default_image

4 years ago

February 19, 2022

शरदले टि२० विश्वकप छनोट गुमाउने

217 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुवभी ब्याटर शरद भेषावकरले ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए गुमाउने भएका छन् ।

चोटका कारण शरदले प्रतियोगितानै गुमाउने भएपछि नेपालले उनको स्थानमा कुशल मल्ललाई मौका दिएको छ । कुशल फिलिपिन्ससँगको खेलमा प्लेइङ ११ मा समेत छन् । मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फिलिपिन्ससँग नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै छ । नेपालले ओमानसँगको खेलबाट विवेक यादव र कमलसिंह ऐरीलाई विश्राम दिएको छ । गुलशन झा र कुशल मल्ललाई आजको प्लेइङ ११ मा खेलाएको छ ।

कुशल यसअघि नेपालको अन्तिम १४ सदस्य घोषणा टोलीमा थिएनन् । ओमानसँग शुक्रबार शरदको स्थानमा बेन्चमा थिए । शरदको एंकलको चोटको कारण प्रतियोगिता गुमाउने भएका हुन् । जारी प्रतियोगितामा चोटको कारण गुमाउने शरद दोस्रो खेलाडी हुन् । यसअघि करण केसीले ब्याक इन्जुरीको कारण गुमाउँदा गुलशन झाले उनको स्थान लिएका थिए । गुलशनले नेपालको ओडिआईबाट खेलि सकेका छन् । टि२० आईमा डेब्यू खेल हो ।

चार देश सम्मिलित टि२० आई सिरिजमा शरदको प्रदर्शन भने राम्रो थिएन । ३ खेलमा १५ रन बनाएका थिए । शरद ओमानसँग ४ बलमा ४ रनमा र युएईसँग ८ बलमा १० रनमा अविजित थिए । आयरल्यान्डसँग ३ बलमा १ रन बनाए । कुशल मल्लले ११ टि२० आई खेलमा १४९.०५ को स्ट्राइक रेटमा १ सय ५८ रन बनाएका छन् ।

गत वैशाखमा भएको त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३८ रन बनायो । नेपालले टि२० आईमा बनाएको सर्वाधिक ठूलो योगफल थियो । कुशलले २४ बलमा ५ छक्का र २ चौकासहित ५० रनको कीर्तिमानी अविजित इनिङ खेलेपछि सम्भव भएको थियो ।

दुई वर्षअघि अमेरिकासँग टियु मैदानमा ओडिआईमा डेब्यू खेलमा कुशलले अर्धशतक जोडेका थिए । कुशल ओडिआई र टि२० दुवैमा अर्धशतक बनाउने विश्वकै कान्छा खेलाडी हुन् । कुशल विष्फोटक ब्याटिङसँगै पार्टटाइमका राम्रा स्पिनर हुन् । उनी टोलीमा हुँदा बायाँ हाते खेलाडीको सन्तुलन पनि मिल्नेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.