default_image

4 years ago

February 13, 2022

सन्दीप फेरि आइपिएल अक्सनमा बिकेनन्

231 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को अक्सनमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने लगातार दोस्रो सिजन कुनै टोलीमा बिकेका छैनन् । बेंगलोरमा सम्पन्न नयाँ सिजनको मेगा अक्सनमा सन्दीपलाई कुनैपनि टोलीले किनेनन् ।

पहिलो दिन शनिबार अनसोल्ड भएका सन्दीपको दोस्रो तथा अन्तिम दिन झिनो आशा थियो । न्यूनतम मूल्य ४० लाख भारु अर्थात ६४ लाख नेपाली रुपैयाँ राखेका सन्दीपलाई कसैले पनि लिन इच्छा देखाएनन् ।

पहिलो दिन अनसोल्ड भएका दक्षिण अफ्रिका डेविड मिलरलाई भने ३ करोडमा दोस्रो राउन्डमा गुजरात टाइटन्सले किन्यो । म्याथ्यु वेडलाई पनि दोस्रो राउन्डमा टाइटन्सले किनेको थियो । दोस्रो राउन्डमा इंग्ल्यान्डका ओपनर एलेक्स हेल्सलाई कोलकता नाइट राइडर्सले १ करोड ५० लाख भारुमा अनुबन्ध गर्यो ।

दोस्रो राउन्डमा केहि खेलाडी बिकेपनि सन्दीप भने छनोटमा नै परेनन् । अन्तिम राउन्डमा हरेक टोलीले आफूलाई चाहेको खेलाडी रोज्न सक्थे । तर सन्दीपलाई कसैले पनि रोजेनन् ।

सन् २०१८ मा तत्कालिन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) ले न्यूनतम मूल्य २० लाख भारु अक्सनमा किनेपछि सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए । २०२० सम्म दिल्लीमा रहेका सन्दीपले ९ खेल खेल्दै १३ विकेट लिएका थिए । २०२१ मा भने दिल्लीले सन्दीपलाई फुकुवा गरेपछि अक्सनमा गएका सन्दीपलाई कुनैपनि टोलीले किनेका थिएनन् ।

आइपिएल २०२२ मा सर्वाधिक महँगो मूल्यमा भारतीय विकेटकिपर ईशान किशन बने । किशनलाई मुम्बई इन्डियन्सले १५ करोड २५ लाख भारुमा किनेको थियो । त्यस्तै दीपक चाहरलाई चेन्नईले १४ करोड रकम खर्चिएको थियो । श्रेयस ऐरलाई कोलकता नाइट राइडर्सले १२ करोड २५ लाखमा किनेको थियो ।

मेगा अक्सनको दोस्रो दिन इंग्ल्यान्ड कै आक्रामक ब्याटर लियाम लिभिङस्टोनलाई पन्जाब किंग्सले ११ करोड ५० लाख भारुमा अनुबन्ध गरेको गर्यो । दोस्रो दिन उनीनै सर्वाधिक मूल्य पाउने खेलाडी बने । सिंगापुरका टिम डेविडलाई ८ करोढ २५ लाख भारुमा मुम्बई इन्डियन्सले किनेको थियो ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.