default_image

2 years ago

February 28, 2022

पन्जाबको कप्तानी मयंक अग्रवालले गर्ने

36 views

0 Bookmark

एजेन्सी – युवा ओपनर मयंक अग्रवालले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पन्जाब किंग्सको कप्तानी गर्ने भएका छन् । पन्जाबले सामाजिक सञ्जाल मार्फत अग्रवाललाई कप्तानमा नियुक्त गरेको जनाएको छ ।

पन्जाबले यस सिजनमा मयंक अग्रवाललाई १२ करोड भारुमा रिटेन गरेको थियो । नियमित कप्तान लोकेश राहुललाई फुकुवा गर्दा अग्रवाल र अर्शदीप सिंहलाई रिटेन गरेको थियो । अग्रवालले गत वर्ष राहुल एपेन्डिक्सको कारण उपलब्ध नहुँदा अग्रवालले नै कप्तानी गरेका थिए । अग्रवासँगै पन्जाबको कप्तानको दाबेदारमा भारतीय ओपनर शिखर धवन पनि थिए । धवनलाई अक्सनमा पन्जाबले ८ करोड २५ लाखमा अनुबन्ध गरेको थियो ।

२०११ मा आइपिएलमा डेब्यू गरेका अग्रवालले हालसम्म १ सय खेलमा १ शतक र ११ अर्धशतक सहित २ हजार १ सय ३५ रन बनाएका छन् । २०१८ देखि पन्जाबाट खेल्दै आएका अग्रवालले उच्च प्रदर्शन गर्दै आएका छन् । २०२१ मा राहुल हस्पिटल गएपछि दिल्ली विरुद्ध कप्तानी गर्दै ५८ बलमा ९९ रनको इनिङ खेलेका थिए । आइपिएलमा राहुल र अग्रवालले उत्कृष्ट साझेदारी गर्दै आएका थिए । यी दुई ब्याटर चलेपनि अन्य नचल्दा लगातार लिगबाट बाहिरिदै आएको थियो ।

यस पटक अक्सनमा पन्जाबले इंग्ल्यान्डका लियाम लिभिङस्टोन, जोनी बेयरस्टो, कागिसो रबाडा, ओडेन स्मिथ जस्ता विदेशी खेलाडी अक्सनमा किनेको थियो । शिखर धवन, राहुल चहर र शाहरुख खान लगायतका भारतीय खेलाडी छन् ।

पन्जाब आइपिएलको समूह बी मा छ । पन्जाब, चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद, रोयल च्यालेन्जर्स बेंगलोर र गुजरात टाइटन्स समूह बी मा छन् । समूह ए मा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट छन् । आइपिएल आगमी मार्च २६ देखि २९ मे सम्म मुम्बई र पुणेमा हुनेछ ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.