default_image

2 years ago

March 4, 2022

पन्तको उत्कृष्ट ब्याटिङमा भारतको बलियो योगफल

61 views

0 Bookmark

एजेन्सी – विकेटकिपर ऋषभ पन्तको उत्कृष्ट आक्रामक ब्याटिङको सहयोगमा भारतले श्रीलंकासँग पहिलो टेस्ट खेलमा बलियो योगफल बनाएको छ । मोहालीमा टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो दिनको समाप्तिमा ८५ ओभरमा ३५७–६ को बलियो अवस्थामा छ ।

भारतका लागि सर्वाधिक रन बनाएका ऋषभ पन्त ९७ बलमा ९ चौका र ४ छक्कासहित आक्रामक ९६ रन जोड्दै बोल्ड आउट भए । रविन्द्र जडेजा ८२ बलमा ५ चौकासहित ४५ रनमा अविजित छन् । रविचन्द्रन आश्विन ११ बलमा २ चौकासहित १० रनमा अविजित छन् ।
ओपनर मयंक अग्रवाल ३३ र कप्तान रोहित शर्मा २९ रनमा आउट भएका थिए ।

आफ्नो टेस्ट करिअरको एक सय खेल खेलेका विराट कोहली ७६ बलमा ५ चौकासहित ४५ रनमा बोल्ड आउट भए । विराटलाई स्पिनर लासिथ एम्बुल्डेनियाले बोल्ड गर्दै पेभेलेन फर्काए । तेस्रो विकेटका लागि कोहलीले हनुमा विहारीसँग १ सय ५५ बलमा ९० रनको साझेदरी गरे । विहारी विश्व फर्नान्डोको बलमा ५८ रनमा बोल्ड भए । उनले १ सय २८ बलमा ५ चौका प्रहार गरे ।

पन्त आफ्नो टेस्ट करिअरको पाँचौं शतक प्रहार गर्न मात्र चार रनले चुके । उनलाई तीव्र गतिका बलर सुरंगा लकमलले दिनको अन्तिम समय तिर ८१ औं ओभरको पाँचौं बलमा बोल्ड गर्दै पेभेलिएन फर्काए । ४८ बल खेलेका श्रेयस ऐर ३ चौकासहित २७ रनमा धनन्जय डि सिल्भाको बलमा एलबीडब्लू धरापमा परे ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.