default_image

2 years ago

February 21, 2022

नेपाललाई समूह विजेता बन्दै सेमिफाइनल खेल्ने अवसर

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप छनोट ए मा आफ्नो अन्तिम खेलमा आज क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा सुरु हुनेछ । क्यानडालाई हराउँदै नेपाल समूह बी को शीर्षस्थानमा रहँदै विजेता रुपमा सेमिफाइनल खेल्ने अवसर छ । नेपाल विजेता बनेमा समूह ए […]

165 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप छनोट ए मा आफ्नो अन्तिम खेलमा आज क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा सुरु हुनेछ । क्यानडालाई हराउँदै नेपाल समूह बी को शीर्षस्थानमा रहँदै विजेता रुपमा सेमिफाइनल खेल्ने अवसर छ ।

नेपाल विजेता बनेमा समूह ए को उपविजेता र उपविजेता बने समूह ए को विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउँछन् । यता क्यानडा पनि नेपाललाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गराउन चाहन्छ ।

नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष र क्यानडा समान खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको सन्दीप लामिछाने र क्यानडाको नवनित धालिवालले कप्तानी गर्नेछन् । नेपाल सामान्य अन्तरले पराजित हुँदा पनि सेमिफाइनलमा पुग्न सक्छ । नेपाल ३७ रन भन्दा कम अन्तरले पराजित भएमा क्यानडाभन्दा माथि नेटरनरेटको कारण सेमिफाइनलमा पुग्ने समिकरण छ । लक्ष्य पछ्याउँदा योगफलमा निर्भर हुनेछ । नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो ।

क्यानडाले फिलिपिन्सलाई १ सय १८ रनले हराउँदा ओमानसँग ९ विकेटले हारेको थियो । नेपाल आजको खेलमा सामान्य अन्तरले पराजित हुँदा समूह बिजेता बन्नसक्छ । नेपाललाई अहिलेको अवस्थामा नेटरनरेटमा पछि पार्न क्यानडाले ३७ रन र ओमानले १ सय ७० माथिको जित निकाल्नुपर्ने हुन्छ । तर ओमान र फिलिपिन्सको खेलपनि नेपालको समयमै हुँदा भन्न सकिदैन ।

फिलिपिन्सविरुद्ध ओपनर कुशल भुर्तेलले १ सय ४ रनको शतकीय इनिङ खेलेका थिए । दीपेन्द्रले ४७ बलमा ८३ रन बनाएका थिए । तेस्रो विकेटका लागि कुशल र दीपेन्द्रले नेपालबाट टि२० आई कै सर्वाधिक १ सय ७१ रनको साझेदारी गरेका थिए । नेपालका प्रमुख यी दुई ब्याटरबाट नेपाल क्यानडासँग पनि उत्कृष्ट प्रदर्शन चाहन्छ ।

दीपेन्द्र उच्च लयमा छन् । जसले गर्दा उनको मनोबल झनै उच्च भएकोछ । ओपनिङमा आसिफ शेख र कुशल भुर्तेल हुनेछन् । नेपाल ओपनरबाट उत्कृष्ट सुरुवात चाहन्छ । आसिफबाट नेपालले आजको खेलमा ठूलो अपेक्षा राखेको छ । विशेष गरि पावर प्लेमा नेपालले उच्च प्रदर्शन गर्न आवश्यक छ । डट बलमा कमि र बाउन्ड्रीको जोखिम लिन आवश्यक देखिन्छ ।

तेस्रो नम्बरमा ज्ञानेन्द्र मल्ल र चौथो नम्बरमा दीपेन्द्र हुनेछन् । यी दुई ब्याटरले तल्लोक्रमका ब्याटरलाई ठूलो योगफलको आधार तय गर्नु पर्छ । पाँचौं नम्बरमा आरिफ शेख हुनेछन् । नेपालले फिलिपिन्सविरुद्ध विवेक यादवको स्थानमा कुशल मल्ललाई मौका दिएको थियो । कुशल बायाँ हाते ब्याटर र पार्टटाइम स्पिनर हुँदा उनलाईनै निरन्तरता दिने देखिन्छ । दीपेन्द्र र सन्दीप लामिछानेको स्पिन आक्रामणलाई कुशल पार्टटाइमका विकल्प हुनेछन् ।

