default_image

2 years ago

February 19, 2022

युएई र आयरल्यान्ड विजयी, रोमान्चक सेमिफाइनल समिकरण

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए अन्तर्गत शनिबार समूह ए को खेलमा युएई र आयरल्यान्ड विजयी भएका छन् । कागजी रुपमा कमजोर मानिएका जमर्नी र बहराइनले युएई र आयरल्यान्डलाई कडा प्रतिस्पर्धा दिएपनि अविश्वसनिय जित भने निकाल्न सकेनन् । जमर्नीलाई २४ रनले हराउँदै युएई लगातार दोस्रो जित निकाल्दै टि२० विश्वकप छनोटको […]

130 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए अन्तर्गत शनिबार समूह ए को खेलमा युएई र आयरल्यान्ड विजयी भएका छन् । कागजी रुपमा कमजोर मानिएका जमर्नी र बहराइनले युएई र आयरल्यान्डलाई कडा प्रतिस्पर्धा दिएपनि अविश्वसनिय जित भने निकाल्न सकेनन् ।

जमर्नीलाई २४ रनले हराउँदै युएई लगातार दोस्रो जित निकाल्दै टि२० विश्वकप छनोटको सेमिफाइनल नजिक पुगेको हो । अर्को खेलमा आयरल्यान्डले बहराइनलाई २१ रनले हरायो । १ सय ९२ रनको विजयी लक्ष्य जमर्नीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । जमर्नीका ओपनर जस्टिन ब्रोडले ४२ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६२ रन बनाए । फैसल मुबाशिरले १२ बलमा ४ चौकासहित २३ रन बनाए ।

युएईका कासिफ दाउदले ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए । रोहन मुस्तफाले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । जुनैद सिद्दिकले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । बासिल हमिदले १–१ विकेट लिए ।

त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो । युएईका ओपनर चिराग सुरीले ५४ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ८१ रनको योगदान दिए ।

मोहम्मद वासिम ३० बलमा ४ चौका र ४ छक्कासहित ५० रनमा आउट भए । पहिलो विकेटका लागि सुरी र वासिमले ८.४ ओभरमा ८३ रनको साझेदारी गरेका थिए । युवा विकेटकिपर वृत्य अरविन्दले २९ बलमा १ चौका र २ छक्कासहित ४० रनमा आउट भए । जमर्नीका फयज खानले सर्वाधिक २ विकेट लिए ।

त्यस्तै अर्को खेलमा आयरल्यान्डले बहराइनलाई २१ रनले हरायो । १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको बहराइनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । बहाराइनका तल्लोक्रमका साथैया वीरपाथिरानले १४ बलमा ४ छक्कासहित ३३ रनमा अविजित रहे । ओपनर मोहम्मद युनिस ३९ बलमा ३ चौकासहित ३० रनमा आउट भए । कप्तान शरफराज अली १५, डेविड म्याथिस २८ र हैदर बुट १४ रनमा आउट भए । आयरल्यान्डका क्रेग योंगले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड २ मा टस जितेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । आयरल्यान्डका ग्यारेथ डेलानीले ३४ बलमा १ चौका र ३ छक्कासहित ५१ रनमा अविजित रहे । पउल स्टर्लिङ ३५ बलमा ३२ र कप्तान एन्डी बालबर्नीले २५ बलमा ३३ रन जोडे । मध्यक्रमका जर्ज डोकरेलले ११ बलमा १ चौका र २ छक्कासहित २४ रनको योगदान दिए । बहराइनका जुनैद अजिजले २ विकेट लिए ।

समूह ए मा युएई २ खेलमा २ मा नै जितका साथ शीर्ष स्थाानमा छ । युएईले सोमबार बहराइनसँग खेल्नेछ । उक्त खेलमा युएई विजयी हुँदा समूह विजेताको रुपमा समूह बी को उपविजेतासँग सेमिफाइनल खेल्नेछ ।

बहराइन र आयरल्यान्ड समान २ खेलमा १ मा जित र १ मा हार सहित २–२ अंकका साथ क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । आयरल्यान्डले अन्तिम खेलमा सोमबार जमर्नीसँग खेल्नेछ । आयरल्यान्ड उक्त खेलमा विजयी हुँदा उता युएईले बहराइनलाई हराएको खण्डमा सेमिफाइनलमा पुग्नेछ । बहराइनले युएईमाथि अप्रत्याशित जित निकालेको खण्डमा भने नेटरनरेटमा निर्भर रहनेछ । जमर्नी दुबै हारका साथ बाहिरिएको छ ।

समूह बी मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । नेपालले सोमबार क्यानडासँग खेल्ने छ । उक्त खेलमा नेपाल विजयी भएमा समूह विजेता रुपमा सेमिफाइनल खेल्नेछ । पराजित भएमा नेटरनरेटमा निर्भर रहनेछ । नेपाल पराजित हुँदा पनि सेमिफाइनल खेल्ने सम्भावना बलियो छ ।

समान २ खेलमा क्यानडा र ओमान १ खेलमा जित र १ हार सहित क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । ओमानले सोमबार फिलिपिन्ससँग खेल्नेछ । ओमानलाई फराकिलो जितको आवश्यक पर्नेछ । नेपालले क्यानडालाई हराएमा र अन्तिम खेलमा विजयी भएमा ओमान सेमिफाइनलमा स्वत सेमिफाइनलमा पुग्नेछ ।

तर नेपाल पराजित भएमा तीनै टोलीको ४-४ अंक हुनेछ । यो अवस्थामा नेटरनरेटमा माथि हुने टोली सेमिफाइनलमा पुग्नेछन् । नेपालको नेटरनरेट प्लस ४.३७५, क्यानडाको प्लस २.५१२ र ओमानको माइनस ०.५६३ छ । नेपाल पराजित हुँदा पनि नेटरनरेटको आधारमा सेमिफाइनल खेल्ने बलियो सम्भावना छ । नेपाल पराजित हुँदा क्यानडाको नेटरनरेट अझैं बढ्ने हुँदा ओमान बाहिरिने सम्भावना बढी रहन्छ ।

समूह ए को विजेताले समूह बी को उपविजेता तथा समूह ए को उपविजेताले समूह बी को विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.