default_image

2 years ago

March 16, 2022

भारतलाई हराउँदै महिला विश्वकपमा इंग्ल्यान्डको पहिलो जित

एजेन्सी – न्युजिल्यान्डमा जारी आइसिसी महिला एकदिवसिय विश्वकपमा इंग्ल्यान्डले भारतलाई हराउँदै पहिलो जित हात पारेको छ । सुरुवाती तीनै खेल हारेको साविक विजेता इंग्ल्यान्डले भारतलाई ४ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो । १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ३१.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डको जितमा कप्तान हेदर […]

95 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डमा जारी आइसिसी महिला एकदिवसिय विश्वकपमा इंग्ल्यान्डले भारतलाई हराउँदै पहिलो जित हात पारेको छ । सुरुवाती तीनै खेल हारेको साविक विजेता इंग्ल्यान्डले भारतलाई ४ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो ।

१ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ३१.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डको जितमा कप्तान हेदर नाइटले ७२ बलमा ८ चौकासहित ५३ रनमा अविजित रहँदै जित पक्का गरिन् । नाट सेभर ४६ बलमा ८ चौकासहित ४५ रनमा आउट भइन् । सोफिया डंकले १७ र एमी जोन्स १० रनमा आउट भए । भारतीय मेघन सिंहले सर्वाधिक ३ विकेट लिइन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारत ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । भारतकी ओपनर स्मृति मन्धनाले ५८ बलमा ४ चौकासहित सर्वाधिक ३५ रन बनाइन् । हरमनप्रीत कौर १४, रिचा घोष ३३ र झुलन गोस्वामीले २० रन बनाइन् । रिचाले ५६ बलमा ५ चौकासहित सर्वाधिक ३३ रन बनाइन् । इंग्ल्यान्डकी चार्ली डिनले ८.२ ओभरमा १ मेडनसहित २३ रन खर्चेर ४ विकेट लिइन् ।

इंग्ल्यान्ड ४ खेलमा १ मा जित र ३ मा हार सहित छैटौं स्थानमा छ । इंग्ल्यान्ड यसअघि अष्ट्रेलियासँग १२ रन, वेस्टइन्डिजसँग ७ रन र दक्षिण अफ्रिकासँग ३ विकेटले पराजित भएको थियो । शीर्ष चारमा रहँदै सेमिफाइनल खेल्न इंग्लयाान्डलाई बाँकी सबै खेलमा जित निकालेर मात्र पुग्दैन । अन्य टोलीको नतिजा र नेटरनरेटमा निर्भर रहनुपर्ने हुन्छ । न्युजिल्यान्डले आइतबार न्युजिल्यान्डसँग खेल्नेछ ।

भारत ४ खेलमा २ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ । भारतले पाकिस्तानलाई १ सय ७ रनले हराउँदा न्युजिल्यान्डसँग ६२ रनले पराजित भएको थियो । तेस्रो खेलमा वेस्टइन्डिजलाई १ सय ५५ रनले पराजित गरेको थियो । भारतले अव शनिबार अष्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलिया ४ खेलमा ४ मा नै जितको साथ शीर्षस्थानमा छ ।

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.