default_image

2 years ago

February 19, 2022

नेपालको जितका पाँच मुख्य टर्निङ प्वाइन्ट

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा शुक्रबार घरेलु टोली ओमानमाथि ३९ रनको जितका साथ उत्कृष्ट विजयी सुरुवात गरेको छ । यो जितसँगै समूह बी मा रहेको नेपालको शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट ग्राउन्ड-१ मा टस हारेर ब्याटिङ थालेको […]

36 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा शुक्रबार घरेलु टोली ओमानमाथि ३९ रनको जितका साथ उत्कृष्ट विजयी सुरुवात गरेको छ ।

यो जितसँगै समूह बी मा रहेको नेपालको शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट ग्राउन्ड-१ मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो । नेपालका आरिफ शेखले ३७ बलमा २ चौका सहित सर्वाधिक ३८ रन बनाए । कप्तान सन्दीप लामिछाने ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा अविजित रहे । ज्ञानेन्द्र मल्ल १५ र लोकेश बम १६ रनमा आउट भए । ओमानका खवर अलीले सर्वाधिक ३ विकेट लिए ।

कमजोर ब्याटिङको कारण नेपाल पहिलो खेलमा पराजित हुने अनुमान गरिएको थियो । तर १ सय १८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७८ रनमा अल आउट भयो । ओमानका विकेटकिपर नसिम शुखीले सर्वाधिक २४ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका कमलसिंह ऐरीले ३ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए । घरेलु टोली ओमानलाई सामान्य ब्याटिङ योगफलमा पनि रोक्न नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

क्रिकेटमा एउटा मोमेन्टले ठूलो प्रभाव र परिवर्तन ल्याउँछ । हरेक टोली त्यस्तै अवसरको पर्खाईमा हुन्छन् । नेपालले पनि ओमानविरुद्ध सहि समयमा सहि मोमेन्ट पाएको थियो । नेपालले ओमानलाई हराउँदा खेलका पाँच मुख्य टर्निङ प्वाइन्ट यस प्रकार रहे ।

५. पहिलो ओभरमै विकेट

नेपालले सामान्य योगफल बनाएपछि जित्ने अन्तिम आशा उत्कृष्ट बलिङ सुरुवातनै थियो । नेपालले सुरुवात पनि चाँहे अनुसारनै गर्न सफल भयो । पहिलो ओभरको तेस्रो बलमै ओपनर कश्याप प्रजापति कमलसिंह ऐरीको बलमा दीपेन्द्रसिंह ऐरीबाट शून्यमा क्याच आउट गराए । यो विकेट नेपालको जितको एक टनिङ प्वाइन्ट थियो ।

किनभने ओपनरले राम्रो साझेदारी गर्दा नेपालको जितको सम्भावना सकिन्थ्यो । पहिलो ओभरमै विकेट लिएपछि ओमानका अन्य ब्याटरलाई दबाब बढ्यो । नेपाली खेलाडीको मनोबल उच्च भयो । अन्य बलरलाई पनि हौसला थप्यो । दोस्रो ओभरमा जितेन्द्र मुखियाले अर्का ओपनर अयान खानलाई ३ रनमा क्याच आउट गराए । ओमानले पहिलो पावर प्लेमा २५–३ को अवस्थामा पुगेको थियो ।


४.पावर प्लेपछि तीन ओभरमा तीन विकेट

ओमान पावर प्ले अर्थात सुरुवाती ६ ओभरमा २५–३ को अवस्थामा थियो । तर क्रिजमा जिशान मकसुद र खवर अलि थिए । यी दुई ब्याटरले एउटा राम्रो साझेदारी गर्दा जित सहज निकाल्न सक्थ्यो । तर ओमानले सातौं, आठौं र नवौं ओभरमा मध्यक्रका तीन प्रमुख विकेट गुमायो । जुन ओमानको हारको टनिङ प्वाइन्ट थियो । ओपनर सस्तैमा आउट भएपनि लक्ष्य सामान्य हुँदा मध्यक्रमका ब्याटरले एउटा राम्रो साझेदारी गर्दा सहज जित देखिन्थ्यो ।

