default_image

2 years ago

February 20, 2022

विश्वकप छनोटको सेमिफाइनल पुग्न कसलाई के आवश्यक ?

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए को सेमिफाइनल समिकरण रोचक बनेको छ । शनिवार सम्म समूह ए र बी का सबै टोलीले दुई दुई खेल खेलेका छन् । आठ टोली सहभागी प्रतियोगितामा समूह ए मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । समूह बी मा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स […]

77 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए को सेमिफाइनल समिकरण रोचक बनेको छ । शनिवार सम्म समूह ए र बी का सबै टोलीले दुई दुई खेल खेलेका छन् ।

आठ टोली सहभागी प्रतियोगितामा समूह ए मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । समूह बी मा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स छन् । सोमबार सबै टोलीले अन्तिम खेल खेल्नेछन् । सोमबारको नतिजाले सेमिफाइनल पुग्ने चार टोलीको निर्धारण हुनेछ । फिलिपिन्स बाहेक अन्य ७ टोलीको सेमिफाइनलको अंक गणितीय सम्भवाना बाँकी नै छ । नेपाल र युएई हारमा पनि सेमिफाइनल पुग्न सक्ने बलिया टोली हुन् । नेपाल र युएईलाई कुनै दबाब छैन ।

बाँकी पाँच टोलीलाई फराकिलो जितसँगै अन्य टोलीको नतिजाले फरक पार्नेछ । कसैको सम्भावना बलियो छ भने कुनै टोलीको झिनो र अन्य टोलीमा निर्भर छन् । तर ८ मध्य ७ टोलीको सम्भावना छ । फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । टि२० विश्वकप छनोटको सेमिफाइनलमा पुग्न ७ टोलीको यस्तो छ समिकरण :

नेपाल :

नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो । नेपाल समूह बी मा २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । नेपालले अन्तिम खेलमा क्यानडालाई पराजित गर्दा अपराजित रहँदै सेमिफाइनलमा पुग्नेछ । पराजित भए पनि नेपाल सेमिफाइनलमा पुग्ने उच्च सम्भावना छ ।

नेपालको नेटरनरेट ४.३७५ छ । समूह विजेताको रुपमा सेमिफाइलमा पुग्न नेपालले क्यानडालाई हराउनुपर्छ । हारका बाबजुद पनि नेपाल सेमिफाइनल पुग्न सक्छ, त्यसका लागि ठूलो हार बेहोर्न हुँदैन । क्यानडाले ३७ रनभन्दा बढी अन्तरले जित दर्ता गरे क्यानडा अंक तालिकामा नेपालभन्दा माथि जानेछ । लक्ष्य पछ्याएको खण्डमा क्यानडाले नेपाललाई उछिन्न लक्ष्य अनुसार समिकरण समीकरण आउँछ । हाल क्यानडाको रनरेट २.५१२ छ ।

फराकिलो हार बेहोरको खण्डमा ओमानले फिलिपिन्समाथि सामान्य जित निकाल्नुपर्ने हुन्छ । फिलिपिन्सले ओमानलाई हराएमा नेपाल जति सुकै ठूलो हारले पनि सेमिफाइनलमा पुग्नेछ ।

ओमान

नेपालसँग पराजित भएपनि ओमानले क्यानडालाई ९ विकेटले हराउँदै सम्भावना कायमै राखेको थियो । नेपालले क्यानडालाई हराए ओमानले फिलिपिन्समाथि जित निकाले मात्र सेमिफाइनलमा पुग्नेछ । ओमानले जित्दा ४ अंक र क्यानडाले हार्दा उसको २ अंक हुनेछ । नेपाल ६ अंकका साथ शीर्ष र ओमान ४ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेल्न सक्छन् । ओमानको नेटरनरेट -०.५६३ छ ।

ओमानले अन्तिम खेलमा फिलिपिन्समाथि ठूलो जित निकाल्नुपर्छ । सामान्य जित निकालेको खण्डमा नेपालले क्यानडालाई हराउनुपर्छ । क्यानडाको नेटरनरेट २.५१२ छ । क्यानडाले नेपाललाई हराएमा नेटरनरेटमा भर पर्नेछ ।

क्यानडा विजयी भए उसको पनि नेट रनरेट बढ्नेछ । क्यानडा विजयी हुँदा ओमान विजयी भएपनि सम्भावना सकिन सक्छ । किनभने नेपाल र क्यानडाको नेटरनरेट उच्च छ ।

क्यानडा

समूह बी मा क्यानडा २ खेलमा १ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । क्यानडाले फिलिपिन्सलाई १ सय १८ रनको फराकिलो अन्तरले हराउँदा ओमानसँग ९ विकेटले हार्न पुग्यो । क्यानडाले अन्तिम खेलमा नेपाललाई हराउँदा र ओमानले सामान्य जित हात पार्दा सेमिफाइनलमा पुग्ने समिकरण छ ।

