default_image

2 years ago

March 3, 2022

पाँचपोखरी अपराजित रहँदै सेमिफाइनलमा

89 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – अनुभवी खेलाडी विजय धिताल, युवा तीव्र गतिका बलर अर्यान धिताल र युवा अलराउन्डर सार्थक धितालको उच्च प्रदर्शनमा को उत्कृष्ट बलिङको सहयोगमा पाँचपोखरी क्रिकेट क्लब पाँचपोखरी टि२० जिल्ला स्तरिय प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । योसँगै सेमिफाइनल समिकरण पनि पूरा भएको छ ।


अन्तिम खेलमा पाँचपोखरीले मेलम्ची नगरपालिकालाई एक रनले हराउँदै समूह ए बाट अपराजित रहँदै सेमिफाइनलमा स्थान पक्का गर्यो । १ सय २० रनको विजयी लक्ष्य पछ्याएको मेलम्ची १९.५ ओभरमा १ सय १८ रनमा अल आउट भयो । रोमान्चक खेलमा मेलम्चीलाई जित्न अन्तिम ओभरमा पाँच रन चाहिँएको थियो ।

तर स्पिनर विजय धितालले पाँचौं बलमा आशिष तामाङलाई एक रनमा बोल्ड गर्दै जित पक्का गराए । मेलम्चीलाई अन्तिम १२ बलमा १२ रन जितको लागि चाहिँएको थियो । हातमा चार विकेट थियो । १९ औं ओभरमा अर्यान धितालले तीन विकेटका साथ एक चौकासहित ७ रन खर्चेपछि खेल रोचक बनेको थियो ।

मेलम्चीका राम कृष्ण दुलालले २२ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २९ रन बनाए । १९ औं ओभरमा विजय धितालले उनको उत्कृष्ट क्याच लिँदै पाँचपोखरीको जित सहज बनाएका थिए । मेलम्चीका अन्य बालकृष्ण दुलाल १९, अनिश दुलाल १४ र हरिकृष्ण दुलाल १७ रनमा आउट भए ।

पाँच पोखरीका अर्यान धितालले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । अर्याननै खेलको प्लेयर अफ द म्याच चुनिए । विजयले ३.५ ओभरम २२ रन खर्चेर २ विकेट लिए । अजय धितालले २ ओभरमा ९ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको पाँचपोखरीले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १९ रन बनायो । पाँचपोखरीका ओपनर सार्थक धितालले आफ्नो लयलाई निरन्तरता दिँदै ४० बलमा ३ चौकासहित सर्वाधिक ३४ रन बनाए । विक्की श्रेष्ठ २८ बलमा ४ चौकासहित २७ रनमा आउट भए । विजयले १७ बलमा १ चौकासहित २४ रन जोडे । राजु धिताल ११ बलमा १२ रनमा आउट भए । मेलम्चीका राजु दुलाल र आशिष तामाङले २-२ विकेट लिए ।

समूह ए बाट पाँचपोखरी विजेता र सानु सिरुवारी समूह उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका छन् । समूह बी बाट पाँचपोखरी भोताङ क्रिकेट टिम विजेता र चौतारा साँचाचोकगढी नगरपालिका समूह उपविजेता रुपमा सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनल शुक्रबार र फाइनल शनिबार हुनेछन् ।

पहिलो सेमिफाइनलमा पाँचपोखरी र चौतारा साँगाचोकगढी तथा दोस्रो सेमिफाइनलमा सिरुवारी र भोताङ भिड्नेछन् । विजेताले ७५ हजार र उपविजेताले ४० हजार प्राप्त गर्नेछन् ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.