default_image

2 years ago

February 21, 2022

नेपाललाई घातक बन्न सक्ने क्यानडाका पाँच खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए आफ्नो समूह चरणको अन्तिम खेलमा आज क्यानडासँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा दिउँसो ३:४५ मा सुरु हुनेछ । नेपाल क्यानडालाई हराउँदै समूह विजेता रुपमा सेमिफाइनलमा पुग्न चाहन्छ । क्यानडा पनि नेपाललाई हराउँदै टि२० विश्वकप छनोटको सेमिफाइनलमा स्थान […]

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए आफ्नो समूह चरणको अन्तिम खेलमा आज क्यानडासँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा दिउँसो ३:४५ मा सुरु हुनेछ ।

नेपाल क्यानडालाई हराउँदै समूह विजेता रुपमा सेमिफाइनलमा पुग्न चाहन्छ । क्यानडा पनि नेपाललाई हराउँदै टि२० विश्वकप छनोटको सेमिफाइनलमा स्थान पक्का गर्ने सोचमा छ । नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । नेपालको नेटरनरेट ४.३७५ छ । क्यानडा २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ दोस्रो स्थानमा छ । क्यानडाको रेटरनरेट २.५१२ छ । क्यानडाले अन्तिम खेलमा नेपाललाई पराजित गरेपनि नेटरनरेटमा ध्यान दिनुपर्ने हुन्छ ।

क्यानडामा पाकिस्तानी, वेस्टइन्डिज र अष्ट्रेलियन मुलुकका खेलाडी हुँदा नतिजाको कुनै भर हुँदैन । क्यानडाले फिलिपिन्सलाई १ सय १८ रनले हराउँदा ओमानसँग ९ विकेटले पराजित भएको थियो । क्यानडा २०१८ मा डिभिजन २ मा नेपालसँग बेहोरेको अप्रत्याशित हारको बदला लिने सोचमा हुनेछ । क्यानडा नेपालसँगको त्यस हारपछि विश्व क्रिकेटमा माथि उठ्न सकेको छैन । क्यानडा पनि यो अवसरलाई भरपुर फाइदा उठान चाहन्छ । क्यानडामा केहि यस्ता खेलाडी छन् जसले एक्लै खेललाई मोड्न सक्छन् । नेपाललाई घातक बन्न सक्ने क्यानडाका पाँच खेलाडी बारे छोटकरीमा जानकारी ।

५.नवनित धालिवाल

क्यानडाका कप्तान नवनित धालिवाल शीर्षक्रमका ब्याटर हुन् । उनले क्यानडाको टोलीबाट शीर्षक्रममा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । धालिवालले तीव्र गतिको बलमा राम्रो खेल्ने गर्दछन् । स्पिन त्यतिनै राम्रो खेल्ने गर्दछन् । नेपाल तीव्र गतिका बलरमा बढी निर्भर छ । ठूला सटको क्षमता पनि त्यतिनै राख्छन् ।

२०१९ मा क्यानडाले आयरल्यान्डलाई हराउदा उनले महत्वपूर्ण अर्धशतकीय इनिङ खेलेका थिए । भारतको चण्डीगढमा जन्मिएर हुर्किएका उनी क्रिजमा टिक्दा नेपाल केहि दबाबमा पर्न सक्छ । ३३ वर्षिय धालिवालले २० टि२० आई खेलमा ६ सय ३९ रन बनाएका छन् । २०१९ मा मलेसियाविरुद्ध लिष्ट ए मा उनले ९४ बलमा ८ चौकार १३ छक्कासहित १ सय ४० रनको इनिङ खेलेका थिए । स्पिन र तीव्र गतिको बलिङ दुबैमा राम्रो ब्याटिङ गर्ने हुँदा उनी नेपालको लागि घातक बन्न सक्छन् ।