सन्दीपले सातौं ओभरको चौथो बलमा खवर अलीलाई ७ रनमा बोल्ड गरे । आठौं ओभरमा दीपेन्द्रले जिशानलाई २ रनमा क्याच आउट गराए । अर्को ओभरमाअभिनाश बोहराले शोएब खानलाई १ रनमा असिफबाट क्याच गराए । ओमानले मात्र १० रन जोड्न मध्यक्रमका प्रमुख तीन विकेट गुमाएको थियो । २५–३ बाट ओमान ३५–६ को अवस्थामा पुगेको थियो । १० ओभर सकिन नपाउँदै ६ विकेट लिएपछि नेपालको जितको आधार तय भएको थियो ।


३. नसिम खुशीको विकेट

क्रिकेटमा कुनै भर हुँदैन । आक्रामक विकेटकिपर नसिम खुशी ओमानको अन्तिम आशाको रुपमा थिए । १३ औं ओभरमा सन्दीपलाई खुशीले २ छक्का हानेपछि ओमानलाई जितको लागि बाँकी ४४ बलमा ५२ रन आवश्यक परेको थियो । नसिमको टिकेको खण्डमा उक्त रन कुनै कठिन थिएन । किनभने आक्राक ब्याटरले एकै ओभरमा खेललाई मोड्न सक्छन् ।

नसिमलाई विकेटकिपर आसिफ शेखले ब्यक्तिगत २ रनमा क्याच ड्रप गर्दै जीवनदान पनि दिएका थिए । जीवनदानले ठूलो मूल्य चुकाउनुपर्छ । तर सन्दीपले पाँचौं बलमा नसिमलाई बोल्ड गर्दै नेपालको जितको आधार पक्का गरे । किनभने त्यसपछि सबै बलरमात्र थिए ।


२. नेपालको अन्तिम २ ओभरमा २६ रन बनाउनु

नेपालले ब्याटिङमा निकै खराब प्रदर्शन गरेको थियो । तर आरिफ शेख र सन्दीप लामिछानेले अन्तिम दुई ओभरमा २६ रन जोड्दै १ सय १७ रन पुर्याएका थिए । अन्यथा नेपाललाई एक सय रन कटाउन पनि मुश्किल हुनसक्थ्यो । १८ ओभरमा नेपाल ९१÷७ मा थियो । आरिफले ३१ बल खेल्दा २८ रन बनाएका थिए । सन्दीप १ रनमा अविजित थिए ।

एकसय माथि र तलको योगफल पछ्याउनुमा मनोबलले धेरै फरक पार्छ । आरिफले १९ औं ओभरमा बिलाल खानलाई २ चौकासहित कुल ११ रन जोडे । अन्तिम ओभरमा सन्दीपले खवर अलीलाई एक चौका र १ छक्कासहित कुल १५ रन जोडेपछि नेपाल ११७/८ को अवस्थामा पुगेको थियो । नेपालले अन्तिम समयमा राम्रो मोमेन्ट पायो । जसलाई बलरहरुले राम्रो सदुपयोग गर्दै जित दिलाए ।


१. जतिन्दरको रन आउट

नेपालको जितको मुख्य टनिङ प्वाइन्ट जतिन्दरको रन आउट थियो । ओमान सुरुवाती ५ ओभरमा २२÷२ को अवस्थामा थियो । क्रिजमा जतिन्दर र खवर अली थिए । तर मुखियाको छैटौं ओभरको दोस्रो बलमा एक रन लिनेक्रममा मिडअफबाट दीपेन्द्रले सिधैं नन स्ट्राकको स्टम्प ताक्दै जतिन्दरलाई ९ रनमा पेभेलिएनको बाटो देखाए । जतिन्दर ओमानका प्रमुख ब्याटर हुन् ।

ओमानको जितमा उनको निर्भता बढी हुँदै आएको छ । उनी क्रिजमा रहँदा अर्को ब्याटरले विना दबाब खुलेर खेल्न सक्छन् । सामान्य लक्ष्यमा उनले अन्तिम सम्म खेल्दै जितको आधार तय गर्न सक्थें । जतिन्दर रन आउट भएपछि ओमानका खेलाडी क्रिजको दबाब थेग्न सकेनन् । त्यसपछि ओमानले मध्यक्रममा लगातार विकेट गुमाउँदै ३५–६ को अवस्थामा पुगेको थियो ।

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

Success

Thank you for your time.