लोकेश बम नेपालको फिनिसरको रुपमा खेल्नेछन् । युवा विष्फोटक ब्याटर बमबाट नेपाल उत्कृष्ट अन्त्य चाहन्छ । सन्दीप र कमलसिंह ऐरीबाट पनि तल्लोक्रममा ब्याटिङको आशा राख्न सकिन्छ । नेपालले तीव्र गतिको बलरको रुपमा कमल, जितेन्द्र मुखिया र अभिनाश बोहरालाई पहिलो रोजाईमा मैदान उतार्नेछ । यी तीनै बलरले उच्च प्रदर्शन गर्दै आएका छन् । फिलिपिन्सविरुद्ध कमललाई विश्राम दिएर गुलशन झालाई मौका दिएको थियो । गुलशन आजको खेलमा बेन्चमा हुने निश्चित जस्तैछ ।

यता क्यानडाका ओपनर रयान खान पठान र म्याथ्यू स्पोर्स नेपाललाई घातक बन्न सक्छन् । यी दुबै ब्याटर क्यानडाका प्रमुख खेलाडी हुन् । अष्ट्रेलियन मुलका म्याथ्युले डेब्यू खेलमै फिलिपिन्सविरुद्ध १ सय ८ रनको कीर्तिमानी शतकीय इनिङ खेलेका थिए । अष्ट्रेलिया घरेलु क्रिकेटबाट निखारिएका उनी नेपाललाई घातक बन्न सक्छन् ।

कप्तान नवनित धालिवाल, रविन्द्रपाल सिंह, तारिक हम्जा मध्यक्रका ब्याटर हुन् । स्पिनरमा साद बिन जाफर नेपाललाई घातक बन्न सक्छन् । क्यानडाको तीव्र गतिको बलिङ युनिट भने धेरै कमजोर छ । नेपालले त्यसको भरपूर्ण फाइदा उठाउन सक्नुपर्छ ।

दुबै टोलीको बलियो र कमजोर पक्ष

नेपालको बलियो पक्ष ब्याटिङ र तीव्र गतिको बलिङ आक्रामण हो । स्पिन र मध्यक्रम ब्याटिङ नेपालको कमजोरीको रुपमा छ । क्यानडाको शीर्षक्रमको ब्याटिङ मजबुत छ । तर बलिङ आक्रामण भने कमजोर देखिन्छ ।

टि२० आई मा नेपाल र क्यानडाबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । नेपालले २०१८ मा डिभिजन टु मा क्यानडामाथि अप्रत्याशित १ विकेटको जित निकाल्दै ओडिआई मान्यता सहज बनाएको थियो । क्यानडा आजको खेलमा उक्त हारको बदला लिने सोचमा हुनेछ । नेपाल क्यानडालाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्न खोज्नेछ ।

आजको खेलमा समूह चरणको अन्तिम खेलहरु हुनेछन् । समूह ए मा जमर्नी र आयरल्यान्डबीच मध्याहन्न ११ : ४५ मा खेल हुनेछ । आयरल्यान्ड जमर्नीमाथि सानदार जितका साथ सेमिफाइनलमा स्थान पक्का गर्न चाहन्छ । अर्को खेलमा युएई र बहराइनबीच प्रतिस्पर्धा हुनेछ । बहराइन र युएई दुबै सानदार जितका साथ सेमिफाइनलमा स्थान पक्का गर्न चाहन्छन् ।

