default_image

2 years ago

March 16, 2022

पपुवा न्युगिनीमाथि नेपालको संघर्षपूर्ण जित

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रोहित कुमार पौडेलको अर्धशतकको सहयोगमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई पराजित गरेको छ । नेपालले पपुवा न्युगिनीलाई २ विकेटले हराउँदै अंक तालिकामा दुई महत्वपूर्ण अंक थपेको हो ।

२ सय ५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४९.२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा रोहित कुमार पौडेलले ८३ बलमा ४ चौकासहित सर्वाधिक ६० रनको योगदान दिए । आरिफ शेख ८३ बलमा १ चौकासहित ४९ रनमा आउट भए ।

नेपाललाई अन्तिम ६ बलमा जितको लागि ७ रन चाहिँएको थियो । पहिलो बलमा लेग वाइको रुपमा चौका प्राप्त गर्यो । दोस्रो बलमा करण केसीले छक्का प्रहार गर्दै नेपालको जित पक्का गराए । करण केसी २५ बलमा १ चौका र २ छक्कासहित २९ रनमा अविजित रहे ।

पाँचौं विकेटका लागि आरिफ र रोहितले १ सय रनको कीर्तिमानी साझेदारी गरेका थिए । आरिफ र रोहित ओडिआईमा शतकीय साझेदारी गर्ने पहिलो जोडी बनेका छन् । यसअघि ओडिआईमा सर्वाधिक ठूलो साझेदारी आसिफ शेख र ज्ञानेन्द्र मल्लले गत असोजमा ओमानविरुद्ध दोस्रो विकेटका लागि ९५ रनको गरेका थिए ।

नेपालले ओपनर कुशल भुर्तेललाई दोस्रो ओभरको पहिलो बलमा १ रनमा गुमाएको थियो । तेस्रो ओभरको चौथो बलमा नर्मन भानुआले ज्ञानेन्द्र मल्ललाई ४ रनमा एलबीडब्लू आउट गरे । नेपालका मध्यक्रमका प्रमुख ब्याटर दीपेन्द्रसिंह ऐरीलाई राइली हेकुरेले ८ रनमा क्याच गराएपछि २४–३ को अवस्थामा पुगेको थियो । असाद भालाको १५ औं ओभरको अन्तिम बलमा आसिफ शेख अघि बढेर सट खेल्नेक्रममा १६ रनमा स्टम्पिङ आउट भए । उनले ४० बलमा १ चौका प्रहार गरे ।

एक समय ४२–४ को अवस्थामा पुगेको नेपाललाई आरिफ र रोहितको शतकीय साझेदारीले उकासेको थियो । विनोद भण्डारी २५ बलमा १२ रनमा एलबीडब्लू आउट भए । सोमपाल कामी ७ बलमा ७ रनमा क्याच भए । पपुवा न्युगिनीका नर्मन भानुवा, राइली हेकुरे र एली नाओले २–२ विकेट लिए । असाद भाला र चाद सोपरले १–१ विकेट लिए ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो । पपुवा न्युगिनीका चाल्र्स अमिनीले ८२ बलमा ७ चौकासहित सर्वाधिक ५९ रनको योगदान दिए । चाद सोपरले ७४ बल खेल्दै २ चौकासहित ३५ रनमा सोमपाल कामीको बलमा बोल्ड भए ।

एक समय २४.४ ओभरमा ९१-४ को कमजोर अवस्थामा पुगेको पपुवा न्युगिनीलाई पाँचौं विकेटका लागि अमिनी र चाद सोपरले ७५ रनको महत्वपूर्ण साझेदरी गरेका थिए । तल्लोक्रमका नर्मन भानुवा १२ बलमा चौका र १ छक्कासहित २३ रनमा रन आउट भए । पपुवा न्युगिनीलाई ओपनर टोनी उरा र लेगा सिकायाले पहिलो विकेटका लागि ९.४ ओभरमा ५१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए ।

तर त्यसपछि प्रमुख ब्याटरले अघि बढाउन सकेनन् । मध्य गतिका बलर आरिफ शेखको आउट साइड अफ बलमा एज लाग्दै उरा विकेटकिपर विनोद भण्डारीबाट २७ रनमा क्याच भए । उराले ३४ बलमा ५ चौका प्रहार गरे ।

१३ औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले अर्का ओपनर लेगा सियाकालाई २५ रनमा बोल्ड गरे । उनले ३३ बलमा २ चौका प्रहार गरे । ज्ञानेन्द्रले २४ औं ओभरको अन्तिम बलमा पपुवा न्युगिनीका प्रमुख ब्याटर तथा कप्तान असाद भालालाई १९ रनमा कुशल भुर्तेलबाट क्याच गराए । ठूलो सट खेलेका भाला मिडअनमा क्याच हुन पुगे । उनले ५२ बलमा १ चौका प्रहार गरे ।

ज्ञानेन्द्रको ओडिआईमा यो पहिलो विकेट हो । हिरी हरी शून्यमा रन आउट भए । रिली हेकुरे ७ बलमा १ चौकासहित ९ रनमा अविजित रहे । नेपालका लागि तीव्र गतिका बलर सोमपाल कामीले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ३० रन खर्चेर १ विकेट लिए । आरिफ शेखले ६ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । ज्ञानेन्द्र मल्लले २ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । नेपालले दोस्रो खेल घरेलु टोली ओमानसँग शुक्रबार खेल्नेछ ।

अंक तालिका

ओमान २७ खेलमा १७ मा जित र ८ मा हार सहित ३६ अंक जोड्दै शीर्षस्थानमा छ । युएई १५ खेलमा ८ मा जित र ५ मा हार सहित १८ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार सहित १६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित १४ अंक भएपनि नेटरनरेटका कारण चौथो स्थानमा छ । नामिबिया १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी १४ खेलमा १४ मानै हारका साथ पुछारमा छ ।

नेपालको तालिका

१८ मार्च नेपालविरुद्ध युएई, दुबई इन्टरनेशल क्रिकेट स्टेडियम

२१ मार्च नेपालविरुद्ध युएई, दुबई

२२ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, दुबई

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

Success

Thank you for your time.