default_image

2 years ago

February 19, 2022

गुलशनको नेपाली टोलीबाट टि२० आईमा डेब्यू

मस्कट (हाम्रो खेलकुद) – तीव्र गतिका बलर गुलशन झाले नेपाली क्रिकेट टोलीबाट आइसिसी टि२० विश्वकप छनोट ए मा फिलिपिन्सविरुद्ध टि२० आईमा डेब्यू गर्दै छन् । मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड २ मा फिलिपिन्ससँग नेपालले टस हारेर पहिला ब्याटिङ गर्दैछ । नेपालले ओमानसँगको खेलबाट विवेक यादव र कमलसिंह ऐरीलाई विश्राम दिएको छ । गुलशन झा […]

105 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – तीव्र गतिका बलर गुलशन झाले नेपाली क्रिकेट टोलीबाट आइसिसी टि२० विश्वकप छनोट ए मा फिलिपिन्सविरुद्ध टि२० आईमा डेब्यू गर्दै छन् ।

मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड २ मा फिलिपिन्ससँग नेपालले टस हारेर पहिला ब्याटिङ गर्दैछ । नेपालले ओमानसँगको खेलबाट विवेक यादव र कमलसिंह ऐरीलाई विश्राम दिएको छ । गुलशन झा र कुशल मल्ललाई आजको प्लेइङ ११ मा खेलाएको छ ।

गुलशनले टि२० आईमा पहिलो पटक खेलेका हुन् । गुलशन तीव्र गति, बाउन्सर र बायाँ हातले ब्याटिङ गर्ने गर्दछन् । गुलशनले नेपालबाट ३९ औं टि२० आई क्याप पाएका हुन् । तल्लोक्रममा उनले ब्याटिङको क्षमता राख्छन् । तीव्र गतिका बलर करण केसी ब्याक इन्जुरीको कारण विश्वकप छनोट गुमाउने भएपछि उनको स्थानमा नेपालले गुलशनलाई ओमान पठाएको थियो । कमलसिंह ऐरीलाई विश्राम दिँदै नेपालले गुलशनलाई डेब्यू दिएको हो ।

कुशल मल्लले विवेक यादवको स्थान लिएका हुन् । कुशल टोलीमा हुँदा नेपालको स्पिन आक्रामण थप मजबुत बन्नेछ । कुशल यसअघि नेपालको अन्तिम १४ सदस्य टोलीमा थिएनन् । तर शरद भेषावकर चोटका कारण बाहिरिएपछि उनको स्थान लिएका हुन् । गुलशन तीव्र गति र तल्लोक्रममा ब्याटिङको क्षमता राख्छन् । गुलशनले गत असोजमा आइसिसी टि२० विश्वकप लिग २ अन्तर्गत अमेरिकासँग डेब्यू गर्दै २८ रन बनाएका थिए ।

बलिङमा भने उनको प्रदर्शन खासै राम्रो हुन सकेको छैन । तीव्र गुलशनले नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता र यू१९ एसिया कप तथा राष्ट्रिय प्रतियोगितामा प्रदर्शन अपेक्षा अनुसार भने थिएन ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, जितेन्द्र मुखिया, कुशल मल्ल, गुलशन झा, अभिनाश बोहरा र सन्दीप लामिछाने (कप्तान) ।

गुलशनको क्रिकेट जीवनी : गुलशनको अविश्वसनिय राष्ट्रिय टोलीको यात्रा

गुलशन बने ओडिआई खेल्ने कान्छा एसोसिएट खेलाडी

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.