समूह बी को अर्को खेलमा ओमान र फिलिपिन्सबीच दिउँसो ३ : ४५ मा खेल हुनेछ । ओमान सेमिफाइनलमा पुग्न फिलिपिन्समाथि फराकिलो जित निकाल्नुपर्ने हुन्छ । नेपालले क्यानडालाई हराएको खण्डमा उसलाई झनै सहज हुने देखिन्छ ।


मौसम : आजको खेलमा वर्षाको सम्भावना छैन । तापक्रम २१ देखि २९ डिग्री सेल्सियस सम्म रहेको छ ।


लाइभ : नेपालमा लाइभ हिमालयन टिभी र अनलाइनमा ओएसआर युटुब बाट हेर्न सकिनेछ । विदेशमा आइसिसी टिभी र फ्यान कोडबाट हेर्न सकिनेछ ।

अंक तालिका

समूह ए मा युएई २ खेलमा २ मा नै जितका साथ शीर्ष स्थाानमा छ । युएईले बहराइनलाई हराउँदा समूह विजेताको रुपमा समूह बी को उपविजेतासँग सेमिफाइनल खेल्नेछ । तर बहराइनसँग पराजित भएमा भने आयरल्यान्डको नतिजा र नेटरनरेटमा निर्भर रहनेछ ।

बहराइन र आयरल्यान्ड समान २ खेलमा १ मा जित र १ मा हार सहित २–२ अंकका साथ क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । आयरल्यान्डले अन्तिम खेलमा सोमबार जमर्नीसँग खेल्नेछ । आयरल्यान्ड उक्त खेलमा विजयी हुँदा उता युएईले बहराइनलाई हराएको खण्डमा सेमिफाइनलमा पुग्नेछ । बहराइनले युएईमाथि अप्रत्याशित जित निकालेको खण्डमा भने नेटरनरेटमा निर्भर रहनेछ । जमर्नी दुबै हारका साथ पुछारमा छ ।

समूह बी मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । समान २ खेलमा क्यानडा र ओमान १ खेलमा जित र १ हार सहित क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल पराजित भएमा तीनै टोलीको ४(४ अंक हुनेछ । यो अवस्थामा नेटरनरेटमा माथि हुने टोली सेमिफाइनलमा पुग्नेछन् । नेपालको नेटरनरेट प्लस ४.३७५, क्यानडाको प्लस २.५१२ र ओमानको माइनस ०.५६३ छ । नेपाल पराजित हुँदा पनि नेटरनरेटको आधारमा सेमिफाइनल खेल्ने बलियो सम्भावना छ । नेपाल पराजित हुँदा क्यानडाको नेटरनरेट अझैं बढ्ने हुँदा ओमान बाहिरिने सम्भावना बढी रहन्छ ।

नेपालको टोली –

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, गुलशन झा, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल र लोकेश बम ।

क्यानडाको टोली –

नवनित धालिवाल (कप्तान), डिलोन हेलिगर, ऋषिभ जोशी, जतिन्द्र मथारु, श्रेयस मुवा, सलमान नजार, रयान पठान, कलिम सना, जुनैद सद्दिक, रविन्द्रपाल सिंह, म्याथ्यु स्पोर्स, हम्जा तारिक (विकेटकिपर), हर्ष ठाकर र साद जफर ।

फागुन १० ( २२ फेब्रुअरी ) – पहिलो सेमिफाइनल ( समूह ए को विजेता र समूह बी को उपविजेता, आइसिसी एकेडेमी १

फागुन १० ( २२ फेब्रुअरी ) – दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता), आइसिसी एकेडेमी २

फागुन १२ ( २४ फेब्रुअरी) – फाइनल (सेमिफाइनल ए र सेमिफाइनल बी बीचको विजेता), आइसिसी एकेडेमी १

यस्तो छ ७ टोलीको सेमिफाइनलमा पुग्ने समिकरण : विश्वकप छनोटको सेमिफाइनल पुग्न कसलाई के आवश्यक ?

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.