default_image

4 years ago

February 14, 2022

आइपिएलमा नबिकेका राष्ट्रिय टोलीका ४ कप्तान

194 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मेगा अक्सनमा आइतबार बेंगलोरमा सम्पन्न भएको छ । ६ सय खेलाडी सहभागी अक्सनबाट २ सय ४ खेलाडी खेलाडी १० फ्रेन्चाइज टोलीमा अनुबन्धित भएका छन् ।

अक्सनमा यस पटक सर्वाधिक महँगो मूल्य भारतीय विकेटकिपर ईशान किशनलाई मुम्बईले १५ करोड २५ लाख भारु खर्चेको थियो । जुन अक्सनमा विकेटकिपरले पाएको सर्वाधिक बढी रकम हो । तीव्र गतिका बलिङ अलराउन्डर दीपक चाहरलाई चेन्नईले १४ करोड भारु खर्चियो ।
यस पटक अक्सनमा तीव्र गतिका बलिङ अलराउन्डर बढी प्राथमिकतामा रहे । फ्रेन्चाइज टोलीले भारतीय युवा खेलाडीलाई बढी प्राथमिकतामा राखे ।

सिंगापुरका टिम डेविडलाई मुम्बई इन्डियन्सले ८ करोड भारुमा किनेको थियो । सबै फ्रेन्चाइजले अलरान्डरमा बढी ध्यान दिएका थिए । अक्सनमा सुरेश रैना, इमरान ताहिर, स्टिभ स्मिथ, ओईन मोगर्न, सकिब अल हसन, मुजिब उर रहमान, कोलिन मुनरो, अमित मिश्रा, एन्ड्रयु टाई, मार्टिन गुप्टिल लगायतका थुप्रै स्टार खेलाडी अक्सनमा बिकेनन् । आइपिएल अक्सनमा नबिकेका चार देशका कप्तान यस प्रकार छन् ।

४. सन्दीप लामिछाने ( नेपाल)

नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आइपिएल अक्सनमा बिकेनन् । न्यूनतम मूल्य ४० लाख भारु राखेका सन्दीपलाई कुनैपनि टोलीले लिन इच्छा देखाएनन् । कमजोर ब्याटिङ र फिल्डिङको कारण सन्दीपलाई नबिनेका हुन् । सन्दीपले पहिलो पटक २०१८ मा दिल्लीबाट आइपिएल खेलेका थिए । २०१८ मा तीन खेलमा ५ र २०१९ मा ६ खेलमा ९ विकेट लिएका थिए । २०२० मा पुरै बेन्चमा राखेको थियो । २०२१ मा फुकुवा गरेपछि सन्दीप अक्सनमा बिक्न सकेका छैनन् ।

३. दासुन शनका (श्रीलंका)

श्रीलंका युवा कप्तान दाशुन शनका पनि आइपिएलमा बिक्न सकेनन् । शनकाले आइपिएलमा न्युनतम मूल्य शनकाले ५० लाख भारु न्युनमत मूल्य राखेका थिए । फेन्चाइजले अलराउन्डरलाई प्राथमिकतामा राखेपनि उनी बिक्न सकेनन् । युवा अलराउन्डर शनकाले ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गर्दै आएका छन् ।

दाशुनको कप्तानीमा श्रीलंकाले पनि राम्रो गर्दै आएको छ । शनकाले मध्यगतिसँगै राम्रो ब्याटिङ गर्ने गर्दछन् । उनले १ सय ३५ टि२० खेलमा ३ शतकसहित २ हजार ७ सय ८६ रन बनाउनुको साथै ३७ विकेट लिएका छन् । श्रीलंका लेगस्पिनर वानिन्दु हसरंगालाई बेंगलोरले १० करोड ७५ लाखमा विकेका थिए ।

२. ओईन मोर्गन (इंग्ल्यान्ड)

इंग्ल्यान्डका सर्वाधिक सफल कप्तान ओईन मोर्गनलाई यस पटक कुनैपनि फ्रेन्चाइज टोलीले मूल्य लगाएनन् । मोर्गनले न्यूनतम मूल्य १.५ करोड भारु राखेका थिए । २०२१ मा उनकै कप्तानीमा कोलकता नाइट राइडर्सले फाइनल यात्रा तय गरेको थियो । बायाँ हाते ब्याटर मोर्गन मध्यक्रमका भरपर्दा ब्याटर हुन् ।

तर पछिल्लो समय उनको प्रदर्शन अपेक्षा अनुसार भने छैन । २०१९ मा उनको कप्तानीमा इंग्ल्यान्डले पहिलो पटक एकदिवसिय विश्वकप उपाधि जितेको थियो । कप्तानको रुपमा समेत फ्रेन्चाइज टोलीले किन्न सक्ने अनुमान गरिएको थियो । तर बिकेनन् । २०२१ को अक्सनमा कोलकताले ५ करोड २५ लाख भारुमा किनेको थियो ।

१. आरोन फिन्च (अष्ट्रेलिया)

२०२१ का टि२० विश्वकप च्याम्पियन कप्तान तथा ओपनर आरोन फिन्चलाई कुनैपनि टोलीले किनेनन् । फिन्चले अक्सनमा न्यूनतम मूल्य १ करोड ५० लाख भारु राखेका थिए । सबै फ्रेन्चाइजले भारतीय ओपनरलाई प्राथमिकतामा राखेपछि फिन्च बिक्न सकेनन् । फिन्च टि२० क्रिकेटमा आक्रामक ब्याटरको रुपमा चर्चित छन् । टि२० आईमा एकै खेलमा सर्वाधिक रन १ सय ७२ रन उनको नामामा छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.