४. हम्जा तारिक

विकेटकिपर हम्जा तारिक क्यानडाको फिनिसर हुन् । उनले तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । पाकिस्तानी मुलका ३१ वर्षिय तारिकको ब्याटिङ शैली अष्ट्रेलिया पूर्व कप्तान रिकी पोन्टिङ र पाकिस्तानका मोहम्मद युसुफसँग मिल्ने गर्दछ । तल्लोक्रममा तारिकले क्यानडाको टोलीबाट लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले २३ टि२० आई खेलमा १६५.८० को स्ट्राइक रेटमा ३ सय २० रन बनाएका छन् ।

३. साद बिन जाफर

पाकिस्तानी मुलका स्पिन अराउन्डर साद बिन जाफर नेपाललाई घातक बन्न सक्ने खेलाडी हुन् । ३५ वर्षिय उनले १९ टि२० आई खेलमा २७ विकेट लिएका छन् । टि२० आइमा उनी ४ ओभरमा चारनै मेडन राख्ने बलर हुन् । जुन कीर्तिमान गत नोभेम्बरमा पानमाविरुद्ध बनाएका थिए । क्यानडाबाट उनले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् ।

नेपालको केहि कमजोर मानिएको मध्यक्रमको ब्याटिङको उनले फाइदा उठाउन सक्छन् । २०१९ मा क्यानडाले आयरल्यान्डलाई हराउँदा उनले महत्वपूर्ण दुई विकेट लिएका थिए । २०१८ मा उनले उक्त रोमान्चक खेलमा १० ओभरमा २६ रन खर्चेर दीपेन्द्र र शरदको विकेट लिएका थिए । क्यारेवियन प्रिमियर लिगमा सानदार प्रदर्शन गर्दै आएका जाफर नेपाललाई घातक बन्न सक्ने खेलाडी हुन् ।

२. म्याथ्यु स्पोर्स

युवा ओपनर म्याथ्यु स्पोर्सले जारी प्रतियोगितामा फिलिपिन्सविरुद्ध डेब्यू गर्दै १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए । उनी टि२० आई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् । अष्ट्रेलियाबाट क्रिकेट खेलेका उनले यू–१९ पनि उतैबाट खेलेका थिए । अष्ट्रेलिया दोस्रो डिभिजनको खेल उनले वेस्र्टन अष्ट्रेलियाबाट खेलेका थिए ।

जुन टोलीबाट अष्ट्रेलिया जोश इंग्लिस, एस्टन टर्नर, क्यामरन ग्रिन जस्ता खेलाडीले सँगै खेल्ने गर्दछन् । २०१९ मा पाकिस्तानको टोलीले अष्ट्रेलिया ११ सँग अभ्यास खेल्दा उनी टोलीमा थिए । विश्वस्तरिय खेलाडीसँग खेलेको उनीसँग राम्रो अनुभव छ । अष्ट्रेलिया क्रिकेट संस्कारबाट हुर्केको हुँदा नेपाली तीव्र गतिका बलरलाई उनले खुलेर खेल्दै राम्रो योगफल बनाउन सक्छन् । नेपालको घातक बन्न सक्ने क्यानडाको खेलाडी हुन् ।

१.रयान खान पठान

ओपनर रयान खान पठान क्यानडाका प्रमुख खेलाडी हुन् । उनको उच्च प्रदर्शन बिना क्यानडालाई जित निकाल्न कठिन पर्नसक्छ । पठानले पछिल्लो समय लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । वेस्टइन्डिज मुलका पठान आक्रामक ब्याटिङ र मध्यगतिका पार्टटाइम बलर हुन् ।
पठानले क्यानडाबाट मात्र ८ टि२० आई खेलमा ३ अर्धशतक र १ शतकसहित कुल ४ सय ११ रन बनाएका छन् । स्ट्राइकरेट १६५.७२ हुँदा ४४ चौका र १८ छक्का हानेका छन् ।

पठानले पावर प्लेमा आक्रामक ब्याटिङ गर्ने गर्दछन् । अर्कोतर्फ गत असोजमा एभरेष्ट प्रिमियर लिग (इपिएल) उनले विराटनगर किंग्सबाट खेलेको हुँदा नेपाली खेलाडी बारे उनलाई सबैभन्दा बढी जानकारी छ । पठान टिक्नु नेपाललाई घातक बन्नसक्छ ।

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.