default_image

2 years ago

March 15, 2022

बाबरको शतकसँगै रोचक पाकिस्तान र अष्ट्रेलियाको खेल

एजेन्सी – कप्तान बाबर आजमको शतकसँगै घरेलु टोली पाकिस्तान र अष्ट्रेलियाबीचको दोस्रो टेष्ट खेल रोचक बनेको छ । चौथो दिनको खेल सकिँदा ५ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तान दोस्रो इनिङमा ८२ ओभरमा १९२–२ को अवस्थामा छ । पाकिस्तानलाई जितको लागि अन्तिम तथा पाँचौं दिन ३ सय १४ रन बनाउनु पर्ने हुन्छ । […]

86 views

0 Bookmark

एजेन्सी – कप्तान बाबर आजमको शतकसँगै घरेलु टोली पाकिस्तान र अष्ट्रेलियाबीचको दोस्रो टेष्ट खेल रोचक बनेको छ । चौथो दिनको खेल सकिँदा ५ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तान दोस्रो इनिङमा ८२ ओभरमा १९२–२ को अवस्थामा छ ।

पाकिस्तानलाई जितको लागि अन्तिम तथा पाँचौं दिन ३ सय १४ रन बनाउनु पर्ने हुन्छ । तर पाँचौं दिन टेस्टमा ब्याटिङ गर्न सहज मानिदैन । पाँचौं दिनको पिच निकै कठिन हुने गर्दछ । कराँची स्टेडियम ब्याटिङ सहयोगी देखिएको छ । अर्कोतर्फ विश्व स्तरिय तीव्र गतिको बलिङ आक्रामण रहेको अष्ट्रेलिया अन्तिम दिन ८ विकेट लिँदै जित सहज बनाउन चाहन्छ । पाँचौं दिन खेल निकै प्रतिस्पर्धात्मक र रोचक हुने अनुमान गरिएको छ ।

क्रिजमा बाबर आजम १ सय ९७ बलमा १२ चौकासहित १ सय २ रनमा अविजित छन् । बाबरको टेस्ट करिअरको १९ औं शतक हो । ओपनर अब्दुल्लाह शफिक २ सय २६ बलमा ४ चौका र १ छक्कासहित ७१ रनमा अविजित छन् । तेस्रो विकेटका लागि बाबर र शफिकले १ सय ७१ रनको शतकीय साझेदारी गरेका छन् ।

ओपनर इमाम उल हक १ र अजहर अली ६ रनमा आउट हुँदै खराब सुरुवात गरेपनि बाबर र शफिकले राम्रो अवस्थामा पुर्याएका छन् । पहिलो इनिङमा ४ सय ८ रनले पछि परेपनि बाबरको शतकले पाकिस्तानको आशा कायमै रहेको छ । त्यसअघि अष्ट्रेलियाले दोस्रो इनिङमा २२.३ ओभरमा ९७–२ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्यो ।

पहिलो इनिङमा ४ सय ८ रनले अग्रता लिएको अष्ट्रेलियाले समग्रमा ५ सय ५ रनको विशाल अग्रता लिएको थियो । उस्मान खवाजा र मार्नस लाबुसेनले ४४–४४ रन बनाए । पाकिस्तानका शाहिन शाह अफ्रिदी र हसन अलीले १–१ विकेट लिए ।

पाकिस्तान पहिलो इनिङमा १ सय ४८ रनमा अल आउट भएको थियो । पाकिस्तानका बाबर आजमले सर्वाधिक ३६ रन बनाए । शफिक १३, इमाम उल हक २०, अजहर अली १४, नौमान अली २० र शाहिन अफ्रिदीले १९ रन बनाए । अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक तीन विकेट लिए । मिचेल स्विपसनले २, प्याट कमिन्स, नाथन लायन र क्यामरन ग्रिनले १–१ विकेट लिए ।

त्यसअघि कराँचीमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले पहिलो इनिङमा ५५६–९ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । अष्ट्रेलिया ओपनर उस्मान खवाजाले जन्मथलोविरुद्ध ३ सय ६९ बलमा १५ चौका र १ छक्कासहित १ सय ६० रनको शतकीय इनिङ खेले । खवाजाको टेस्ट करिअरको ११ औं शतक हो ।

एलेक्स केरी १ सय ५९ बलमा ७ चौका र २ छक्कासहित ९३ रनमा बोल्ड आउट भए । पार्टटाइम स्पिनर बाबरले बोल्ड गरेपछि टेस्ट करिअरको पहिलो शतक बनाउन ७ रनले चुकेका थिए । स्टिभ स्मिथ २ सय १४ बलमा ७ चौकासहित ७२ रनमा आउट भए । डेविड वार्नर ३६, मार्नस लाबुसेन शून्य, नाथन लायन ३८, ट्रर्विस हेड २३, प्यााट कमिन्स ३४, मिचेल स्टार्क र ग्रिनले २८–२८ रन बनाए ।

पाकिस्तानका फहिम अशराफ र साजिद खानले २–२ विकेट लिए । तीन टेस्ट सिरिज अन्तर्गत पहिलो खेल बराबरीमा सकिएको थियो ।

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.