default_image

2 years ago

February 27, 2022

श्रीलंकामाथि भारतको क्लिनस्विप

129 views

0 Bookmark

एजेन्सी – युवा ब्याटर श्रेयस ऐरको उत्कृष्ट ब्याटिङको सहयोगमा भारतले श्रीलंकासँग तीन टि२० आई सिरिजमा क्लिनस्विप गरेको छ । भारतले तेस्रो तथा अन्तिम टि२० आई खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै क्लिनस्विप गरेको हो ।

१ सय ४७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारतले १६.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । श्रेयस ऐर ४५ बलमा ९ चौका र १ छक्का सहित ७३ रनमा अविजित रहे । ऐरको यो लगातार तेस्रो अर्धशतक हो । यसअघि दोस्रो खेलमा ७४ रन र पहिलो खेलमा ५४ रनको अविजित इनिङ खेलेका थिए । तीनै खेलमा ऐरले अविजित अर्धशतकीय इनिङ खेले ।

रविन्द्र जडेजा १५ बलमा ३ चौकासहित २१ रनमा अविजित रहे । ओपनर सन्जु स्यामसन १८, रोहित शर्मा ५, दीपक हुडा २१ र वेंकटेश ऐर ५ रनमा आउट भए । श्रीलंकाका लाहिरु कुमाराले सर्वाधिक दुई विकेट लिए । दुश्मन्था चामिरा र चामिका करुणारत्नेले १–१ विकेट लिए ।

त्यसअघि धर्मशालामा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । श्रीलंका कप्तान दसुन शनकाले ३८ बलमा ९ चौका र २ छक्कासहित ७४ रनको अविजित इनिङ खेले । चामिका करुणारत्नेले १९ बलमा १२ रन जोडे ।

छैटौं विकेटका लागि शनाका र करुणारत्नेले ४७ बलमा ८६ रनको उत्कृष्ट अविजित साझेदारी गरेका थिए । श्रीलंकाले निकै खराब सुरुवात गरेको थियो ।शनाकाको यो टि२० आई करिअरको उच्च प्रदर्शन हो । यसअघि शनाकाको टि२० आईमा उच्च प्रदर्शन ५४ रन थियो ।

श्रीलंकाले अन्तिम ५ ओभरमा ६८ रन जोडेको थियो । ओपनर पाथुम निसंका १, धनुष्का गुनाथिलका शून्य, चारिथ असंलका ४, जनिथ लियानागे ९ र दीनेश चान्डिमल २५ रनमा आउट भए । भारतका आवेश खानले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर २ विकेट लिए । मोहम्मद सिराज, हर्षल पटेल र रवि विश्रोईले १–१ विकेट लिए ।

तीन टि२० आई सिरिजको पहिलो खेलमा भारत ६२ रन र दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । भारत र श्रीलंकाबीच थप दुई टेस्टको सिरिज हुनेछ । पहिलो टेस्ट ४ मार्चदेखि मोहालीमा सुरुहुनेछ ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.