्चियो । उनी मुम्बईमा रोहित शर्माले १६ करोडपछि सर्वाधिक पारिश्रमिक पाउनेछन् । विकेटकिपरको रुपमा अक्सनमा सर्वाधिक रकम पाउने खेलाडी पनि हुन् । पहिलो चरणको अक्सनमा स्टिभ स्मिथ, सुरेश रैना, सकिब अल हसन, मुजिब उर रहमान, डेविड मिलर जस्ता चर्चित खेलाडी बिक्न सकेनन् ।

नेपाली लेगस्पिनर सन्दीप लामिछानेले न्यूनतम ४० लाख भारु मूल्य राखेपनि कसैले रुचि देखाएनन् । महँगो मूल्यमा विकेका अधिकाम्स खेलाडी तीव्र गतिका बलर र स्पिन अलराउन्डर छन् । अष्ट्रेलिया ओपनर डेविड वार्नरलाई दिल्ली क्यापिटल्सले ६ करोड २५ लाखमा अनुबन्ध गर्यो । अक्सनमा धेरै बोली लाग्ने अनुमान गरेपनि त्यसो हुन सकेन । पहिलो दिन आइपिएल अक्सनमा १० करोडमाथि मूल्य पाउने १० खेलाडी यस प्रकार छन् ।

१०. आवेश खान – १० करोड भारु

भारतीय तीव्र गतिका बलर आवेश खानलाई नयाँ टोली लखनउ सुपर जायन्टले १० करोड भारु किन्यो । आवेश खानले धेरैलाई आश्चर्य पार्दै न्यूनतम मूल्य २० लाख राखेका थिए ।

उनलाई अक्सनम किन्न चेन्नई, हैदराबाद र मुम्बईले पनि इच्छा देखाएपछि लखनउले १० करोड खर्चिनु परेको हो । गतवर्ष दिल्लीलाई फाइनल सम्म पुर्याउन आवेश खानले १६ खेलमा २४ विकेट लिँदै दोस्रो स्थानमा थिए । जारी सिजनमा सर्वाधिक महँगो मूल्य पाउने अनक्याप्ड खेलाडी पनि हुन् ।
९. लोकी फर्गुनसन, १० करोड भारु

न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसनलाई गुजरात टाइटन्सले १० करोड मूल्य टोलीमा भित्र्याउन सफल भयो । प्रतिघण्टा १ सय ५० माथिको गतिमा बलिङ गर्ने फर्गुसनले यसअघि कोलकताबाट आइपिएल खेलेका थिए ।

कोलकतामा यसअघि उनले १ करोड ६० लाखमात्र मूल्य पाएका थिए । तर यो सिजन उनलाई किन्न दिल्ली, गुजरात र बेंगलोरबीच प्रतिस्पर्धा भएपछि न्यूनतम मूल्य २ करोडबाट १० करोडमा पुगेका थिए । फर्गुसनले न्युजिल्यान्ड र आइपिएलमा राम्रो प्रदर्शन गर्दै आएका छन् ।

८. प्रसिद्ध कृष्ण, १० करोड भारु

भारतीय तीव्र गतिका बलर प्रसिद्ध कृष्णलाई राजस्थान रोयल्सले १० करोड मूल्य अक्सनमा खर्चिएको छ । न्यूनतम १ करोड मूल्य राखेका उनलाई किन्न लखउन र राजस्थानबीच प्रतिस्पर्धा भएको थियो । यसै साता वेस्टइन्डिजसँगको तीन ओडिआई खेलमा उच्च प्रदर्शन गर्दै प्लेयर अफ द सिरिज चुनिएछि उनको मूल्य झनै बढेको थियो । उनी गति र बाउन्सरका लागि चिनिन्छन् । यसअघि कोलकतामा उनले न्यूनतम २० लाख मात्र पाएका थिए ।

७. हर्षल पटेल, १० करोड ७५ लाख भारु

२०२१ का पर्पल क्याप विजेता हर्षल पटेललाई टोलीमा फर्काउन रोयल च्यालेन्जर्स बेंगलोरले १० करोड ७५ लाख भारु खर्चिनु पर्यो । पटेलले २०२१ मा १५ खेलमा ३२ विकेट लिँदै कीर्तिमान कायम गरेका थिए ।

