default_image

2 years ago

March 2, 2022

दीपकको शतक

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर दीपक बोहराले कैलालीमा जारी बालबाटिका क्रिकेट लिग प्रतियोगितामा शतक प्रहार गरेका छन् । दीपकले बाल बाटिकाबाट सानी सन्त निरांकारीविरुद्ध शतक प्रहार गरेका हुन् ।

टस जितेर ब्याटिङ थालेको बालबाटिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । ओपनर दीपक बोहराले ६३ बलमा १२ चौका र ८ छक्कासहित १ सय २० रनको उत्कृष्ट शतकीय इनिङ खेले । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । हेमन्त जोशी १५, दीपेश सिंह र कृष्ण धामी ९-९ रनमा आउट भए ।

अभी बासिलले ३ विकेट लिए । १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको सान्त २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । उसका लागि जय साउद १३, शेखर बिके १६ र सागर कुमार रावलले २० रन बनाए । दीपक बोहराले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । लक्षण बिक २, कमल कुँवर र बशिर अहमदले १-१ विकेट लिए ।

दीपकको बारे थप जानकारी : दीपकले एपिएफबाट प्रधानमन्त्री कप खेल्ने

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.