default_image

2 years ago

March 4, 2022

सार्थकको ह्याट्रिक सहित ६ विकेटमा पाँचपोखरी फाइनलमा

93 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिन अलराउन्डर सार्थक धितालको ह्याट्रियक सहित ६ विकेटको सहयोगमा पाँचपोखरी क्रिकेट क्लब मुलपानी मैदानमा जारी पाँचपोखरी टि२० जिल्ला स्तरिय प्रतियोगिता फाइनलमा पुगेको छ । पाँचपोखरीले पहिलो सेमिफाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई ३ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

टस हारेर ब्याटिङ थालेको चौतारा १५.४ ओभरमा ८३ रनमा अल आउट भयो । चौतराका ओपनर नवराज थापाले सर्वाधिक २१ रन बनाए ।
पाँचपोखरीका अफ स्पिनर सार्थक धितालले ३ ओभरमा २० रन खर्चेर ६ विकेट लिए । उनले नवौं ओभरको पाँचौं, छैटौं र ११ औं ओभरको पहिलो बलमा विकेट लिँदै सार्थकले ह्याट्रिक पूरा गरेका थिए ।

सार्थक उच्च लयमा छन् । समूह ए मा पाँचपोखरीलाई अपराजित रहँदै सेमिफाइनल पुर्याउन ब्याटिङ र बलिङ दुबैमा उच्च प्रदर्शन गरेका छन् । सुरुवाती दुई खेलमा प्लेयर अफ द म्याच चुनिएका थिए । युवा तीव्र गतिका बलर निशान्त धितालले २, अनुभवी स्पिनर अजय र विजय धितालले १–१ विकेट लिए ।


८४ रनको विजयी लक्ष्य पछ्याएको पाँचपोखरीले १५.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । पाँचपोखरीका महेश देउजाले ४२ बलमा ५ चौकासहित ४३ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । चौताराका नवराज थापा, निकेश श्रेष्ठ, विनोद गौतमले २-२ विकेट लिए ।
अर्को सेमिफाइनलमा पाँचपोखरी भोताङ क्रिकेट टिमले सानु सिरुवारीलाई ७० रनले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

टस जितेर ब्याटिङ थालेको भोताङले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३३ रन बनायो । उसका ओपनर पासाङ दोर्जे तामाङले ५५ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६७ रन बनाए । करण तामाङ १० र अभिनाश तामाङले १६ रन बनाए । सानु सिरुवारीका मनोज खड्का र रिञ्जिन लामाले २-२ विकेट लिए ।

सुशान चापागाईं, सुदीप दुलाल र सिर्जन दुलालले १-१ विकेट लिए । १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको सानु सिरुवारी १३.३ ओभरमा ६३ रनमा अल आउट भयो । उसका लागि मनोज बिक्रम १४ र रिञ्जिन लामाले १८ रन बनाए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । भोताङका पासाङ तामाङले ३, अभिनाश र करणले २-२ विकेट लिए । विक्की तामाङको नाममा १ विकेट रह्यो । फाइनल शनिबार हुनेछ । विजेताले ७५ हजार र उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.