2 years ago
May 19, 2024
एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो ।
पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै अंक तालिकाको चौथो स्थानमा रहन सफल भयो ।
आरसीबीले २ सय १९ रनको लक्ष्य पस्किए पनि चेन्नाईका लागि नेट रनरेटका आधारमा अघि रहि प्लेअफमा पुग्न २ सय १ रन पर्याप्त रहेको थियो । आरसीबीलाई भने चेन्नाई भन्दा माथि रहि प्लेअफमा पुग्न१८ रनको जित आवश्यक थियो ।
चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो । चेन्नाईका लागि ओपनर रचिन्ल रवीन्द्रले ३७ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६१ रन बनाए । रवीन्द्र जडेजा २२ बलमा ४२ रन बनाएर अविजित रहेपनि टोलीलाई पार लगाउन भने सकेनन् । अजिङ्क्या राहानेले ३३ रन बनाए भने महेन्द्र सिंह धोनीले २५ रन बनाएका थिए ।
आरसीबीको जितमा यश दयालले २ विकेट लिँदा ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लाेकी फर्गुसन र क्यामरन ग्रीनले १-१ विकेट लिए ।
त्यसअघि आरसीबीले टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन जोड्यो । आरसीबीका लागि कप्तान फ्याफ डु प्लेसिसले ३९ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ५४ रन जोडे ।
विराट कोहलीले २९ बलमा ३ चौका र ४ छक्का सहित ४७ रन बनाए । रजत पतिडरले २३ बलमा ४१ रन बनाए । क्यामरन ग्रीन १७ बलमा ३८ रन बनाएर नटआउट । ग्लेन म्याक्सवेलले १६ तथा दिनेश कार्तिकले १४ रन बनाए ।
चेन्नाईका लागि शार्दुल ठाकुरले २ तथा तुशार देशपाण्डे र मिचेल स्यान्टनरले १-१ विकेट लिए ।
राउण्ड रोबिन चरणमा कोलकत्ता १ खेल बाँकी रहँदै १९ अंक सहित शीर्ष हुने पक्का भइसकेको छ । दोस्रो स्थानका लागि १६ अंक रहेको राजस्थान रोयल्स र १५ अंक रहेको सनराईजर्स हैदराबाद प्रयासरत छन् ।हैदराबादले पञ्जाबको र राजस्थानले कोलकत्ताको सामना गर्नेछ ।
आइपिएलमा पहिलो क्वालिफायर १ मा फाइनल प्रवेशका लागि कोलकत्ता नाईट राइडर्स र दोस्रो स्थानमा रहने टोली भिड्ने छन् ।
मंगलबार एलिमिनेटरमा आरसीबी र तेस्रो स्थानमा रहने टोली भिड्ने छन् । सो खेलको विजेताले क्वालिफायर १ मा हार बेहोर्ने टोली विरुद्ध फाइनल प्रवेशका लागि खेल्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]