default_image

2 years ago

February 24, 2022

नेपालको बलिङ सामू चलेन ओमानको ब्याटिङ

58 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – घरेलु टोली ओमानले आइसिसी टि२० विश्वकप छनोट ए मा तेस्रो स्थानको लागि भएको खेलमा नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको छ ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस जितेर पहिला ब्याटिङ थालेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनायो । ओमानका कप्तान जिशान मकसुदले २८ बलमा ३ चौकासहित सर्वाधिक २१ रन बनाए । कलिमुल्लाह १४ र नसिम खुसी १५ रनमा आउट भए । अन्य ब्याटरले सम्झन योग्य प्रदर्शन गर्न सकेनन् ।

दोस्रो ओभरको दोस्रो बलमा ओपनर कश्याप प्रजापतिसँग तालमेल नमिल्दा जतिन्दर सिंह दुई रनमा रन आउट भए । कमलसिंह ऐरीको तेस्रो ओभरको चौथो बलमा ठूलो सट खेलेका शोएब खान तीन रनमा सन्दीप लामिछानेबाट क्याच आउट भए । अभिनाश बोहराको पाँचौं ओभरको चौथो बलमा कश्याप प्रजापति सन्दीप लामिछानेबाट पाँच रनमा आउट भए ।

सन्दीपले मोहम्मद नदिमलाई १ रनमा ज्ञानेन्द्र मल्लबाट क्याच गराए । जिशान मकसुदलाई आरिफ शेखले दीपेन्द्रबाट २१ रनमा क्याच गराउँदै ओमानलाई ११.५ ओभरमा ४२–५ को कमजोर अवस्थामा पुर्याएका थिए । तल्लोक्रमका अयान खान १६, सन्दीप गौड १ र नेस्टर धम्बा ५ रनमा आउट भए । नसिम खुसी १५ बलमा १ छक्कासहित १५ रनमा आउट भए ।

नेपालका सन्दीप लामिछानेले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरी, अभिनाश बोहरा आरिफ शेख र सागर ढकालले १–१ विकेट लिए ।

May 6, 2024

मुलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ। युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मुलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो। डिजाइन अनुसार हालको […]

May 6, 2024

डिएभीले ग्यालेक्सीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– जयकुमारनाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा सोमबार डिएभी स्कुबलले ग्यालेक्सीलाई ५५ रनले हारएको छ । १ सय १८ रनको विजय लक्ष्य पछ्याएको ग्यालेक्सीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो । ग्यालेक्सका लागि दीपेश गुप्ताले सबैभन्दा बढी ३० रन बनाए । अभय मगरले ७ र अतिफ खानले […]

May 6, 2024

नेपाली टोली अमेरिका पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो । नेपालबाट प्रस्थान गर्ने विमानमा बिजनेस क्लास टिकट अभाव भएपछि दुई समूहमा टोली नेपालबाट प्रस्थान गरेको थियो । शनिबार राती प्रस्थान गरेको पहिलो समूह फ्लोरिडा […]

Success

Thank you for your time.