default_image

2 years ago

March 2, 2022

सार्थक चम्कदा पाँचपोखरीको लगातार दोस्रो जित

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा खेलाडी सार्थक धिताल चम्कदा पाँचपोखरी टि२० जिल्लास्तरिय क्रिकेट प्रतियोगितामा पाँचपोखरी क्रिकेट क्लबले लगातार दोस्रो जित हात पारेको छ । पाँचपोखरीले सानु सिरुवारीलाई ७ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको हो ।


७३ रनको विजयी लक्ष्य पाँचपोखरीले १३.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाँचपोखरीको लागि सार्थक धितालले ३८ बलमा ३ चौका र १ छक्कासहित ३१ रनको अविजित इनिङ खेले । राजन धिताल १, विक्की श्रेष्ठ ४, राजु धिताल ५ रनमा आउट हुँदा महेश देउजा २२ बलमा २ चौका र २ छक्कासहित २४ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको सिरुवारी १५.३ ओभरमा ७२ रनमा अल आउट भएको थियो । उसका लागि रञ्जित लामाले ४८ बलमा ४ चौकासहित सर्वाधिक ४३ रन बनाए । पाँच पोखरीका लागि विजय धितालले ४ ओभरम १ मेडनसहित १० रन खर्चेर ४ विकेट लिए । राजु धितालले २ विकेट लिए । सार्थक प्लेयर अफ द म्याच चुनिए । सार्थक लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच चुनिएका हुन् ।


अर्को खेलमा मेलम्चीले इन्द्रावती गाउँपालिकालाई ३९ रनले पराजित गर्यो । मुलपानीमा टस जितेर ब्याटिङ रोजेको मेलम्चीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३० रन बनायो । मेलम्चीका लागि राजु दुलालले ४० बलमा ३ चौकासहित सर्वाधिक ४० रन बनाए । बालकृष्ण दुलाल २२ र सन्जु चौलागाईंले २१ रन बनाए । इन्द्रावतीका राजेश,कपिल, विवेक र अरुणले २-२ विकेट लिए ।

१ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको इन्द्रावती १८.१ ओभरमा ९१ रनमा अल आउट भयो । उसका लागि ओपनर अरुण चौलागाईंले २१ र प्रमोद सापकोटाले ११ रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । मेलम्चीका अनिश दुलाल र सन्जिभ चौलागाईंले ३-३ विकेट लिए । राजु दुलालको नाममा २ विकेट रह्यो ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.