4 years ago
February 13, 2022
एजेन्सी – इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरलाई मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा महँगो मूल्य खर्चिदै किनेको छ ।

न्यूनतम मूल्य २ करोड राखेका आर्चरलाई किन्न अक्सनमा मुम्बई, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा भएको थियो । मुम्बईले आर्चरलाई ८ करोड भारुमा टोलीमा राखेको हो । आर्चरले चोटका कारण यो सिजनको आइपिएल भने खेल्ने छैनन् । अर्को सिजनको लागि मुम्बईले महँगो मूल्यमा टोलीमा भित्र्याएको हो ।
योसँगै मुम्बईको तीव्र गतिको बलिङ युनिटमा जस्प्रित बुमराह र जोफ्रा आर्चर एकै टोलीमा हुने भएका छन् । विश्वका दुई चर्चित यी दुई तीव्र गतिको जोडीले मुम्बईको बलिङ आक्रामण मजबुत हुनेछ । मुम्बईको तीव्र गतिको बलिङ बिरासतलाई अघि बढाउनेछन् । आर्चर चोटका कारण पछिल्लो एक वर्षदेखि मैदान बाहिर छन् ।

मुम्बईको तीव्र गतिको युनिटमा बुमराह, ड्यानियल साम्स, जयदेव उनादकट र जोफ्रा आर्चर हुनेछन् । चोटका कारण आर्चरले गतवर्ष राजस्थान रोयल्सबाट आइपिएल गुमाएका थिए । २०२० को आइपिएलमा आर्चर मोष्ट भ्यालुवल खेलाडी चुनिएका थिए । राजस्थान आइपिएलमा लिग चरणबाटै बाहिरिएपनि आर्चरले उत्कृष्ट प्रर्दशन गरेका थिए । १४ खेलमा २० विकेट लिएका आर्चरले १ सय ७५ बल डट राख्दा पाँच क्याच लिएका थिए । उनले कुल १ सय १३ रन बनाएका थिए ।
जसमा १० छक्का सामेल थियो । आर्चर तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । योर्करका लागि माहिर आर्चर प्रतिघण्टा १ सय ५० माथिको गतिमा बलिङ गर्ने गर्दछन् । आर्चरलाई राजस्थानले २०१८ को मेगा अक्सनमा ७ करोड २० लाख भारुमा किनेको थियो । २०१९ मा इंग्ल्यान्डले पहिलो पटक एकदिवसिय विश्वकप उपाधि जित्दा प्रतियोगिताभर र फाइनलमा न्युजिल्यान्डविरुद्ध सुपर ओभरमा आर्चर नायक बनेका थिए ।

मेगा अक्सनको दोस्रो दिन इंग्ल्यान्ड कै आक्रामक ब्याटर लियाम लिभिङस्टोनलाई पन्जाब किंग्सले ११ करोड ५० लाख भारुमा अनुबन्ध गरेको छ । पन्जाबमा इंग्ल्यान्डकै जोनी बेयरस्टो ६ करोड ७५ लाखमा बिकेका थिए । पन्जाबले विदेशी खेलाडीको रुपमा लियाम लिभिङस्टोन, दक्षिण अफ्रिका कागिसो रबाडा र वेस्टइन्डिजका ओडेन स्मिथ छन् ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]