default_image

2 years ago

March 4, 2022

रहेनन् अष्ट्रेलियन स्पिनर शेन वार्न

121 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलिया महान् स्पिनर शेन वार्नको ५२ वर्षको उमेरमा असामयिक निधन भएको छ । फक्स क्रिकेटका अनुसार वार्नको हृद्धयघातको कारण मृत्यु भएको आशंका गरिएको छ ।

विश्वकै सर्वाधिक सफल लेगस्पिनर मानिने वार्नले अष्ट्रेलियाबाट १ सय ४५ टेस्ट र १ सय ९४ ओडिआई खेल खेलेका थिए । उनले टेस्टमा ७ सय ८ विकेट र ओडिआईमा २ सय ९३ विकेट लिएका थिए । टेस्टमा वार्न श्रीलंका स्पिनर मथैया मुरलीधरनको ८ सय विकेटपछि सर्वाधिक विकेट लिने बलर समेत हुन् । वार्न १९९२ देखि २००५ सम्म विश्व क्रिकेटका उत्कृष्ट स्पिनर थिए ।

फक्स क्रिकेटका अनुसार उनी अचेत अवस्थामा फेला परेका थिए । स्वास्थ्यकर्मीहरुले बचाउन अथक प्रयास गरेपनि नसकेको जनाएको छ । सन् १९९९ मा अष्ट्रेलियालाई विश्वकप जिताउन उनले उत्कृष्ट प्रदर्शन गर्दै २० विकेट लिएका थिए । फाइनलमा पाकिस्तानलाई ८ विकेटले हराउँदै उपाधि जित्दा उनले ४ विकेटका साथ प्लेयर अफ द म्याच चुनिएका थिए ।

उनको स्पिनमा जादुमय प्रदर्शन थियो । १९९३ देखि २००३ सम्म अष्ट्रेलियाको सर्वाधिक प्रतिष्ठि एसेज सिरिज पाँच पटक जित्दाका सदस्य थिए ।वार्नले सन् १९९२ मा भारतविरुद्ध टेस्ट क्रिकेटमा सिड्नीमा डेब्यू गरेका थिए । २००७ मा सिड्नीमै इंग्ल्यान्डविरुद्ध अन्तिम टेस्ट खेल खेलेका थिए । ओडिआईमा उनले सन् १९९३ मा न्युजिल्यान्डविरुद्ध डेब्यू गरेका थिए ।

उनले अन्तिम खेल मेलबर्नमा एसिया ११ विरुद्ध २००५ म खेलेका थिए । वार्न लेगस्पिनमा विश्वका सर्वाधिक सफल बलर हुन् । स्पिनमा टर्न बलको कुरा गर्दा उनको याद पहिला आउने गर्दछ । विश्व क्रिकेटकै एक सर्वाधिक सफल स्पिनर वार्नको असामयिक निधन भएको छ ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.