default_image

2 years ago

March 7, 2022

श्रीलंकाको स्थानिय टोलीसँग चलेन नेपालको ब्याटिङ

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो अभ्यास खेलमा श्रीलंकाको स्थानीय टोली श्रीलंका नेभी क्रिकेट टिमलाई २ सय १५ रनको मध्यम लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ३७.१ ओभरमा २ सय १४ रनमा अल आउट भयो । नेपालका लागि मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रन बनाए ।

युवा ओपनर आसिफ शेख ३६, कुशल भुर्तेल १३, ज्ञानेन्द्र मल्ल २ र रोहित कुमार पौडेल १३ रनमा आउट भए । तल्लोक्रमका विकेटकिपर विनोद भण्डारी २२, तीव्र गतिका बलर कमलसिंह ऐरी १५, करण केसी १६ र सन्दीप लामिछाने ११ रनमा आउट भए ।

विक्रम सोब ११ रनमा अविजित रहँदा स्पिनर सागर ढकाल १३ रनमा आउट भए । श्रीलंकाका स्पिनर अरविन्द अकुरुगोडाले ९.१ ओभरमा १ मेडनसहित ५९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । ए अवदतले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेरर ३ विकेट लिए ।

नेपालले अर्को सातापछि युनाइटेड अरव इमिरेट्स (युएई ) मा हुने आइसिसी विश्वकप लिग -२ को तयारीको लागि चार अभ्यास खेल खेल्न श्रीलंका गएको हो । विश्वकप लिग-२ मा नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दै सुरुवात गर्नेछ ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.