एकै सिजनमा सर्वाधिक विकेट लिने बलरको कीर्तिमान ड्वेन ब्राभोसँग बराबरी गरेका थिए । पटेलले मध्यक्रम र डेथ ओभरमा राम्रो बलिङ गर्दै आएका छन् । तल्लोक्रममा ब्याटिङको क्षमता पनि राख्छन् । गतवर्ष उत्कृष्ट प्रदर्शनपछि उनले भारतीय टोली हुँदै अक्सनमा महँगो मूल्य पाएका हुन् ।

६. शार्दुल ठाकुर, १० करोड ७५ लाख भारु

भारतीय तीव्र गतिका बलर शार्दुल ठाकुर महँगो मूल्यका साथ दिल्ली क्यापिटल्समा अनुबन्ध भएका छन् । पछिल्लो समय भारतीय टोलीमा तीव्र गति र तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्दै आएका ठाकुरलाई दिल्लीले १० करोड ७५ लाखमा भित्र्याएको हो । भारतले गतवर्ष अष्ट्रेलियामा टेस्ट सिरिज जित्दा उनी नायक बनेका थिए ।

तल्लोक्रममा ठूला ठूला सट प्रहार गर्ने गर्दछन् । ठाकुरले यस सिजनमा न्यूनतम मूल्य २ करोड भारु राखेका थिए । दिल्ली, पन्जाब र चेन्नईबीच प्रतिस्पर्धा भएको थियो । २०२१ मा चेन्नईलाई च्याम्पियन बनाउन उनले १६ खेलमा २१ विकेट लिदै उत्कृष्ट प्रदर्शन गरेका थिए । चेन्नईमा उनले २ करोड ६० लाख भारु पाउँदै आएका थिए ।

५. निकोलस पुरन, १० करोड ७५ लाख भारु

वेस्टइन्डिजका विकेटकिपर ब्याटर निकोलस पुरनलाई सनराइजर्स हैदराबादले १० करोड ७५ लाख भारुमा अनुबन्ध गरेको छ । पुरनलाई २०१९ को अक्सनमा पन्जाब किंग्सले ४ करोड २० लाख भारुमा अनुबन्ध गरेको थियो । बायाँ हाते पुरन आक्रामक ब्याटिङ, उत्कृष्ट फिल्डिङ र कप्तानका विकल्प भएका युवा स्टार हुन् ।

पुरनले अक्सनमा न्यूनतम मूल्य १ करोड ५० लाख राखेका थिए । उनलाई किन्न चेन्नई, हैदराबाद र कोलकताबीच प्रतिस्पर्धा भएको थियो । अन्तिममा हैदराबादले बाजी मार्यो । पुरन कप्तानको लागि राम्रो विकल्प पनि हुन् । वेस्टइन्डिजका उपकप्तान पुरनले काइरन पोलार्डको अनुपस्थितीमा राम्रो प्रभाव छाडेका छन् ।

४. वानिन्दु हसरंगा, १० करोड ७५ लाख भारु

श्रीलंका लेगस्पिन अलराउन्डर वानिन्दु हसरंगालाई रोयल च्यालेन्जर्स बेंगलोरले १० करोड ७५ लाख भारुमा किन्यो । आइपिएल इतिहासमा वानिन्दु श्रीलंकाबाट सर्वाधिक महँगो मूल्यमा विक्ने खेलाडी हुन् । वानिन्दु वर्तमान टि२० आइसिसी विश्व वरियता शीर्षस्थानका बलर हुन् । वानिन्दुले अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार म्याच विनिङ प्रदर्शन गर्दै आएका छन् ।

वानिन्दुले ८३ टि२० खेलमा तीन अर्धशतक सहित ९ सय ७९ रन बनाउनुको साथैं १ सय १० विकेट लिएका छन् । गत वर्ष एडम जाम्पाको अनुपस्थित भएपछि उनको स्थानमा बेंगलोरबाट वानिन्दुले किनेका हुन् । उनले अक्सनमा १ करोड न्यूनतम मुल्य राखेका थिए । तर पन्जाब, हैदराबद र बेंगलोरबीचको लडाईंले महँगो मूल्य पाएका हुन् ।

