4 years ago
February 14, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन आइतबार सम्पन्न भएको छ । शनिबार र आइतबार बेंगलोरमा चलेको अक्सनमा कुल ६ सय विदेशी खेलाडी सहभागी थिए । २ सय ४ खेलाडीलाई १० फ्रेन्चाइज टोलीले अक्सनमा खरिद गरेका छन् ।

१ सय ३७ भारतीय र ६७ विदेशी खेलाडी ब्रिक्री भए । अक्सनमा कुल ५५१.७ भारु खर्च भएको छ । एक टोलीले बढीमा ९० करोड भारु खर्च गर्न पाउँछन् । मेगा अक्सनमा यो पटक सर्वाधिक महँगो मूल्यमा भारतीय युवा विकेटकिपर ईशान किशन बिक्री भए । उनलाई मुम्बई इन्डियन्सले १५ करोड २५ लाख भारुमा अनुबन्ध गर्यो ।
अक्सनमा महँगो मूल्यमा बिक्न सक्ने अपेक्षा गरेका डेविड वार्नरलाई भने दिल्ली क्यापिटल्सले ६ करोड २५ लाखमा मात्र किनेको थियो । अक्सनमा विदेशी स्पिनर निकै कम बिक्री भए । अलराउन्डर र भारतीय युवा खेलाडीलाई अक्सनमा बढी प्राथमिकतामा राखिएको थियो । तर अक्सनमा केहि ठूला नामहरु बिकेनन् । जो अक्सनअघि करोडौं मूल्यमा बिक्न सक्ने अनुमान गरिएको थियो । अक्सनमा नबिकेका पाँच प्रमुख खेलाडी यस प्रकार छन् ।
५.आरोन फिन्च (अष्ट्रेलिया)

अष्ट्रेलिया सिमित ओभरका कप्तान तथा आक्रामक ओपनर आरोन फिन्च बिक्न सकेनन् । अक्सनमा न्यूनतम मूल्य १ करोड ५० लाख भारु राखेका उनलाई कुनैपनि टोलीले लिन मानेनन् । गत अक्टोबर नोभेम्बरमा प्रतियोगिता कमजोर मानिएको अष्ट्रेलिया फिन्चको कप्तानीमा टि२० विश्वकप च्याम्पियन बनेको थियो ।
फिन्चले २०१० देखि २०२० सम्म विभिन्न ८ फ्रेन्चाइज टोलीबाट खेल्दै ८७ खेलमा १४ अर्धशतक सहित २ हजार ५ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन ८८ रन अविजित छ । फिन्च विश्व क्रिकेटका एक उत्कृष्ट टि२० ओपनर हुन् । ओपनरमा सबै फ्रेन्चाइजले भारतीय खेलाडीलाई प्राथमिकतामा राखेपछि फिन्च बिक्न सकेनन् ।
४. सकिब अल हसन (बंगलादेश)

बंगलादेशका स्पिन अलराउन्डर सकिब अल हसन विश्व क्रिकेटका एक उत्कृष्ट खेलाडी हुन् । अक्सनमा २ करोड भारु न्यूनतम मूल्य राखेका सकिबलाई कुनैपनि टोलीले किनेनन् । सकिब टि२० आई विश्व वरियताका दोस्रो स्थानका अलराउन्डर हुन् । ओडिआईको अलराउन्डरतर्फ सकिब शीर्षस्थानमा छन् ।
बंगलादेशका सर्वाधिक सफल खेलाडी सकिबले स्पिनसँगै मध्यक्रमका भरपर्दा ब्याटर हुन् । गतवर्ष सकिब कोलकता नाइट राइडर्सबाट आइपिएल खेल्दै ८ खेलमा ४७ रन बनाउनुको साथै ४ विकेट लिएका थिए । सकिबले आइपिएलमा ७१ खेलमा ६३ विकेट लिनुको साथै ७ सय ९३ रन बनाएका छन् ।
३. ओईन मोर्गन (इंग्ल्यान्ड)

इंग्ल्यान्डका सर्वाधिक सफल कप्तान ओईन मोर्गनलाई यस पटक कुनैपनि फ्रेन्चाइज टोलीले मूल्य लगाएनन् । मोर्गनले न्यूनतम मूल्य १ करोड ५० लाख भारु राखेका थिए । २०२१ मा उनकै कप्तानीमा कोलकता नाइट राइडर्सले फाइनल यात्रा तय गरेको थियो ।
बायाँ हाते ब्याटर मोर्गन मध्यक्रमका भरपर्दा ब्याटर हुन् । तर पछिल्लो समय उनको प्रदर्शन अपेक्षा अनुसार भने छैन । २०१९ मा उनको कप्तानीमा इंग्ल्यान्डले पहिलो पटक एकदिवसिय विश्वकप उपाधि जितेको थियो । कप्तानको रुपमा समेत फ्रेन्चाइज टोलीले किन्न सक्ने अनुमान गरिएको थियो । २०२१ को अक्सनमा कोलकताले ५ करोड २५ लाख भारुमा किनेको थियो ।
२. सुरेश रैना (भारत)

भारतीय क्रिकेट टोलीका मध्यक्रमका ब्याटर सुरेश रैनालाई अक्सनमा कुनैपनि टोलीले किनेनन् । आइपिएल इतिहासकै सर्वाधिक रन बनाउने चौथो नम्बरमा रहेका रैना २००८ अर्थात आइपिएल सुरु भएपछि पहिलो पटक नबिकेका हुन् । चेन्नईलाई सर्वाधिक सफल फ्रेन्चाइज टोली बनाउन रैनाको योगदान महत्वपूर्ण छ ।
गत वर्ष रैनाले १२ खेलमा १ सय ६० रन बनाएपछि रिलिज गरेको थियो । चेन्नई दुई वर्ष प्रतिबन्धमा परेपछि २०१६ र २०१७ मा भने गुजरात लायन्सबाट कप्तानी गरेका थिए । भारतबाट टि२० आईमा शतक प्रहार गर्ने पहिलो खेलाडी समेत हुन् । रैनाले आइपिएलमा २ सय ५ खेलमा १ शतक र ३९ अर्धशतक सहित ५ हजार ५ सय २८ रन बनाएका छन् । विराट कोहली, शिखर धवन र रोहित शर्मापछि तेस्रो खेलाडी हुन् । रैनाको यसअघि चेन्नईमा ११ करोड भारु मूल्य पाउँदै आएका थिए ।
१. स्टिभ स्मिथ (अष्ट्रेलिया)

स्टिभ स्मिथ वर्तमान समयका एक उत्कृष्ट ब्याटर हुन् । स्मिथले २ करोड न्यूनतम मूल्य राखेका थिए । आइपिएलमा २०१६ र २०१७ मा उनले राइजिङ पुणे सुपर जायन्टको कप्तानी गरेका थिए । उनको कप्तानीमा २०१७ मा पुणेले फाइनलमा मुम्बईसँग १ रनले पराजित भएको थियो ।
मध्यक्रमका भरपर्दा ब्याटर स्मिथले दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, राइजिङ पुणे सुपर जायन्ट र पुणे वारियर्सबाट खेल्दै १ सय ३ खेलमा २ हजार ४ सय ८५ रन बनाएका छन् । १ शतक र ११ अर्धशतक सामेल छ । २०१६ मा गुजराज लायन्सविरुद्ध ५४ बलमा ८ चौका र ५ छक्कासहित १ सय १ रनको शतकीय इनिङ खेलेका थिए । अष्ट्रेलिया पहिलो रोजाईका ब्याटर स्मिथलाई कुनैपनि टोलीले किनेनन् ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]