4 years ago
February 13, 2022
एजेन्सी – सिंगापुर राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर टिम डेविड मोटो रकममा इन्डियन प्रिमियर लिग (आइपिएल) को मुम्बई इन्डियन्समा अनुबन्धित भएका छन् । आइतबार जारी अक्सनमा मुम्बईले उनलाई ८ करोड २५ लाख भारतीय रुपैयाँ (१३ करोड २० लाख नेपाली रुपैयाँ) मा खरिद गरेको हो ।

पछिल्लो समय विश्व क्रिकेटको विभिन्न फ्रेन्चाइज लिगमा प्रभाव जमाइरहेका डेविडले घरेलु क्रिकेट भने अष्ट्रेलियाबाट खेल्दै आएका छन् । सिंगापुरमा जन्मिएका डेविडले आफ्नो बाल्यकाल सिंगापुरमा बिताएका थिए । अष्ट्रेलियाकै नागरिक भएपनि जन्मस्थान सिंगापुर भएकाले आइसीसीको नियम अनुसार उनले सिंगापुरबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाउँछन् ।
डेविडले सन् २०१९ मा विश्वकप छनोट दौरान नेपालविरुद्ध सानदार प्रदर्शन गरेका थिए । नेपालविरुद्ध महत्त्वपूर्ण खेलमा ४३ बलको सामना गर्दै ७७ रन जोडेका डेविड म्यान अफ द म्याच भएका थिए । उनी उक्त छनोट प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान घोषित भएका थिए ।

डेविडले पछिल्लो समय अष्ट्रेलियाको बिग ब्यासमा होबार्ट हरिकेन्सबाट खेलेका थिए । उनले सन्दीप लामिछानेसँगै होबार्टबाट खेलेका थिए । अष्ट्रेलियाका नागरिक भएकाले उनी बिग ब्यास स्वदेशी कोटामा खेल्दै आएका छन् । उनी हाल पाकिस्तान सुपर लिगमा मुल्तान सुल्तानका लागि खेलिरहेका छन् ।
मुम्बईले यसपटक अक्सनमा खेलाडी अनुबन्धनमा निकै सफल सावित भएको छ । टोलीले अक्सनअघि कप्तान रोहित शर्मा, काइरान पोलार्ड, सूर्यकुमार यादव र जस्प्रित बुमराहलाई रिटेन गरेको थियो । यस्तै अक्सनमा इशान किशनमाथि १५ करोड २५ लाख भारु खर्च गरेको मुम्बईले जोफ्रा अर्चरलाई ८ कोर्दमा अनुबन्ध गरेको हो । मुम्बईले ‘बेबी एबी’ डेवाल्ड ब्रेभिसलाई पनि ३ करोडमा अनुबन्ध गरेको थियो ।
सन् २०१९ मा डेविडबारेको लेख: अष्ट्रेलियन डेविड जसले सिंगापुरलाई विश्वकपनजिक पुर्याए
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]