9 years ago
November 29, 2016
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालको खराब प्रदर्शन तेस्रो खेलमा पनि रोकिएन । पाकिस्तान ९ र श्रीलंकासँग ८ विकेटले पराजित नेपाल मंगलबारको खेलमा बंगलादेशसँग ९२ रनले गुमाएको छ । १ सय ३४ रन लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ४१ रनमा अलआउट भएको थियो ।

सीता मगरले १५ रन बनाउनु बाहेक नेपाली टोलीका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा जोड्न सकेनन् । नेरी थापा, रोशनी बोहरा, सरस्वती कुमारी र शबनम राईले खाता पनि खोल्न सकेनन् । ओपनर ज्योति पाण्डले १ र नेरी राजोपाध्यायले २ रन जोडे । कप्तान रुविना क्षेत्रीले ७, इन्दु बर्माले ९, करुणा भण्डारीले १ र संगिता राईले ४ रन बनाइन् ।
बंगलादेशका लागि फाहिमा खातुनले ४ र नाहिदा अख्तरले २ विकेट लिए । सुराया अजमिन, रुमान अहमद, जाहानारा आलम र पन्ना घोषले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ४ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । बंगलादेशका लागि ओपेनर सन्जिदाले ३५ र सुल्तनाले ३९ रन बनाइन् । रुमनाले ९ बलमा १७ रनको बनाएकी थिइन् । नेपालका लागि संिगता राईले २ तथा रुबिना क्षेत्रि र सिता मगरले समान १ विकेट लिएका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]