default_image

9 years ago

December 1, 2016

नेपालको अर्को खराब प्रदर्शन, ६३ रनमा अलआउट

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीमा लगातार खराब प्रदर्शन चौथो खेलमा पनि रोकिएन । नेपालले थाइल्यान्डलाई ६४ रनको लक्ष्य दिएको छ । बुधबार टस जितेर आयोजक थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ रोजेको नेपाल १९.५ ओभरमा ६३ रनमा अलआउट भएको छ ।

Nepal Womens Cricket

ओपनर ज्योति पाण्डे र सीता मगरले पहिलो विकेटका लागि ३० रनको साझेदार गरेपनि त्यसपछि लामो साझारी हुन सकेन ।
ज्योतिले १६ र सीताले ९ रन बनाइन् । अघिल्ला खेलहरुमा जस्तै नेपाली खेलाडीले सम्हालिएर ब्याटिङ गर्न सकेनन् । कप्तान रुविन क्षेत्रीले ८, नेरी थापाले ७, इन्दु बर्माले १, रश्मि शर्माले १, काजल श्रेष्ठले २, सरिता मगरले ४ र करुण भण्डारीले २ रन बनाएका थिए । थाइल्यान्डका लागि सोरनारी तिप्चे र सुलिपोर्न लोमीले समान २ विकेट लिए । नेपाल प्रतियोगिता अघिको अभ्यास खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।
टि ट्वान्टीमा अघिल्ला तिन खेलमा पाकिस्तान, श्रीलंका र बंगलादेशसँग पराजित भएको नेपालले शुक्रबार भारतको सामना गर्नेछ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.