क्यानडाको नेटरनरेट २.५१२ छ । नेपालमाथि फराकिलो जित हात पार्दा क्यानडाको बढेर धेरै माथि जानेछ । नेपालमाथि सामान्य जित हात पार्दा उता ओमानले फराकिलो जित निकाल्नु हुँदैन । नेटरनरेट माइसमा हुँदा ओमान सामान्य अन्तरले विजयी हुँदा र क्यानडा झिनो अन्तरले पराजित हुँदा पनि सेमिफाइनलमा पुग्न सक्छ । क्यानडाले ३७ रनभन्दा बढी अन्तरले जित दर्ता गरे क्यानडा अंक तालिकामा नेपालभन्दा माथि जानेछ । लक्ष्य पछ्याएको खण्डमा क्यानडाले नेपाललाई उछिन्न लक्ष्य अनुसार समिकरण समीकरण आउँछ । हाल क्यानडाको रनरेट २.५१२ छ ।

क्यानडाले नेपाललाई हराउँदा र ओमान सामान्य अन्तरले विजयी हुँदा सेमिफाइनलमा पुग्नेछ । अथवा ओमान पराजित हुँदा र नेपालसँग सामान्य हार बेहोर्दा २ अंकमानै नेटरनरेटमा माथि रहँदै सेमिफाइनलमा पुग्न सक्छ ।

युएई

समूह ए मा युएई २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । युएईले आयरल्यान्डलाई १८ रन र जमर्नीलाई २४ रनले हराएको थियो । अन्तिम खेलमा युएईले बहराइनसँग खेल्नेछ । युएई विजयी भएमा ६ अंकका साथ अपराजित हुँदै समूह विजेताको रुपमा सेमिफाइनलमा पुग्नेछ । तर बहराइनसँग अप्रत्याशित हार बेहोरेको खण्डमा उता आयरल्यान्डलाई जमर्नीले हराउनु पर्ने हुन्छ ।

युएईको नेटरनरेट १.०५० छ । यो अवस्थामा सामान्य अन्तरले हार्दा पनि सेमिफाइनलमा पुग्नेछ । बहराइनको २ खेलमा २ अंकका साथ ०.२४१ नेटरनरेट छ । बहराइनसँग सामान्य अन्तरको हारले भने युएईको नेटरनरेट माथि हुनेछ । युएई विजयी भएमा वा सामान्य अन्तरले हारेको खण्डमा सेमिफाइनलमा पुग्नेछ ।

आयरल्यान्ड

टेस्ट टोली आयरल्यान्ड समूह ए मा तेस्रो स्थानमा छ । युएईसँग हारेको आयरल्यान्डले बहराइनलाई २१ रनले पराजित गरेको थियो । अन्तिम खेलमा आयरल्यान्डले जमर्नीलाई हराउनु पर्नेहुन्छ । युएईले बहराइनलाई हराउँदा आयरल्यान्ड सोझैं सेमिफाइनलमा पुग्नेछ ।

बहराइन सामान्य अन्तरले विजयी हुँदा पनि नेटरनरेटको कारण आयरल्यान्ड सेमिफाइनलमा पुग्न सक्छ । बहराइनले युएईलाई फराकिलो अन्तरले हराउँदा भने आयरल्यान्डले सामान्य जितले पनि नेटरनरेटमामाथि रहँदै सेमिफाइनलमा पुग्ने समिकरण छ ।

बहराइन :

बहराइनले जमर्नीलाई ६ विकेटले हराएको थियो । आयरल्यान्डसँग २१ रनले पराजित भएको थियो । बहराइनले अन्तिम खेलमा युएईमाथि फराकिलो जित हात पारेको खण्डमा सेमिफाइनलमा पुग्नेछ ।

बहराइन पराजित हुँदा उता जमर्नीले आयरल्यान्डलाई हराउँदा तीनै टोलीको २–२ हुनेछ । नेटरनरेटमा माथि रहने टोली सेमिफाइनलमा पुग्नेछन् । बहराइन सेमिफाइनलमा पुग्न युएईमाथि फराकिलो जितको आवश्यकता पर्छ ।

जमर्नी :

जमर्नी सेमिफाइनलमा पुग्न अविश्वसनिय नतिजा आउनुपर्छ । पहिला अन्तिम खेलमा जमर्नीले आयरल्यान्डमाथि विशाल जित निकाल्नुपर्छ । तर उता युएईले बहराइनलाई पनि त्यतिनै फराकिलो अन्तरले हराउनुपर्छ । बहराइन विजयी हुँदा भने जमर्नी स्वत: बाहिरिनेछ ।

सबै नतिजा आफू अनुकुल आएमा जमर्नी, आयरल्यान्ड र बहराइनको २–२ अंकहुनेछ । नेटरनरेटमा माथि रहँदै २ अंकमै सेमिफाइनलमा पुग्न सक्छ । जमर्नीको नेटरनरेट माइसन १.५३० छ । यो अवस्थामा आयरल्यान्डमाथि विशाल जित निकाल्दा र बहराइन पनि लज्जास्पद हार बेहोर्नुपर्छ ।

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.