default_image

4 years ago

February 16, 2022

ऐर बने कोलकाताको नयाँ कप्तान

230 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका युवा ब्याटर श्रेयस ऐर इन्डियन प्रिमियर लिग (आइपिएल) मा फ्रेन्चाइज टोली कोलकाता नाइट राइडर्सको नयाँ कप्तानमा नियुक्त भएका छन् ।

श्रेयस ऐर

कोलकाताले बुधबार ऐर कप्तानमा नियुक्त भएको जनाएको छ । आइपिएल २०२२ को मेगा अक्सनमा चार दिनअघि कोलकता नाइट राइडर्सले ऐरलाई १२ करोड २५ लाख भारुमा अनुबन्ध गरेको थियो । अक्सनमा ऐरलाई किन्न दिल्ली क्यापिटल्स, लखनऊ सुपर जायन्ट, कोलकता नाइट राइडर्सबीच कडा प्रतिस्पधा भएको थियो ।

ऐरको कप्तानीमा दिल्ली क्यापिटल्स २०२० मा पहिलो पटक फाइनलमा पुगेको थियो । २०१५ देखि दिल्लीबाट अइपिएल खेल्दै आएका ऐरले ८७ खेलमा १६ अर्धशतक सहित २ हजार ३ सय ७५ रन बनाएका छन् । ऐर मध्यक्रमका भरपर्दा ब्याटर हुन् । भारतीय किकेटको भविष्यको कप्तानको रुपमा समेत हेरिएको छ ।

दिल्ली क्यापिटल्समा २०१८ मा गौतम गम्भिरले कप्तानी छाडेपछि ऐरले उक्त जिम्मेवारी निर्वाह गरेका थिए । त्यो सिजन लिगबाटै बाहिरिएपनि २०१९ मा प्लेअफ यात्रा तय गरेको थियो । २०२० का ऐरको कप्तानीमा दिल्ली पहिलो पटक फाइनलमा पुग्न सफल भयो । तर फाइनलमा दिल्ली मुम्बईसँग ५ विकेटले पराजित भएको थियो । ऐरको कप्तानीमा दिल्लीले पछिल्ला तीनै संस्करणमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

गौतम गम्भीरको कप्तानीमा कोलकाताले २०१२ र २०१४ मा उपाधि जितेको थियो । यस सिजनमा ओईन मोगर्नको कप्तानीमा फाइनलमा पुगेको थियो । तर चेन्नई सुपर किंग्सले २७ रनले हराउँदै उपाधि जितेको छ । कोलकाताको यसअघि सौरभ गांगुली, ब्रेन्डम म्याकुलम, गौतम गम्भीर, दीनेश कात्तिक हुँदै ओईन मोर्गनले कोलकाताको कप्तानी गरेका थिए । मोर्गनको कप्तानीमा यस सिजन फाइनल खेलेको थियो । तर मोर्गनलाई फुकुवा गरेपछि नयाँ कप्तान आवश्यक परेको थियो ।

कोलकाता तेस्रो उपाधिको सोचमा हुनेछ । यो सिजनमा कोलकाताले अक्सनमा श्रेयस ऐरसँगै प्याट कमिन्स, टिम साउथी, एलेक्स हेल्स, साम बिलिंग्स, मोहम्मद नाबी, उमेश यादव लगायतका खेलाडी किनेका थिए । आन्द्रे रसेल, सुनिल नारायण, बरुण चक्रवर्ती र वेंकटेश ऐर जस्ता खेलाडी छन् । आइपिएल अप्रिल पहिलो सातादेखि सुरु हुने सम्भावना छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.