३. श्रेयस ऐर, कोलकता, १२ करोड २५ लाख भारु

श्रेयस ऐर

भारतीय युवा ब्याटर श्रेयस ऐरलाई कोलकता नाइट राइडर्सले १२ करोड २५ लाख भारुमा खर्चियो । अक्सनमा ऐरलाई किन्न दिल्ली क्यापिटल्स, लखनऊ सुपर जायन्ट, कोलकता नाइट राइडर्सबीच कडा प्रतिस्पधा भएको थियो । ऐरको कप्तानीमा दिल्ली क्यापिटल्स २०२० मा पहिलो पटक फाइनलमा पुगेको थियो ।

२०१५ देखि दिल्लीबाट अइपिएल खेल्दै आएका ऐरले ८७ खेलमा १६ अर्धशतक सहित २ हजार ३ सय ७५ रन बनाएका छन् । ऐरले न्यूनतम मूल्य २ करोड राखेका थिए । उनले दिल्लीमा ७ करोड भारु मूल्य पाएका थिए । ऐर मध्यक्रमका भरपर्दा ब्याटर हुन् । कप्तानका भारतीय पहिलो रोजाईका ब्याटर हुन् । कोलकताले उनलाई नै कप्तानी दिने लगभग निश्चित छ ।

२. दीपक चाहर, १४ करोड भारु

तीव्र गतिका बलर दीपक चाहर अक्सनमा सर्वाधिक मूल्य पाउने भारतीय बलर हुन् । दीपक पावर प्लेमा नयाँ बलका साथ स्विङ र तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । तीव्र गतिको बलिङ अलराउन्डरको कारण उनलाई अक्सनमा चेन्नईले १४ करोड खर्चेर फिर्ता लिएको थियो । यसअघि चेन्नईबाट खेल्दै दीपकले महत्वपूर्ण योगदान दिँदै आएका थिए ।

दीकपकले चेन्नईमा यसअघि ८० लाख मात्र मूल्य पाउँदै आएका थिए । यस सिजनमा फुकुवा गरेपनि उनले २ करोड न्यूनतम मूल्य राखेका थिए । सुरुमा दिल्ली र हैदराबादबीच कडा प्रतिस्पर्धा भएको थियो । तर ११ करोडपछि चेन्नईले पनि रुचि देखाउँदै १४ करोडमा भित्र्याएको थियो ।

दीपकले गत जुलाईमा श्रीलंकासँग दोसो ओडिआई खेल जिताउन ६९ रन बनाउनुको साथै २ विकेट लिएका थिए । अघिल्लो महिना दक्षिण अफ्रिकासँग ५४ र केहि दिनअघि वेस्टइन्डिजसँग ३८ रन बनाएपछि सबै फ्रेन्चाइज टोलीले नजर लगाएका थिए ।

१. ईशान किशन, १५ करोड २५ लाख भारु

भारतीय बायाँ हाते ब्याटर ईशान किशनलाई मुम्बई इन्डियन्सले कीर्तिमानी मूल्यमा फर्काएको छ । मुम्बईले किशनलाई १५ करोड २५ लाख भारुमा खर्चेको थियो । ईशान किशनलाई किन्न पन्जाब किंग्स, सनराइजर्स हैदराबाद र मुम्बईबीच कडा प्रतिस्पर्धा भएको थियो । ईशान किशन आइपिएल अक्सन इतिहासमा विकेटकिपरको रुपमा सर्वाधिक मूल्य पाउने खेलाडी भएका छन् ।

ईशान किशनलाई मुम्बईले रिलिज गरेको थियो । यसअघि मुम्बईमा किशनले ६ करोड २० लाख भारु पाएका थिए । किशन टि२० का भारतीय विशेष पर्दछन् । मुम्बईलाई २०२० को उपाधि जिताउन ईशानले १४ खेलमा ५ सय १६ रनका साथ उत्कृष्ट प्रदर्शन गरेका थिए । किशन ओपनिङ र मध्यक्रम दुबैमा राम्रो ब्याटिङ गर्नेगर्दछन् ।

किशन ओडिआई र टि२० आई डेब्यूमै अर्धशतक प्रहार गर्ने पहिलो भारतीय खेलाडी हुन् । किशनले २ करोड न्यूनतम मूल्य राखेका थिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.