default_image

2 years ago

February 21, 2022

नेपाल क्यानडासँग पराजित भएपनि सेमिफाइनलमा पुग्ने समिकरण

काठमाडौं (हाम्रो खेलकुद) – ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए मा नेपाल समूह चरणको अन्तिम खेलमा क्यानडासँग पराजित भएपनि सेमिफाइनलमा पुग्ने समिकरण छ । समूह बी को शीर्ष स्थानमा रहेको नेपाल र क्यानडाबीच सोमबार ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा दिउँसो ३ : ४५ मा सुरु हुनेछ । नेपाल विजयी भएमा शीर्षस्थानमा रहँदै समूह विजेताको […]

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए मा नेपाल समूह चरणको अन्तिम खेलमा क्यानडासँग पराजित भएपनि सेमिफाइनलमा पुग्ने समिकरण छ । समूह बी को शीर्ष स्थानमा रहेको नेपाल र क्यानडाबीच सोमबार ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा दिउँसो ३ : ४५ मा सुरु हुनेछ ।

नेपाल विजयी भएमा शीर्षस्थानमा रहँदै समूह विजेताको रुपमा सेमिफाइनल खेल्नेछ । नेपाल सेमिफाइनल खेल्न सामान्य अन्तरले पराजित हुँदा पनि पुग्नेछ । नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । नेपालको नेटरनरेट ४.३७५ छ । क्यानडा २ खेलमा १ मा जित र १ म हार सहित २ अंकका साथ दोस्रो स्थानमा छ । क्यानडाको रेटरनरेट २.५१२ छ । क्यानडाले अन्तिम खेलमा नेपाललाई पराजित गरेपनि नेटरनरेटमा ध्यान दिनुपर्ने हुन्छ ।

अन्यथा समान चार अंकका साथ नेपाल नेटरनरेटमा अघि रहँदै नेपाल सेमिफाइनल खेल्नेछ । नेपालको नेटरनरेटलाई पछि पार्न क्यानडाले लगभग ३७ रनभन्दा माथिको अन्तरले जित्नुपर्छ । लक्ष्य पछ्याउँदा कति ओभर अघि जित्ने योगफलमा निर्भर हुनेछ । यता घरेलु टोली ओमान भने नेपालको जित चाहन्छ ।

नेपालले क्यानडालाई हराउँदा ओमानले फिलिपिन्सलाई जितेमात्र सेमिफाइनलमा पुग्नेछ । तर नेपाल पराजित भएमा ओमानले फिलिपिन्सलाई फराकिलो अन्तरले हराउनुपर्छ । रनको अन्तर धेरै फराकिलो हुनुपर्छ । ओमानको नेटरनरेट माइसन ०.५६३ छ । ओमानले अहिलको अवस्थामा नेपाल र क्यानडालाई नेटरनरेटमा पछि पार्न १ सय ७० रनमाथिले हराउनुपर्छ । तर ओमान र फिलिपिन्सबीच खेल ३ः ४५ मै सुरु हुनेछ । त्यसैले ओमानले कति रनको अन्तरले भन्न मिल्दैन । नेपाल र क्यानडाबीचको नतिजाले फरक पार्नेछ ।

नेपालले पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदा दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरेको थियो । सेमिफाइनलमा फिलिपिन्स बाहेक अन्य सबै टोलीको सम्भावना बाँकी छ । सोमबार पहिलो खेलमा जमर्नी र आयरल्यान्ड तथा दोस्रो खेलमा बहराइन र युएईबीच प्रतिस्पर्धा हुनेछ । दुवै

खेल नेपाली समय अनुसार मध्याहन्न ११ः ४५ मा सुरुहुनेछ । युएई र आयरल्यान्ड जितका साथ सेमिफाइनल खेल्ने सोचमा हुनेछन् ।

७ टोलीको सेमिफाइनल समिकरण यस्तो छ : विश्वकप छनोटको सेमिफाइनल पुग्न कसलाई के आवश्यक ?

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.