default_image

2 years ago

February 21, 2022

टि२० विश्वकप छनोटमा युएईलाई बहराइनको बलियो लक्ष्य

एजेन्सी – मध्यक्रमका ब्याटर डेविड म्याथियास र हैदर बुटले उत्कृष्ट ब्याटिङ गरेपछि बहराइनले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा युएईलाई १ सय ७३ रनको बलियो लक्ष्य दिएको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड २ मा टस जितेर पहिला ब्याटिङ थालेको बहराइनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । बहराइनलाई […]

129 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर डेविड म्याथियास र हैदर बुटले उत्कृष्ट ब्याटिङ गरेपछि बहराइनले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा युएईलाई १ सय ७३ रनको बलियो लक्ष्य दिएको छ ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड २ मा टस जितेर पहिला ब्याटिङ थालेको बहराइनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । बहराइनलाई बलियो योगफलमा पुर्याउन मध्यक्रमका डेविड म्याथियास र हैदर बुटले उत्कृष्ट ब्याटिङ गरे । डेविड ३५ बलमा २ चौका र ३ छक्कासहित ४६ रनमा अविजित रहे ।

हैदर १७ बलमा ३ चौका र २ छक्कासहित ३५ रनमा रन आउट भए । पाँचौं विकेटका लागि हैदर र डेविडले ७६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । बहराइनका उमर इम्तियाजले ४० बलमा ३ चौका र २ छक्कासहित ४२ रनमा आउट भए ।

कप्तान शरफराज अली २२ बलमा ४ चौका र २ छक्कासहित ३२ रनमा आउट भए । ओपनर मोहम्मद युनिस शून्यमा आउट भएपनि त्यसपछिका ब्याटरले राम्रो प्रदर्शन गरेपछि बलियो लक्ष्य दिएको हो ।

समूह ए को अर्को खेलमा आयरल्यान्डलाई जमर्नीले १ सय ८ रनको सामान्य लक्ष्य दिएको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड १ मा टस हारेर ब्याटिङ थालेको जमर्नीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७ रन बनायो । जमर्नीका फैसल मुबाशिर ४० बलमा २ चौका र १ छक्का सहित सर्वाधिक ४५ रनमा अविजित रहे । आयरल्यान्डका जोश लिटिल र एन्डी म्याकबर्नीले २–२ विकेट लिए ।

युएई र आयरल्यान्ड दुबैलाई सेमिफाइनलमा पुग्न यो खेल जित्नु पर्ने हुन्छ । युएई बहराइनसँग पराजित भएको खण्डमा भने नेटरनरेटमा निर्भर रहनेछ । बहराइनले सानदार जित निकालेको खण्डमा नेटरनरेटमा युएईलाई पछि पार्दै सेमिफाइनलमा पुग्न सक्छ । युएई विजयी भएमा समूह ए को विजेता बन्नेछ ।

अंक तालिका

समूह ए मा युएई २ खेलमा २ मा नै जितका साथ शीर्ष स्थाानमा छ । युएईले बहराइनलाई हराउँदा समूह विजेताको रुपमा समूह बी को उपविजेतासँग सेमिफाइनल खेल्नेछ । तर बहराइनसँग पराजित भएमा भने आयरल्यान्डको नतिजा र नेटरनरेटमा निर्भर रहनेछ ।

बहराइन र आयरल्यान्ड समान २ खेलमा १ मा जित र १ मा हार सहित २–२ अंकका साथ क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । आयरल्यान्डले अन्तिम खेलमा सोमबार जमर्नीसँग खेल्नेछ । आयरल्यान्ड उक्त खेलमा विजयी हुँदा उता युएईले बहराइनलाई हराएको खण्डमा सेमिफाइनलमा पुग्नेछ । बहराइनले युएईमाथि अप्रत्याशित जित निकालेको खण्डमा भने नेटरनरेटमा निर्भर रहनेछ । जमर्नी दुबै हारका साथ पुछारमा छ ।

समूह बी मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । समान २ खेलमा क्यानडा र ओमान १ खेलमा जित र १ हार सहित क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल पराजित भएमा तीनै टोलीको ४-४ अंक हुनेछ । यो अवस्थामा नेटरनरेटमा माथि हुने टोली सेमिफाइनलमा पुग्नेछन् । नेपालको नेटरनरेट प्लस ४.३७५, क्यानडाको प्लस २.५१२ र ओमानको माइनस ०.५६३ छ । नेपाल पराजित हुँदा पनि नेटरनरेटको आधारमा सेमिफाइनल खेल्ने बलियो सम्भावना छ । नेपाल पराजित हुँदा क्यानडाको नेटरनरेट अझैं बढ्ने हुँदा ओमान बाहिरिने सम्भावना बढी रहन्छ ।

सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउँछन् ।  नेपालले आइसिसी टि२० विश्वकप छनोट ए मा आफ्नो अन्तिम खेलमा आज क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा सुरु हुनेछ ।

यस्तो छ ७ टोलीको सेमिफाइनलमा पुग्ने समिकरण : विश्वकप छनोटको सेमिफाइनल पुग्न कसलाई के आवश्यक ?

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.