default_image

2 years ago

February 19, 2022

फिलिपिन्सविरुद्ध नेपालको मध्यम ब्याटिङ

मस्कट (हाम्रो खेलकुद) – नेपालले ओमानमा जारी आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा फिलिपिन्सविरुद्ध ब्याटिङमा मध्यम सुरुवात गरेको छ । मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस हारेर ब्याटिङ थालेको नेपालले ८ ओभरमा २ विकेट गुमाउँदै ६३ रन बनाएको छ । तुलनात्मक रुपमा कमजोर मानिएको फिलिपिन्सविरुद्ध नेपालले सुरुवाती ८ ओभरमा २ विकेट लिदै […]

60 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले ओमानमा जारी आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा फिलिपिन्सविरुद्ध ब्याटिङमा मध्यम सुरुवात गरेको छ ।

मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस हारेर ब्याटिङ थालेको नेपालले ८ ओभरमा २ विकेट गुमाउँदै ६३ रन बनाएको छ । तुलनात्मक रुपमा कमजोर मानिएको फिलिपिन्सविरुद्ध नेपालले सुरुवाती ८ ओभरमा २ विकेट लिदै सामान्य ब्याटिङ गरेको छ ।

क्रिजमा ओपनर कुशल भुर्तेल २८ बलमा ७ चौकासहित ४० रनमा अविजित छन् । दीपेन्द्रसिंह ऐरीले ७ रनमा साथ दिएका छन् । ओपनर आसिफ शेखले आफूले सामना गरेको पहिलो बलमै (गोल्डेन डक) भए ।

तीव्र गतिका बलर ड्यानियल स्मिथले दोस्रो ओभरको पहिलो बलमै आसिफलाई एलबीडब्लू आउट गर्दै पेभेलिएन फर्काए । त्यसअघि पहिलो ओभरमा अर्का ओपनर कुशल भुर्तेलले ६ बल खेल्दै २ चौकासहित ९ रन जोडेका थिए ।

कुशल मल्ल १० बलमा २ चौकासहित १२ रनमा आउट भए । पाँचौं ओभरको दोस्रो बलमा कुशल मल्ललाई मिग्गी पोडोस्कीले मुजाममी शहजादबाट क्याच गराएका थिए ।

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

Success

Thank you for your time.