default_image

9 years ago

December 2, 2016

नेपाली महिला टोलीको अहिले सम्मकै कम स्कोर, भारतसँग २१ रनमा अलआउट

138 views

0 Bookmark

 काठमाडा(हाम्रो खेलकुद) – लज्जास्पद हारसँगै नेपाली महिला क्रिकेट टोलीको एसिसी महिला एसिया कप टि ट्वान्टीमा यात्रा टुंगिएको छ । लिगको आफ्नो अन्तिम खेलमा शुत्रफबार साविक विजेता भारतविरुद्ध नेपाली टोली ९९ रनको भारी अन्तरले पराजित भएको छ । यद्दपी यो पहिलो लज्जास्पद हार भने होइन ।
wwtt
अघि अघिका चारै खेलमा पनि नेपाल निकै फराकिलो अन्तरले पराजित भएको थियो । शुक्रबार १ सय २१ रनको लक्ष्य पछ्याएको नेपाली टोली १६.३ ओभरमा सबै विकेट गुमाएर २१ रनमा अलआउट भएको थियो । जुन स्कोर नेपाली महिला टोलीको अहिले सम्मकै सबैभन्दा कम स्कोर हो । यहि प्रतियोगिताका दौरान श्रीलंकाविरुद्धको दोस्रो खेलमा नेपाल २३ रनमा अलआउट भएको थियो । झन्डै एक दशकयता अन्तर्रास्ट्रिय महिला क्रिकेट खेल्न थालेको नेपाल यसअघि बंगलादेशविरुद्ध दुई पटक २६ रनमा अलआउट भएको थियो ।
नेपालले सन् २००७ बाट अन्तर्रास्ट्रिय महिला क्रिकेट खेल्न सुरू गरेको हो । नेपालले टस जितेर भारतलाई पहिले ब्याटिङका लागि बोलाएको थियो । भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय २० रन बनायो । टोलीका लागि शिखा पाण्डेले सर्वाधिक ३९ रन बनाइन् । नेपालका लागि कप्तान रुविना क्षेत्री २ तथा सरस्वती कुमारी र करुणा भण्डारीले समान १ विकेट लिए । जवाफमा नेपाली खेलाडीको प्रदर्शन निकै फितलो रह्यो । सरिता रानामगरले सबैभन्दा बढी ६ रन बनाइन् भने पाँच खेलाडीले खाता पनि खोल्न सकेनन् । ओपनर ज्योति पाण्डेले २ र सीतामगरले १ रन बनाइन् । त्यसतै रोशनी बोहराले १, कप्तान रुविनाले २, करुणा पान्डेले २ रन जोडे । नेरी थापा, नीरा राजोपाध्यय, शोभा आले, संगिता राई र सरस्वतीले खाता खोल्न सकेनन् ।
भारतका लागि पुनम यादवले ३ विकेट लिइन् । प्रतियोगिताका ५ खेलमा नेपालले एउटा मात्र खेलमा ५० रन बनाउन सक्यो, बाँकी सबै खेलमा टोली त्यो भन्दा अगाडी नै आउट भयो । पाकिस्तानसँग ९ विकेटको हारमा नेपाल १८.१ ओभरमा ४७ रनमा अलआउट भयो । त्यस्तै श्रीलंकासँग ८ विकेटले हार्दा नेपालले १६.२ ओभरमा २३ रनमात्र बनायो । बंगलादेशसँग ९२ रनले गुमाएको खेलमा नेपालले १७.३ ओभरमा ४१ रन जोड्यो । थाइल्यान्डसँग ८ विकेटले गुमएको खेलमा नेपालले अन्तिम बलअघि अलआउट हुँदै ६३ रन बटुलेको थियो । नेपालले सबै पाँच खेलमा पुरा २० ओभर ब्याटिङ गर्न सकेन ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.